भोली भुटानका राजा रानीले स्वयम्भू र बौद्ध स्तुपको दर्शन गर्ने

शुक्रबार नेपाल आउन लागेका भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक र रानी तेत्सुन पेमा वाङचुकले स्वयम्भु र बौद्धनाथको मन्दिरको दर्शन गर्ने भएका छन् । भारत भ्रमण सकेर फर्किने क्रममा उनीहरू करिब ५ घण्टा नेपालमा रहने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको हो । नेपाल बसाईका क्रममा उनीहरुले उनीहरूले स्वयम्भु र बौद्धनाथको दर्शन गर्ने तयारी रहेको बताइएको छ ।

राजा र रानीको भमणका लागि आवश्यक सबै सुरक्षा सुरक्षा प्रबन्ध मिलाइ सकिएको परराष्ट स्रोतले बताएको छ । स्रोतका अनुसार, बिहान करिब १० बजेतिर काठमाडौं ओर्लिएलगत्तै उनीहरूको अनौपचारिक भ्रमण सुरु हुनेछ । यो भ्रमणका दौरान उनीहरुले नेपालमा कुनै औपचारिक भेटघाटन गर्ने कार्यक्रम भने छैन । ट्रान्जिटका क्रममा छोटो नेपालको बसाईको सदुपयोग गर्दै भुटानका राजा र रानीले धार्मिक भ्रमण गर्न लागेका हुन् ।

त्यसैले पनि उनीहरुको कुनै पनि औपचारिक कार्यक्रम नराखेको बुझिएको छ । धार्मिक स्थलको भ्रमणपछि उनीहरू अपराह्न स्वदेश फर्किने छन् । बिहीबारदेखि भारतको औपचारिक भ्रमणमा रहेका उनीहरूले फर्किने क्रममा काठमाडौंमा रहने योजना बनाएका थिए ।

Share

Related posts