६ वर्षदेखि एउटा बुद्ध मुर्ति किन प्रहरी नियन्त्रणमा ?

शनिबार २५६३ औं बुद्ध जयन्ती, बौद्धधर्मावलम्बीसहित देशभरका अन्य धर्मावलम्बीले पनि धुमधामका साथ बुद्ध जयन्ती मनाएका छन् । सुर्खेतमा पनि शनिबार शान्तिको कामनासहित बुद्ध जयन्ती मनाइयो । तर सुर्खेतमै एउटा बुद्ध मुर्ति भने विगत ६ वर्षदेखि प्रहरी कार्यालयमै रहेको छ । बौद्ध धर्मावलम्बीले सुर्खेतमा प्रतिस्थापन गर्न ल्याएको बुद्ध मूर्ति विवादका कारण ६ वर्षदेखि जिल्ला प्रहरी कार्यालयमा राखिएको हो । स्थानीय कांक्रेबिहार संरक्षित वनमा स्थापना गर्न ल्याइएको मूर्ति विवादका कारण प्रहरी नियन्त्रणमा रहेको हो । बुद्ध जयन्तीका अवसरमा मूर्ति राख्न लागेको जानकारी पाएलगत्तै स्थानीय प्रहरी प्रशासनले बुद्ध प्रतिमा स्थापना गर्न नपाइने उर्दी…

Read More

चारुमतीमा बुद्ध जयन्ती (फोटो फिचर)

२५६३ औँ बुद्ध जयन्ती मनाउने क्रममा काठमाडौँको चावहिलस्थित चारुमती बुद्ध विहारमा पनि विशेष कार्यक्रम गरियो । शनिबार दिउँसो ३ बजेदेखि सुरु भएको कार्यक्रममा विश्व शान्तिको कामना गर्दै बुद्ध पूजा गरिएको थियो । कार्यक्रममा चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्मले बौद्ध धर्म र बुद्धका उपदेशको महत्व उल्लेख गर्दै प्रवचन दिनुभएको थियो । चारुमती बुद्धिष्ट मिसन नेपाल र चारुमती बुद्ध विहारको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा शान्ति यात्राका साथै चारुमती ज्ञानमाला संघले बुद्ध भजन प्रस्तुत गरेको थियो ।

Read More

करिब शतप्रतिशत बौद्धमार्गी भएको गाउँमा मासु काटमार गर्न र खान प्रतिबन्ध

गोरखाको एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाएको छ । र, कसैले यसको उल्लंघन गरे ठूलो मात्रामा जरिबाना तिर्नुपर्नेछ । ‘अब हाम्रो वडाभित्र पशुपन्छी काटमार गर्नेलाई ५० हजार, मासु बेचबिखन गर्नेलाई ५० हजार र किन्नेलाई पनि ५० हजार रुपैयाँ जरिबाना हुनेछ’, चुमनुब्री गाउँपालिका–४ का अध्यक्ष पेमा डुन्डुप लामाले भने, ‘कोही कसैले काटमार गरेको घटनाबारे हामीलाई सूचना दिएमा १५ हजार रुपैयाँ इनाम दिने निर्णय भएको छ ।’ यो नियमबारे गाउँपालिका र प्रहरीलाई समेत जानकारी गराइएको उनले बताए । उनका अनुसार जरिबानाबापत संकलन हुने रकम अहिंसा अभियानमै…

Read More