करिब १३ करोड लगानी र ५३ रोपनी क्षेत्रफलमा सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँ पालिका वडा नं ५ नाम्चे बजारस्थित (गाङल्हा) क्षेत्रमा ५२ फिट अग्लो पद्म सम्भव –गुरु रिन्पोचे)को मूर्ति बनाइने भएको छ । भदौ १३ गते नाम्चेमा निर्माण गरिने मूर्तिको शिलान्यास गरिएको छ । मूर्तिको शिलान्यास श्रद्धेय धर्मगुरु क्याब्जे देफुक रिम्पोचे ज्यूको बाहुलीबाट गरिएको हो ।
मूर्तिसँगै उक्त स्थानमा हिमालय पार्क समेत निर्माण गरिने बुद्ध पार्क निर्माण समितिका प्रवक्ताद्वय लामा काजी शेर्पा र छिमी काल्देन शेर्पाले जानकारी दिए । मूर्ति तथा पार्क बनाउनका लागि नाम्चेबासीबाट सहयोग अनुदान जुटाइने लामा काजी शेर्पाले बताए । यस बाहेक बफर जोन र गाउँपालिकाले पनि आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
३ वर्षभित्र बनाइ सक्ने लक्ष्य राखिएको मूर्ति तथा पार्क निर्माण भएपछि नाम्चे क्षेत्रको पर्यटनमा धार्मिक तथा सांस्कृतिक पर्यटकको संख्यामा पनि बृद्धि हुने विश्वास स्थानीयले लिएका छन् ।
नाम्चेमा ५२ फिट अग्लो गुरु रिन्पोचेको मूर्ति बनाइने

Share