धम्मवती गुरुमालाई मानार्थ विद्यावारिधि

लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा दुई सय ८९ जना विद्यार्थी दीक्षित भएका छन् । विद्यावारिधिसहित विभिन्न सङ्कायका विद्यार्थी आज प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट दीक्षित भएका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधि प्रदान गरे । ललितपुरमा जन्मनुभएकी ९१ वर्षीया गुरुमाले बौद्ध धर्म, दर्शन र शिक्षाको विकासमा दिनुभएको अतुलनीय योगदानप्रति सम्मान गर्दै आजै सम्पन्न १७ औं विश्वविद्यालय सभाले गुरुमालाई सम्मान प्रदान गर्ने निर्णय गरेको थियो ।

यसैगरी प्रधानमन्त्री ओलीले पाँच जनालाई विद्यावारिधिको उपाधि प्रदान गरे ।

Share

Related posts