तेश्रो महा करूणामय अवलोकितेश्वर गणचक्र छोग पूजा – विश्व शान्तिका लागि भव्य समारोह

मिति: २०८२ जेष्ठ २३ र २४ (6th – 7th June, 2025)
स्थान: बौद्ध स्तूप परिसर, काठमाडौं
आयोजक: नेपाल बौद्ध ञिङमा झ्याङतेर संघ

नेपाल बौद्ध ञिङमा झ्याङतेर संघको आयोजनामा यस वर्षको तेश्रो महा करूणामय बोधिसत्व अवलोकितेश्वरको गणचक्र छोग पूजा भव्य रूपमा हुन गइरहेको छ। विश्व शान्ति र सम्पूर्ण प्राणीहरूको कल्याणको कामनाका साथ यो दुई दिने दिव्य धर्मसमारोह बौद्ध स्तूप परिसरभित्र आयोजना हुँदैछ।

विशेष सहभागिता

यस शुभ अवसरमा विश्व बोधी महासंघका अध्यक्ष तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा ज्यु, परम पूज्य गुरु खेन्पो साँगे राङज्युङ रिन्पोछे ज्यु, खेन्पो ङवाङ हेसेर ज्यु, साथै इण्डिया सिम्ला दोर्जे ड्राक गुम्बाका प्रमुख दोर्जे लोपेन जिग्मे ला ज्यु लगायत दर्जनौं खेन्पो र लोपेनहरू सहभागिता जनाउनेछन्।

झ्याङतेर ञिङमा परम्परा अन्तर्गतको एक प्रमुख गुम्बा दोर्जे ड्राक हो, जसले तिब्बती बौद्ध धर्मको ऋग्जिन गोदेम चेन द्वारा स्थापना गरिएको डोड्राक ऋग्जिन छेम्पो परम्परालाई निरन्तरता दिएको छ। यस परम्पराको सुरुवात सन् १३६६ मा उतरी तिब्बतको रिओ ट्रसाङ मा भएको थियो। झ्याङतेर परम्परा अद्भुत दृष्टिकोण, गहन साधना, र रहस्यमय धर्म शिक्षाको खानी हो, जसले विश्वभरका साधकहरूलाई प्रभावित पारेको छ।

यो पूजा कार्यक्रममा सहभागी भई विश्व शान्तिका लागि प्रार्थना गरौं। सम्पूर्ण श्रद्धालु, बौद्ध अनुयायी तथा साधकहरूलाई यस दिव्य कार्यक्रममा सहभागिता जनाई पुण्य सञ्चय गर्न हार्दिक आमन्त्रण गरिन्छ।

आयोजक: नेपाल बौद्ध ञिङमा झ्याङतेर संघ

Share

Related posts

Leave a Comment