नेपाल बौद्ध महासंघले पछिल्लो समय गोन्पा (गुम्बा) तथा विहारहरूविरुद्ध तथ्यहीन, कपोलकल्पित, अतिरञ्जित र भ्रामक प्रचार गर्दै सामाजिक सञ्जाल युट्युब, फेसबुक आदि विभिन्न माध्यममार्फत भ्रम फैलाउने अभिव्यक्ति र अन्तरवार्ताहरू दिदै आएको प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले मंगलवार एक विज्ञप्ति जारी गर्दै नेपालका विभिन्न स्थानहरूमा गत भदौ २३ र २४ गते भएको जेनजीहरूका आन्दोलनपश्चात् सो आन्दोलनसँग जोड्दै देशमा धार्मिक तथा सम्प्रदायिक द्वन्द्व निम्त्याउने प्रयत्नमा रहेका केही अराजक तत्वहरूले भ्रम फैलाउने अभिव्यक्ति र अन्तरवार्ताहरू दिदै आएको आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । ‘प्राचीनकालदेखि नै बौद्ध गोन्पा तथा विहारहरू…
Read MoreCategory: Featured
बौद्ध शेर्पा गुम्बामा भदौ २१ देखि २३ सम्म विशेष कार्यक्रम र बज्रकिलाय पूजा हुने
बौद्ध शेर्पा गुम्बामा भदौ २१ देखि २३ सम्म विशेष कार्यक्रम, बज्रकिलाय पूजा पनि हुने काठमाडौँको बौद्धस्थित शेर्पा गुम्बामा भदौ २१ र २२ गते अमिताभ बुद्ध र २३ गते बज्रकिलायको पूजा गरिदैछ । रानाग छोक्तुल रिन्पोचे (डोल्पो बुद्ध)को उपस्थितिमा हुने विशेष धार्मिक अनुष्ठानको उद्देश्य दिवङ्गत आत्माको मुक्तिको लागि प्रार्थना गर्नुका साथै जीवित प्राणीहरूलाई दुःखबाट मुक्ति दिलाउन, आध्यात्मिक अभ्यासलाई सबल बनाउन र सकारात्मक ऊर्जाको प्रवाह बढाउनु हो । यो कार्यक्रमको आयोजक डोल्पाको याङ्शेर गुम्बा हो । यसै क्रममा यो कार्यक्रममा बुद्धको अनन्त प्रकाशको मण्डल खोल्ने पूजा र विभिन्न देवलोकका देवता तथा नागराजहरूको…
Read Moreपहिलो अफ्रिकन रिन्पोछे लुम्बिनीमा
पहिलो अफ्रिकन रिन्पोचे पन्नबोधि लुम्बिनीमा चौथो एसियन बौद्ध सांस्कृतिक महोत्सवमा सहभागि हुनु भएको छ । केही महिना अघि चर्चामा आउनु भएका पहिलो अफ्रिकन रिन्पोछे, कंगोका भिक्षु पन्नबोधि रिन्पोछे, हालै लुम्बिनीमा सम्पन्न चौथो एसियन बौद्ध सांस्कृतिक महोत्सव २०२५ मा सहभागी हुनुभएको हो । लुम्बिनीस्थित लिटिल बुद्धको उभिएको मूर्ति परिसरमा आयोजित कार्यक्रममा करिब ६०,००० दीप प्रज्वलन गरिएको थियो । सारीपुत्र फाउन्डेसनद्वारा आयोजित सो दीप प्रज्वलन कार्यक्रममा पन्नबोधि रिन्पोछेले पनि दीप प्रज्वलन गर्नुभएको थियो । अफ्रिकामा पहिलो पटक तिब्बती बौद्ध गुरुको पुनर्जन्मको मान्यता प्राप्त गरी इतिहास रचेका पन्नबोधि रिन्पोछेको त्यतिबेला धेरै चर्चा भएको…
Read Moreसुमति गुरुमाको ‘स्तुप र चैत्य’ सार्वजनिक, काठमाडौँका बौद्ध सम्पदा बुझ्न पुस्तक महत्वपूर्ण
लेखक सुमति वज्राचार्यद्वारा लेखिएको पुस्तक ’स्तूप र चैत्य’ पुनः परिमार्जनसहित पुनः प्रकाशित भएको छ । यो पुस्तकले काठमाडौं उपत्यकाका प्राचीन चैत्य तथा स्तूपहरूको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वमाथि विस्तृत अध्ययन प्रस्तुत गरेको छ । यो पुस्तकको पहिलो संस्करण १७ वर्षअघि प्रकाशित भएको थियो । पुस्तकको खेन्पो ग्युर्मे छुल्ठ्रिम, डा. गौतमवीर वज्राचार्य र लेखक वज्राचार्यले संयुक्तरुपमा विमोचन गरेका थिए । विगतमा पनि पुस्तकमा समावेश जानकारी र अनुसन्धानको उच्च प्रशंसा भएको थियो । पुस्तकको लोकप्रियता र यसले पुरातन सम्पदाको संरक्षणमा पु¥याएको योगदानको कारणले पुनः प्रकाशनको आवश्यकता महशुस गर्दै मुगुम पब्लिकेसन प्रा.लि.ले यो…
Read Moreबौद्ध धर्ममा वज्र गुरु जप: अर्थ र महत्व
बौद्ध धर्ममा वज्र गुरु जप एक पवित्र मन्त्र जपको अभ्यास हो, जुन विशेष रूपमा वज्रयान बौद्ध परम्परासँग सम्बन्धित छ। यो मन्त्र “ॐ वज्र गुरु पद्म सिद्धि हूँ” (Om Vajra Guru Padma Siddhi Hum) को रूपमा प्रचलित छ र यसलाई गुरु रिन्पोछे अर्थात् पद्मसम्भवसँग जोडिएको मानिन्छ। पद्मसम्भव आठौं शताब्दीमा तिब्बतमा बौद्ध धर्म फैलाउने प्रमुख व्यक्तित्व थिए, जसलाई दोस्रो बुद्धको रूपमा पनि सम्मान गरिन्छ। यो जप वज्रयान बौद्धहरूका लागि आध्यात्मिक उन्नति र शुद्धिकरणको शक्तिशाली माध्यम मानिन्छ। वज्र गुरु मन्त्रको प्रत्येक अंशको गहिरो अर्थ छ। “ॐ” ले विश्वव्यापी चेतनालाई संकेत गर्छ, “वज्र” ले…
Read Moreपहिलो रेपा बौद्ध काउन्सिल फर्पिङमा जारी, छोग्याल रिन्पोचे सहभागि
पहिलो रेपा बौद्ध (काउन्सिल) परिषद् ३ मार्च २०२५ अर्थात सोमवारदेखि फर्पिङको लामा गाउँमा शुरु भएको छ । परिषदमा ठूलो संख्यामा रेपा धर्म मित्रहरू सहभागि भएका छन् । ५ दिने रेपा बौद्ध परिषदमा संसारभरका रेपा धर्म परिवारका सदस्यहरु सहभागि छन् । चोग्याल रिन्पोचेको आशिरवाद रहेको रेपा बौद्ध परिषद रेपा विद्यार्थी र ध्यान साधकहरुका लागि एउटा उत्कृष्ट स्थान बनेको छ । परिषदमा चोग्याल रिन्पोचे ज्यूबाट शिष्यहरूलाई साधना र मौखिक प्रक्षेपण (अभिषेक) गरिन्छ । अभिषेक बिहान ८ बजे देखि साँझ ५ बजे सम्म चल्नेछ । सहभागि विद्यार्थीहरुलाई बिहान र राति दुई चरणमा व्यक्तिगत…
Read Moreश्रीलंकामा बौद्ध धर्मको विस्तार
श्रीलंकामा बौद्ध धर्म पहिलो पटक सम्राट अशोकको शासनकाल (ई.पू. तेस्रो शताब्दी) मा पुगेको इतिहास पाइन्छ। सम्राट अशोकले आफ्ना छोरा महिन्द्र थेर र छोरी संघमित्रा लाई बौद्ध धर्म प्रचारका लागि श्रीलंका पठाएका थिए। त्यसबेला श्रीलंकाका राजा देवानम्पिय तिस्स (२४७–२०७ ई.पू.) थिए । महिन्द्र थेरको उपदेशबाट प्रभावित भएर राजाले बौद्ध धर्म ग्रहण गरे। राजाको प्रेरणाले श्रीलंकामा बौद्ध धर्म तीव्र रूपमा फैलियो। संघमित्रा थेरिले भारतको बोधगयाबाट बोधि वृक्षको हाँगोलाई श्रीलंका ल्याएर अनुराधापुरमा रोपिन्, जसले श्रीलंकामा बौद्ध धर्मको जरा गाड्न मद्दत ग¥यो। यसपछि श्रीलंकामा बौद्ध धर्म संस्कृति, शिक्षा, र समाजको अभिन्न अंग बन्यो। समयक्रममा…
Read Moreग्याल्पो ल्होसार र बौद्ध धर्मः सांस्कृतिक तथा धार्मिक महत्व
नेपालमा मनाइने प्रमुख लोसारहरूमध्ये ग्याल्पो लोसार तामाङ, शेर्पा, भोटे, ह्योल्मो, गुरुङ लगायत हिमाली समुदायहरूले विशेष रूपमा मनाउने पर्व हो। ल्होसार नयाँ वर्ष हो, जुन तिब्बती पात्रोअनुसार पहिलो महिनाको पहिलो दिन पर्छ। यस वर्ष ग्याल्पो ल्होसार फागुन १६ गते (फेब्रुअरी २८) परेको छ। बौद्ध धर्मसँग गहिरो सम्बन्ध भएको ग्याल्पो ल्होसारलाई गुरु पद्मसंभव र अन्य बौद्ध गुरुहरूको शिक्षालाई स्मरण गर्ने पर्वका रूपमा पनि लिइन्छ। बौद्ध धर्मको वज्रयान परम्परामा विशेष स्थान राख्ने यो पर्व लामा, गुम्बा र बौद्ध अनुयायीहरूको लागि आध्यात्मिक महत्त्व बोकेको छ। ग्याल्पो ल्होसारको मुख्य विशेषता घर, मठ र गुम्बाहरू सफा…
Read Moreप्रतीत्य–समुत्पाद : बौद्ध धर्मको आधारभूत सिद्धान्त
काठमाडौं – बौद्ध धर्मको प्रमुख सिद्धान्तहरूमध्ये प्रतीत्य–समुत्पाद एक महत्वपूर्ण शिक्षादर्शन हो। यस अवधारणाले सबै चीज परस्पर निर्भर कारण र परिणामहरूको शृङ्खलाबाट उत्पन्न हुने सिद्धान्तलाई स्पष्ट पार्छ। बुद्धले भन्नुभएको छ, “यो हुँदा उ हुन्छ, यो नहुँदा उ हुँदैन,” जसले कारण र परिणामको अविच्छिन्न सम्बन्धलाई दर्शाउँछ। प्रतीत्य–समुत्पादको शिक्षाले जीवन, दुःख, तथा मुक्ति कसरी सम्भव छ भन्ने बुझ्न मद्दत गर्छ। यस सिद्धान्तअनुसार संसारका सबै घटनाक्रम परस्पर आश्रित छन्, जसले जन्म, मृत्यु, पुनर्जन्म, र कर्मको चक्रलाई पनि स्पष्ट पार्छ। यसै आधारमा, बौद्ध धर्मले निरन्तर परिवर्तनशीलतालाई स्वीकार्दै मुक्तिको मार्गको रूपमा अज्ञानताको अन्त्यलाई देखाउँछ। सम्पूर्ण बौद्ध…
Read Moreबुद्धपछि बौद्ध धर्म फैलाउन योगदान दिने मुख्य व्यक्तिहरू
गौतम बुद्धको महापरिनिर्वाणपश्चात् बौद्ध धर्मलाई विश्वभर फैलाउन महत्वपूर्ण योगदान दिने केही प्रमुख व्यक्तिहरू थिए। तिनीहरूले बौद्ध शिक्षालाई संरक्षण, प्रचार र संस्थागत रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेले। १. महाकश्यप महाकश्यप बुद्धका प्रमुख शिष्यमध्ये एक थिए, जसले बुद्धको महापरिनिर्वाणपछि पहिलो बौद्ध संगीति (परिषद्) आयोजना गर्न महत्त्वपूर्ण भूमिका खेले। उनले बुद्धका शिक्षालाई संकलन गरी त्रिपिटकको संरचना तय गर्न नेतृत्व गरे। २. अशोक सम्राट मौर्य सम्राट अशोक (इ.पू. तेस्रो शताब्दी) बौद्ध धर्मका महान संरक्षक थिए। कलिङ्ग युद्धपछि बौद्ध धर्म अपनाएका उनले बुद्धका शिक्षालाई भारतभर र श्रीलंका, म्यानमार, थाइल्यान्डजस्ता देशहरूमा फैलाउन मिशनहरू पठाए। ३.…
Read More