नेपाल बुद्ध धर्मको अध्ययन केन्द्र हो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मले नेपाल–चीनबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने बताएका छन् । काठमाडाँैमा नानहाई बुद्ध धर्म गोलमेच सम्मेलनलाई सम्बोधन गर्दै उनले बुद्ध धर्मले शान्ति र सांस्कृतिक आदानप्रदानलाई बढावा दिने उल्लेख गरे । यस्ता सम्मेलनले नेपाल र चीनबीचका मात्रै नभइ अन्य देशमा रहेका बौद्ध धर्मावलम्वीहरुबीचको सम्बन्ध अझ प्रगाढ बनाउने, आपसी प्रेरणा जागृत गराउने प्रधानमन्त्री ओलीको धारणा छ ।

प्रधानमन्त्री ओलीले गौतम बुद्धको जन्मस्थलमा भइरहेको यो कार्यक्रमले नेपाल र बौद्ध धर्मावलम्वीहरुबीचको सम्बन्ध थप मजबुत बनाउने विश्वास व्यक्त गरे । बुद्धको जन्मस्थल लुम्बिनीलाई समृद्ध र संरक्षण गर्नुपर्ने आवश्यकता पनि उनले औल्याए । नेपालबाट विश्वमा शान्तिको सन्देश दिन सक्नुपर्ने प्रधानमन्त्रीको जिकिर छ । प्रधानमन्त्री ओलीले गौतम बुद्धका शिक्षाले शान्ति, करुणा, जनतामा समझदारी र मार्ग दर्शन गर्ने बताए ।

Share

Related posts