रसुवा बाढीपीडितका लागि कानिङ सेडुप लिङ गुम्बाबाट ५८ लाखभन्दा बढी सहयोग दिवंगतहरूको ४९औँ दिनको स्मृतिमा राहत कोषमा रकम हस्तान्तरणसँगै सुगतिको कामना गर्दै विशेष पूजा काठमाडौँ। रसुवाको भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको सहयोगार्थ कानिङ सेडुप लिङ गुम्बा संगठन तथा विकास कोषले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५८ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको जनाएको छ। गुम्बाका प्रमुख श्रद्धेय छोकी ङिमा रिन्पोछे तथा संघका तर्फबाट उक्त रकम प्रदान गरिएको हो। बाढीमा परी ज्यान गुमाएकाहरूको निधनको सातौँ हप्ता अर्थात् ४९औँ दिनको स्मृतिमा दिवंगतहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति समवेदना…
Read MoreAuthor: rinpoche
प्रोजेक्ट १०८ को पवित्र समारोहमा ग्येत्रुल जिग्मे रिन्पोछे सहभागी हुने
भुटानको गेलेफु माइन्डफुलनेस सिटीमा आयोजना हुने प्रोजेक्ट १०८ अन्तर्गतको पवित्र समारोहमा परमपूज्य ग्येत्रुल जिग्मे रिन्पोछे सहभागी हुने भएका छन् । प्रमुख ञिङमा बौद्ध धर्मगुरु तथा रिपा आध्यात्मिक परम्पराका उत्तराधिकारी रिन्पोछे पुस्तौँदेखि अभ्यास हुँदै आएको बौद्ध धर्म, ज्ञान र आध्यात्मिक साधनाको परम्परालाई निरन्तरता दिँदै आएका छन् । प्रोजेक्ट १०८ अन्तर्गत आयोजना हुने यस पवित्र जमघटमा विभिन्न बौद्ध गुरु तथा साधकहरू प्रार्थना र आध्यात्मिक आकाङ्क्षासहित एकत्रित हुँदैछन् । रिन्पोछेको सहभागिताले यस आध्यात्मिक समारोहलाई थप महत्त्वपूर्ण बनाउने अपेक्षा गरिएको छ । सन् १९६८ मा भारतमा जन्मिएका ग्येत्रुल जिग्मे रिन्पोछेलाई ग्येत्रुल पेमा योन्तेन रिन्पोछेको…
Read Moreदिवङ्गतहरूको सुगति र विश्वशान्तिका लागि खुलामञ्चमा सामूहिक प्रार्थना हुने
आनी छोइङ डोल्मासँगै बुद्धि तामाङ र ऋचा शर्माबाट सहभागिताको आह्वान काठमाडौँ । भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको ४९औँ दिनको स्मृतिमा आगामी असोज २८ गते बुधबार काठमाडौँको खुलामञ्चमा सामूहिक प्रार्थना सभा आयोजना हुने भएको छ। आनी छोइङ डोल्मा फाउन्डेसनको आयोजना तथा मानवसेवा आश्रमको सहआयोजनामा अपराह्न ४ः३० बजेदेखि ‘प्रेयर्स फर पिस’ कार्यक्रम हुन लागेको हो। आनी छोइङ डोल्माले सार्वजनिक गरेको सूचनाअनुसार कार्यक्रममा संयुक्त मणि मोन्लम पाठ, दीप प्रज्वलन तथा सामूहिक प्रार्थना गरिनेछ। दिवङ्गतहरूको सुगतिको कामना गर्दै पुण्य समर्पण गर्ने, शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्ने र विपद्को सामना गर्न सबैमा शक्ति तथा धैर्यको कामना…
Read Moreबाढीपीडितलाई नेपाल काग्यू सङ्घ र कर्मपा सेवा समाजद्वारा राहत वितरण
नेपाल काग्यू सङ्घ र कर्मपा सेवा समाज नेपालको संयुक्त आयोजनामा भोटेकोशी नदीको बाढीबाट प्रभावित त्रिशूली बजार क्षेत्रका पीडित परिवारलाई राहत वितरण गरिएको छ। १७औँ ग्याल्वाङ कर्मापाको करुणा, मैत्रीभाव र मानवीय सेवाको प्रेरणाबाट आयोजित कार्यक्रममा नेपालभरका विभिन्न काग्यू गोन्पाका प्रतिनिधित्व गर्दै वज्राचार्य, खेन्पो, लोपोन, आचार्य तथा धर्मानुयायीहरूको प्रतिनिधिमण्डल सहभागी भएको थियो। कार्यक्रममा बाढीपीडित परिवारलाई खाद्यान्न तथा दैनिक जीवनयापनका आवश्यक सामग्री वितरण गरिएको थियो। साथै, बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूको चिरशान्ति र सद्गतिको कामना गर्दै धार्मिक पूजा–पाठ तथा सामूहिक प्रार्थना गरिएको आयोजकले जनाएको छ। प्रार्थनाका क्रममा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा प्रभावित परिवारको…
Read Moreरसुवा बाढीपीडितलाई नेपाल र अमेरिकामा रहेका मुगुमबासीको सहयोग
रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि अमेरिकामा रहेका बौद्धमार्गी मुगुमबासीले १२ लाख रुपैयाँ सहयोग गरेका छन् । युनाइटेड मुगुम अर्गनाइजेसन, अमेरिकामार्फत प्रधानमन्त्री राहत कोषमा १२ लाख रुपैयाँ सहयोग गरिएको हो । अमेरिकामा रहेका मुगुमबासीले संकलन गरेको उक्त रकम बाढीपीडितको राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले हस्तान्तरण गरिएको हो । त्यस्तै, काठमाडौंस्थित मुगुम समाज कल्याण केन्द्रले पनि आफ्ना सदस्यबाट संकलित रकम बाढीपीडितका लागि खर्च गरेको छ । केन्द्रले तीन लाख रुपैयाँ बराबरको सहयोग रसुवा पुगेर ४० पीडित घरपरिवारलाई वितरण गरेको छ । पीडित परिवारलाई ग्यास र जिन्सी अत्यावश्यक…
Read Moreबौद्ध सेतो गुम्बामा आज शनिवारदेखि छोकी ङिमा रिन्पोछेबाट तीन अभिषेक प्रदान गरिने
काठमाडौं। बौद्धस्थित का–ङिङ शेडुप लिङ सेतो गुम्बामा श्रद्धेय छोकी निमा रिन्पोछेले ‘बार–साम–डोल–सुम’ अन्तर्गत तीन अभिषेक प्रदान गर्नुहुने भएको छ। कार्यक्रम २०८३ असोज २४ गते शनिबार अर्थात् १० अक्टोबर २०२६, दिउँसो १ बजे सुरु हुनेछ। गुम्बाले जारी गरेको सूचनाअनुसार, संघको लामो समयदेखिको अनुरोध स्वीकार गर्दै रिन्पोछेले गृहस्थ धर्मावलम्बी तथा साधकहरूलाई अभिषेक प्रदान गर्न लाग्नुभएको हो। यीमध्ये ‘बार्छे लाम्सेल’ (བར་ཆད་ལམ་སེལ།) को अर्थ ‘मार्गका बाधा–विघ्न हटाउने’ र ‘साम्पा ल्हुन्ड्रुप’ (བསམ་པ་ལྷུན་གྲུབ།) को अर्थ ‘मनोकामना सहजै सिद्ध हुने’ हो। दुवै गुरु पद्मसम्भवसँग सम्बन्धित छन्। यी प्रार्थनामा साधनाका बाधा हटून् र शुभ आकाङ्क्षा पूरा होऊन् भन्ने…
Read More४४औँ साक्या ठिजिनको गद्दी आरोहण नोभेम्बर ६ मा, भोलिपल्ट दीर्घायु अभिषेक
काठमाडौं। भारतको पश्चिम बङ्गालस्थित जयगाउँमा आगामी नोभेम्बर ६, २०२६ मा ४४औँ सक्या ठिजिनको गद्दी आरोहण समारोह हुने भएको छ। साक्या थेग्छेन फुन्छोक लिङ गुम्बामा आयोजना हुने समारोहमा श्रद्धेय खोन्दुङ अविकृतवज्र रिन्पोछेलाई सक्या परम्पराको ४४औँ सिंहासनधारीका रूपमा पदस्थापन गरिनेछ। साक्या हेरिटेज सोसाइटीले परम्परागत विधिअनुसार समारोह आयोजना गरिने जनाएको छ। गुम्बाको कार्यालयले अक्टोबर १ मा जारी गरेको सूचनाअनुसार, गद्दी आरोहणको भोलिपल्ट नोभेम्बर ७ मा परमपूज्य ४१औँ साक्या गोङ्मा ठिक्षेन दोर्जे क्षाङले दीर्घायु अभिषेक ‘छेवाङ’ प्रदान गर्नुहुनेछ। आयोजक तथा श्रद्धालुहरूको प्रार्थना र अनुरोध स्वीकार गर्दै उहाँले अभिषेक प्रदान गर्न सहमति दिनुभएको सूचनामा उल्लेख…
Read Moreबाढी प्रभावित क्षेत्रको सहयोगका लागि ‘वाक फर पिस’ टोली नेपालमा
नेपालमा बाढी प्रभावित समुदाय तथा संकटमा परेका जनावरको सहयोगका लागि अन्तर्राष्ट्रिय राहत टोली नेपाल आइपुगेको छ। ‘Walk for Peace’, ‘Hương Từ Loving Kindness Foundation’ र ‘Aloka Peace Foundation’ को संयुक्त राहत प्रतिनिधिमण्डल नेपाल आएको हो। टोलीमा अलोका तथा श्रद्धेय भिक्षु पञ्ञाकार तुए न्हानसहितका प्रतिनिधि सहभागी छन्। उनीहरूको नेपाल आगमनलाई करुणा, सहकार्य र मानवीय सेवाको यात्राको सुरुवातका रूपमा लिइएको छ। राहत टोलीले बाढीबाट प्रभावित समुदाय तथा सहयोगको आवश्यकता रहेका जनावरसँग ऐक्यबद्धता जनाउँदै आवश्यक सहयोग गर्ने जनाएको छ। टोलीले कठिन परिस्थितिमा रहेका प्रभावितहरूलाई राहत र सहारा पुर्याउने उद्देश्यले नेपाली साझेदारहरूसँग सहकार्य गर्ने…
Read Moreफर्पिङको पवित्र असुरा गुफामा खेन्टुल रिन्पोछेद्वारा गुरु रिन्पोछेको अभिषेक
काठमाडौँ — परमपूज्य स्यार खेन्टुल जाम्फेल लोडोले फर्पिङस्थित गुरु पद्मसम्भव अर्थात् गुरु रिन्पोछेसँग गहिरो सम्बन्ध रहेको पवित्र असुरा गुफामा गुरु रिन्पोछेको अभिषेक अर्थात् वाङ प्रदान गर्नुभएको छ। रिन्पोछेले गुरु रिन्पोछेको पवित्र तीर्थस्थलमा गुरु रिन्पोछेको अभिषेक प्रदान गर्नुभएको आफ्नो यस जीवनमा यो पहिलो अवसर भएको उहाँको पक्षबाट सार्वजनिक विवरणमा उल्लेख गरिएको छ। असोज १८ गते आयोजित उक्त अभिषेक विशेषगरी गुरु रिन्पोछेको साधना र सिद्धिसँग प्रत्यक्ष सम्बन्धित स्थलमै सम्पन्न भएकाले महत्वपूर्ण मानिएको छ। असुरा गुफालाई याङ्लेशोको माथिल्लो गुफाका रूपमा पनि चिनिन्छ। बौद्ध परम्पराअनुसार गुरु रिन्पोछेले यहाँ याङ्दाक हेरुका र वज्रकीलयको साधनालाई संयुक्त…
Read Moreजोङ्सार खेन्चे रिन्पोछेद्वारा २१ तारा पूजाको ११औँ दिन दसौँ ताराको अभिषेक
काठमाडौं, असोज २०। भारतको हिमाचल प्रदेशस्थित जोङ्सार खेन्चे छोक्यी लोडो इन्स्टिच्युटमा जारी २१ दिने तारा पूजा तथा धर्म-शिक्षाको ११औँ दिन परमपूज्य जोङ्सार जम्याङ खेन्चे रिन्पोछेले कदम्प अर्थात् आचार्य अतीश परम्पराअनुसार २१ तारामध्ये दसौँ ताराको अभिषेक प्रदान गर्नुभएको छ। २५ सेप्टेम्बरदेखि सुरु भएको यो विशेष अनुष्ठान १५ अक्टोबरसम्म चल्नेछ। जोङ्सार खेन्चे छोक्यी लोडो इन्स्टिच्युट र खेन्चे फाउन्डेसनको संयुक्त आयोजनामा भइरहेको कार्यक्रम खेन्चे फाउन्डेसन स्थापनाको २५औँ वार्षिकोत्सवका अवसरमा आर्य ताराप्रति कृतज्ञता व्यक्त गर्दै उहाँको निरन्तर संरक्षण र आशीर्वादको प्रार्थनाका रूपमा आयोजना गरिएको हो। पूजाको ११औँ दिनको शिक्षामा रिन्पोछेले बौद्धमार्गमा प्रज्ञा र उपायकौशललाई…
Read More