९१ वर्षको उमेरमा बौद्ध ग्रन्ध अनुवाद गर्दै गुह्येश्वरीराज मानन्धर

नेपाल तथागत गौतम बुद्ध जन्मेको देश । उहाँले ४५ वर्षसम्म दिनु भएको उपदेशहरुको संग्रह बौद्ध ग्रन्थ थेरवादमा पालि भाषा र महायानमा संस्कृतमा संग्रहित रहेको छ । नेपालमा पनि दुवै भाषामा बौद्ध ग्रन्थ संग्रहित थियो । बज्रयान र महायान रहेका संस्कृतका ग्रन्थपछि तिब्बतमा भोट भाषामा समेत अनुवाद गरेर सुरक्षित गरेका थियो । अहिले सोही भोट भाषा, नेपाल भाष र अग्रेजीबाट नेपालीमा ९ दशक काटिसकेका एक धर्मोपासक बौद्ध विद्धान दृढ संकल्पका साथ लागि पर्नुभएको छ ।

महायान र बज्रयान बौद्ध धर्म विश्वमा फैलिएको छ । यस यानमा बौद्ध ग्रन्थहरु प्राचिनकालमा प्रौढ संस्कृत भाषामा विभिन्न लिपीमा लेखिएका छन् । तथागत गौतम बुद्धबाट देशना भएका उपदेश र अन्य प्राचिन बौद्ध विद्धानहरुले लेखेका ग्रन्थहरु संस्कृत भाषामा लेखिएको थियो । पछि नेपाल मण्डल हुँदै ग्रन्थहरु तिब्बतमा भोट भाषामा समेत अनुवाद गरेर सुरक्षित गरिएको थियो । विभिन्न कारणले नेपालमा सो ग्रन्थहरु नष्ट, बहाबहिलमा गोप्य रुपमा राख्दा र आत्माभिमानले गर्दा धर्मोपासकहरुलाई धर्म अभ्यासमा असर पुगेको थियो ।

तिब्बतमा सुरक्षित रहेको सोही भोट भाषाको बौद्धग्रन्थहरु नेपालीमा अनुवाद गरेर धर्म अभ्यास र साधना गर्न सजिलो होस् भन्ने अभिप्रायले ९१ वर्षिय गुह्येश्वरीराज मानन्धर ३५ वर्षदेखि निरन्तर रुपमा दृढ संकल्पका साथ लागि पर्नुभएको छ । पेशाले खानी इन्जिनियर उहाँ करिब ४६ वर्ष सरकारी तथा नीजि संस्थामा सेवा प्रदान गरि निवृत हुनु भएको हो । ५५ वर्षको उमेरमा भोट भाषा र लिपी सिक्नुभएका उहाँले ७० वर्षको उमेरमा अनुवाद गर्न पोख्त भएपछि निरन्तर भोट, नेपाल भाषा र अग्रेजी बौद्ध ग्रन्थहरु ख्येन्पोको सहयोगमा नेपाली भाषामा अनुवाद गर्दैआउनु भएको छ । उहाँले हालसम्म करिब ३ दर्जन बौद्ध ग्रन्थ अनुवाद गरिसक्नुभएको छ । उहाँलाई अर्धाङ्गीनी तारा देवी मानन्धरको साथ र सहयोग समेत रहेको छ ।

दाजु सुमन दोर्जेको प्रेरणाले बौद्ध ग्रन्थ अनुवाद गरि धर्म साधनामा लागेको उहाँले बताउनुभयो । तिब्बतको प्रख्यात भोट भाषाको दोमाङ् उहाँले अनुवाद गर्नुभएको महत्वपूर्ण ग्रन्थ हो । मानन्धर २ हजार पानाको सो ग्रन्थ ५ वर्ष लगाएर अनुवाद गरि प्रकाशन गर्नु भएको थियो । मध्यमकावतार भाष्य, सद्धर्म चिन्तामणि मोक्ष रत्नालंकार, बुद्ध धर्म श्रवनार्थ अभ्यर्थना र महामुद्रा नितार्थ प्रदीप लगायत ग्रन्थ उहाँले अनुवाद गरि प्रकाशन समेत गरिसक्नुभएको छ ।

शून्यतावाद दर्शन बज्रयान र महायान मुख्य रुपमा करुणा र बोधिचित्त प्रधान भएको प्रज्ञापारमिता ज्ञानले सत्वप्राणी कल्याण गर्ने मानन्धरको भनाई छ । बौद्ध ग्रन्थलाई ९ दशक पुरा भएको एक बौद्ध विद्धानले नेपाली भाषामा अनुवाद गरेर संरक्षित गर्नु नेपाली बौद्ध साहित्यको भण्डार बृद्धिमा अतुलनिय योगदान सबैको प्रेरणाको स्रोत हो ।

स्रोत साधन भएर पनि नेपाली बौद्ध साहित्यको विकासमा राज्य मुकदर्शक मात्र भएको देखिन्छ । राज्यले अरु गर्न नसके पनि कमसेकम यस्ता बिद्धानलाई आवश्यक सहयोग गरेर पनि बौद्ध साहित्यको विकासमा ईटा थप्न सकिन्छ । इमेज खबरबाट

Share

Related posts

One Thought to “९१ वर्षको उमेरमा बौद्ध ग्रन्ध अनुवाद गर्दै गुह्येश्वरीराज मानन्धर”

  1. Excellent read, the part about winter layering was explained clearly, much appreciated.

Leave a Comment