प्रार्थनाले के हुन्छ ?

भगवानको जीवनकालमा एक व्यक्ति भगवान कहाँ आएर रुँदै विलौना गर्दै भन्न लाग्यो –  भगवान! हिजो मेरा बृद्ध पिताको मृत्यु भयो। म हजुर भन्ते कहाँ एउटा प्रार्थना लिएर आएको छु। भगवान् मेरा पिताजीप्रति केहि दया राखेर कुनै उपकार गरिदिनु हवस् हजुर…… यी साना-तिना पण्ड-पुजारीहरुले यहाँ कुनै कर्मकाण्ड गर्दछन् तुरुन्त वहाँ स्वर्गको ढोका खोलिन्छ, स्वर्ग मा प्रवेश मिल्छ अरे। यदि हजुर जस्ता महापुरुषले नै कुनै कर्मकाण्ड गरिदिएमा स्वर्गको प्रवेश मात्र नभैकन लामो समयसम्मको निवास मिल्ने थियो। त्यसैले मेरा मृत्यु पिताजीको लागि, केही न केही अवस्य गरिदिनु होस् भगवान्…….. भनेर विलौनाका साथ साथै विन्ती…

Read More

आयुसंस्कार परित्याग दिवसको सन्देश

राजेन मानन्धर एकातिर मानिसहरु महँगो भन्दा महँगो औषधी खाएर अथवा देश विदेश गएर आफ्नो रोगको निदान खोज्दैछन् भने अर्कोतिर कतिपय मानिसहरु आत्महत्या गरिरहेकाछन्, इच्छामरणको अधिकारको लागि लडिरहेका छन् । जन्मेपछि मानिसले देख्ने एक मात्र सत्य भनेको मृत्यु हो । तारेर तर्दैन भनेर थाहा छ तर पनि एक दिन बढी बाँच्नको लागि लगातार संघर्ष गरिरहन्छ उनीहरु । साँच्चै मानिसहरुलाई जीवन किन प्यारो हुन्छ ? मानिस जन्मेपछि उसले आफ्नो यश, बुद्धि, सुख, सन्तान धन होस् भन्ने चाहन्छ । यी सबै कुराहरु भएको उसले तबमात्र देख्छ, अथवा उसले यो सब त्यसबेलामात्र भोग गर्न…

Read More

मनुष्य कसरी बुद्ध हुन्छ ?

अनुबाद:- सुर्य घिसिङ कुनै मनुष्य बुद्ध कसरी हुन्छ ? कुनै मनुष्य अन्धकारमा कसरी उभिरहन्छ ? म एउटा बगैंचामा गएको थिएँ । एउटै किसिमको जमीन थियोे त्यस बगैंचामा । एउटै आकाश थियोे त्यस बगैचाको माथी, एउटै घामको किरण छरिन्थ्यो, एकै किसिमको हावा चल्थ्यो । एउटै किसिमको माली थियोे, उस्तै पानी झर्थ्यो । तर त्यस बगैंचामा सबै फूल अलग – अलग फुलेको थियोे । म सोच मग्न भएँ- हुनसक्छ कहिले कुनै बगैचामा जाँदा तपाईंलाई पनि यो सोचाइ उत्पन्न भएको होस् । जमिन एउटै हो, आकाश एउटै हो, घामको किरण एउटै हो, हावा एउटै…

Read More

के हो विपश्यना ?

ब्रह्माण्डमा भएका जे जति पनि अस्तित्वमा रहेका वस्तु वा प्राणी जुन जस्तो छ त्यसलाई साक्षी भाव, तटस्थ भावले हेर्ने विधि नै विश्यना हो । विपश्यना शव्दको शाव्दिक अर्थ खोज्दा वि भनेको विशेष तवरले र पश्यना भनेको दृष्टिगोचर गर्ने हो । शील र समाधिमा प्रतिष्ठित भई भावनामयी प्रज्ञा जगाउने पवित्र अभ्यास हो विपश्यना । विपश्यना शिविरमा बस्दा विपश्यना ध्यान गर्न चाहने साधकले सर्वप्रथम झुटो नबोल्ने, प्राणी हिंसा नगर्ने, चोरी नगर्ने, ब्रम्हचर्या पालन गर्ने र नशालु पदार्थ सेवन नगर्ने जस्ता पञ्चशील पालन गरेर शिविरको पहिलो साढे तीन दिन श्वासप्रश्वासमा ध्यान केद्रित गर्ने…

Read More

सफलताका ५ सुत्र

बुद्ध भन्नुहुन्छ – ”सबै मानिसलाई सफल हुने अवकाश छ” यद्यपि सफलताकालागि नियमहरुको पालन गर्नुपर्दछ हिजो बुद्ध प्रशिक्षित ( 5 ) प्रकारका सफलताकालागि गर्नुपर्ने भावना  प्रस्तुत गर्दा मित्रहरुले एक एकको अर्थपनि प्रस्तुत गर्न आग्रह हुनाले  आज संक्षिप्तमानै प्रस्तुत गर्न प्रयास गर्दैछु – आभारी ती मित्रहरुप्रति । १ – चीरकाल भावना – कुनैपनि कार्यगर्दा तत्क्षण सफलता प्राप्त हुँदैन । अलिकति समय दिएर त्यो कार्यकालागि प्रयास गर्नुपर्नेहुन्छ । कतिपय मानिस कुनै कार्य आरम्भ गरो अनि भएन भन्दै एकैछिनमा चट्ट छोडेर अर्को पछि लाग्दछन् । त्यसो गर्नाले सफलता हासिल गर्न सरल पर्दैन । अझ…

Read More

बौद्ध धर्ममा स्वर्ग र ब्रम्हलोक

रत्नकाजी वज्राचार्य कयौँ विद्वानहरु मैले भ्रमित भेटें! उनीहरुलाई लाग्दोरहेछ बौद्ध धर्ममा उल्लेख भएका स्वर्गलोक र ब्रम्हलोक तथा ब्रम्हा त हिन्दु धर्ममा वर्णन गरिए जस्तै एउटै हो । तर बौद्ध धर्ममा उल्लेख गरिएको स्वर्ग र ब्रम्हलोक तथा ब्रम्हा नितान्त फरक छन् अनि ती लोकहरुको उत्पति, ति लोकहरुमा पुग्ने वा भोग गर्न जाने मार्ग पनि पुरै फरक छन्। त्यति मात्र हैन ति लोकहरु बौद्ध धर्ममा अनित्य र मानवलोकमा भन्दा अपुर्ण पनि छन। त्यसैले स्वर्गलोक र ब्रम्हलोकको भोग र आयु पनि निश्चित छ। बौद्ध धर्ममा स्वर्ग र ब्रम्हलोक कसरी उत्पति भयो? यि लोकहरुमा के…

Read More

बौद्ध धर्ममा महायानको परिभाषा

महायान वर्तमान कालमा बौद्ध धर्मको दुई प्रमुख शाखाहरू मध्ये एक हो । अर्को शाखाको नाम थेरवाद हो । महायान बुद्ध धर्म नेपालबाट आरम्भ भएर उत्तरतिर धेरै अरू एसियाली देश हरूमा फैलिएर गएको पाईन्छ, जस्तै भारत, चीन, तिब्बत, कोरिया, जापान, ताइवान, भूटान, मंगोलिया र सिंगापुर । महायान सम्प्रदायको अगाडि अरू उपशाखा हरू पनि छन्, मसलन जÞेनरचान, पवित्र भूमि, तियानताई, निचिरेन, शिन्गोन, तेन्दाई तथा तिब्बती बौद्ध धर्म । थेरवाद र महायानको फरक थेरवाद शब्दको अर्थ हो श्रेष्ठ पुरुषहरुको कुरा । बौद्ध धर्मको यो शाखामा पाली भाषामा लेखिएको प्राचीन त्रिपिटक धार्मिक ग्रन्थहरूका पालन…

Read More

ललितपुरका अशोक चैत्यहरुको वास्तविकता !

ललितपुर जिल्लाको पाटन शहरमा रहेको अशोक थूर, कहिने थूरहरू काठमाडौंका स्वयम्भू चैत्य वा बौद्धको ठूलो चैत्यजस्तै उपत्यकाभित्रका विशिष्ट बौद्धस्थल हुन् । यी चार ठूरहरू पुलचोक थूर, लगनखेल थूर, तेता थूर र ईबही थूर पाटन शहरको बाहिर चार कुनमा भनेजसो अवस्थित छन् । यी चार थूर झण्डै उस्तै थूर देखिन्छन्। माटोको अर्धगोलाकार गुम्बज उठाइन्छ, आवश्यक परेको ठाउँमा ईटको गारो पनि लगाइन्छ, टुप्पामा सानो चैत्य वा त्रियोदश भूमि बनाइन्छ, गर्भको फेदमा चारै दिशामा खोपाभित्र एउटा एटा बुद्ध मूर्ति राखिन्छ । थूरको सम्पूर्ण भाग माटो, ईट इत्यादिले बनेको हुन्छ । अरु वस्तु त्यतिको…

Read More

थेरवाद बुद्धधर्ममा कथिन दानको महत्व

पदुम श्रामणेर बुद्धशासनसित सम्बन्धित कुनै पनि सानो गल्तीदेखि लिएर ठूलठूला गल्तीहरू लगायत सभ्य संस्कृति तथा अवस्था, परिस्थितिलाई जोड दिनुभई भगवान बुद्धले आफ्नो जीवनकालमा धेरै नै विनय नियमहरू प्रज्ञप्त गर्नुभयो । उहाँले कुनै घटनालाई अबलम्बन गर्नु भई नै नियमहरू प्रज्ञप्त गर्नुभएको बुद्धकालीन पुस्तकहरूमा जीवन्त छ । उहाँले प्रज्ञप्त गर्नुभएको विनय नियमहरूमा कथिन दान पनि एक हो । जसको आफ्नै मौलिक इतिहास अंकित छ । सर्वोत्तम बोधिज्ञान प्राप्त पश्चात “बहुजन हिताय बहुजन सुखाय” को लक्ष्य लिनुभई आफ्नो गन्तव्यमा लाग्नु भएका बुद्ध आफ्नो पहिले वर्षावास पश्चात उरुवेल जंगलको आसपासमा रहेको हरियालीपूर्ण जंगलमा ध्यान…

Read More