अमिताभ बुद्धको अभिषेक समारोहमा हार्दिक निमन्त्रणा
बुद्ध धर्मप्रति श्रद्धा, आस्था र अभ्यास राख्ने सम्पूर्ण उपासक–उपासिकाहरु, साधक–साधिकाहरु तथा धर्मप्रेमी महानुभावहरुलाई अत्यन्त श्रद्धापूर्वक यो विशेष निमन्त्रणापत्र प्रस्तुत गरिन्छ।
परम पूज्य गुरुवर, विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछे ज्युको अपार करुणा र आशीर्वादबाट हामी सबैलाई भगवान अमिताभ बुद्धको अभिषेक ग्रहण गर्ने अनुपम अवसर प्राप्त हुँदैछ।
यस अवसरमा गुरुवर श्रीधर रिन्पोछेज्यू स्वयं उपस्थित भई, हामी सबै उपासक–उपासिकाहरुलाई यस महत्वपूर्ण अभिषेक (अनुत्तर योग तन्त्र अनुसारको दीक्षा) प्रदान गर्नुहुनेछ।
अभिषेकको आध्यात्मिक महत्त्व
भगवान अमिताभ बुद्ध निर्वाणपार संसारका प्राणीहरूलाई उद्धार गर्नको निम्ति असंख्य प्रतिज्ञाहरू गर्नुभएको बुद्ध हुन्। उहाँको अभिषेक प्राप्त गर्दा:
- मन, वचन र कर्म शुद्ध हुन पुग्दछ
- पुण्य संचय अत्यन्त तीव्र गतिमा बढ्दछ
- जीवनमा शान्ति, स्थिरता, करुणा र सहनशीलता विकास हुन्छ
- मृत्यु पश्चात भगवानको पवित्र क्षेत्र — सुखावती भूमि मा पुनर्जन्म प्राप्त गर्ने सम्भावना बढ्दछ
यस अभिषेकमार्फत भगवान अमिताभ बुद्धसँगको हाम्रो आध्यात्मिक सम्बन्ध अझ प्रगाढ, बलियो र साक्षात हुनेछ।
कार्यक्रमको विस्तृत जानकारी:
- मिति: २०७८ असार ७ गते, शनिवार
- समय: दिउँसो २:०० बजे
- स्थान: खोकना कुष्ठ रोग आश्रम, खोकना बाल गुम्बा परिसर
- सम्पर्क: ९८६३६७८१४४
विशेष अनुरोध:
यस महत्वपूर्ण र दुर्लभ अभिषेकमा तपाईको उपस्थिति अत्यन्तै स्वागतयोग्य हुनेछ।
आफ्ना परिवार, मित्र, गुरु–सखा तथा अन्य धर्म–साथीहरुलाई पनि यस पवित्र कार्यक्रममा सहभागी गराउनुहोस्। जुनसुकै उमेर र पृष्ठभूमिका व्यक्तिहरूका लागि यो समारोह आध्यात्मिक रूपान्तरणको अवसर हुनेछ।
आयोजक:
महायान बौद्ध समाज
लामा साङ्गे नामदाक चालुङ, फर्पिङ