अमोघसिद्धि बुद्ध पाँच ध्यानि बुद्धहरूमध्ये एक महत्वपूर्ण बुद्ध हुन् । बौद्ध धर्म, विशेषगरी वज्रयान परम्परामा उहाँलाई कर्म, सफलता र सिद्धिको प्रतीकका रूपमा सम्मान गरिन्छ । “अमोघसिद्धि” शब्दको अर्थ “अविफल सिद्धि” वा “निश्चित रूपमा सफल हुने उपलब्धि” हो । यसले सबै शुभ कर्महरूलाई सफलतापूर्वक सम्पन्न गर्ने शक्ति जनाउँछ । हरियो रंग अमोघसिद्धि बुद्धको रंग हो । यसले ऊर्जा, विकास, शान्ति र सक्रिय करुणाको प्रतिनिधित्व गर्दछ । उहाँको दिशा उत्तर हो र उहाँको प्रमुख मुद्रा अभय मुद्रा हो । जसमा दाहिने हात छातीको उचाइमा उठाइएको हुन्छ । यो मुद्राले निर्भयता, सुरक्षा र…
Read MoreAuthor: rinpoche
महायान बौद्ध धर्मका महान बुद्ध अमिताभ : श्रद्धा, शान्ति र मुक्तिको मार्ग
अभिताभ बुद्ध महायान बौद्ध धर्मका अत्यन्त महत्वपूर्ण बुद्धमध्ये एक हुनुहुन्छ । अमिता” शब्दको अर्थ अनन्त प्रका” हो । उहाँलाई असीम करुणा, ज्ञान र प्रकाशका प्रतीकका रूपमा सम्मान गरिन्छ । विशेष गरी पूर्वी एशियाका देशहरू जस्तै चीन, जापान, साउथ कोरिया र भियतनाममा अमिताभ बुद्धप्रतिको श्रद्धा व्यापक रूपमा पाइन्छ । बौद्ध ग्रन्थअनुसार अमिताभ बुद्ध पहिले धर्मकार नामका एक बोधिसत्त्व हुनुहुन्थ्यो । उहाँले सबै प्राणीलाई दुःखबाट मुक्त गराई सुखमय लोकमा जन्म दिने महान प्रतिज्ञा गर्नुभयो । दीर्घकालीन साधना र पुण्य सञ्चयपछि उहाँ बुद्धत्व प्राप्त गरी सुखावती नामक पवित्र लोकका अधिपति बन्नुभयो । सुखावतीलाई…
Read Moreरत्नसम्भव बुद्ध : समता र उदारताको प्रतीक
रत्नसम्भव बुद्ध महायान तथा वज्रयान बौद्ध परम्परामा वर्णित पाँच ध्यानी बुद्धमध्ये एक महत्वपूर्ण बुद्ध मानिन्छ । रत्नसम्भव शब्दको अर्थ “रत्नबाट उत्पन्न भएको वा रत्नको स्रोत भन्ने हुन्छ । उहाँ समता, उदारता र करुणाको प्रतीकका रूपमा पूजनीय हुनुहुन्छ । बौद्ध दर्शनअनुसार रत्नसम्भवले मानिसमा रहेको घमण्ड, अहंकार र सामाजिक विभेदको भावनालाई रूपान्तरण गरी समताको ज्ञान प्रदान गर्नुहुन्छ । रत्नसम्भव बुद्धको प्रतीकात्मक रंग पहेंलो वा सुनौलो मानिन्छ । यसले समृद्धि, ज्ञान र पृथ्वी तत्त्वलाई जनाउँछ । उहाँको दिशा दक्षिण हो र उहाँको सम्बन्ध पृथ्वी तत्त्वसँग जोडिएको छ । मूर्तिकलामा र चित्रकलामा उहाँलाई प्रायः…
Read Moreबौद्ध धर्म अभ्यासले मानिसको जीवनमा सकारात्मक प्रभाव
बौद्ध धर्म धार्मिक आस्था मात्र नभई मानव जीवनलाई अनुशासित, शान्त र सकारात्मक बनाउने अभ्यासका रूपमा पनि चिनिन्छ । पछिल्ला वर्षहरूमा ध्यान, करुणा र नैतिक जीवनशैलीमा आधारित बौद्ध अभ्यासप्रति विभिन्न उमेर समूहका मानिसहरूको आकर्षण बढ्दै गएको छ । विशेषज्ञहरूका अनुसार बौद्ध धर्मको नियमित अभ्यासले मानसिक तनाव कम गर्न, आत्मसंयम बढाउन तथा जीवनप्रति सकारात्मक दृष्टिकोण विकास गर्न मद्दत पु¥याउँछ । विशेष गरी ध्यान (मेडिटेशन) ले मनलाई एकाग्र बनाउने, चिन्ता र तनाव घटाउने तथा भावनात्मक सन्तुलन कायम राख्ने काम गर्छ । बौद्ध धर्मले अहिंसा, करुणा, मैत्री र सहिष्णुताको शिक्षा दिन्छ । यी अभ्यासले…
Read Moreअक्षोभ्य बुद्ध : अटल ज्ञान र करुणाका प्रतीक
बौद्ध धर्ममा पञ्चबुद्धमध्ये एक मानिने अक्षोभ्य बुद्धलाई अचल मन, गहिरो ज्ञान र शान्त चेतनाको प्रतीकका रूपमा सम्मान गरिन्छ । संस्कृत शब्द “अक्षोभ्य” को अर्थ “जसलाई विचलित गर्न सकिँदैन” भन्ने हुन्छ । बौद्ध परम्पराअनुसार उहाँले क्रोध, द्वेष र अशान्तिलाई ज्ञान र करुणामा रूपान्तरण गर्ने शक्तिको प्रतिनिधित्व गर्नुहुन्छ । धार्मिक ग्रन्थहरूमा उल्लेख भएअनुसार अक्षोभ्य बुद्धलाई पूर्व दिशाका अधिष्ठाता बुद्ध मानिन्छ । उहाँको वर्ण प्रायः नीलो रंगमा चित्रण गरिन्छ । जसले आकाशजस्तै विशालता र निर्मल चेतनालाई जनाउँछ । मूर्ति तथा थाङ्का चित्रहरूमा उहाँलाई भूमिस्पर्श मुद्रा (हातले पृथ्वी छोएको आसन) मा देखाइन्छ । यो…
Read Moreवैरोचन बुद्धः ज्ञान र प्रकाशका प्रतीक
वैरोचन बुद्ध (महावैरोचन) महायान तथा वज्रयान बौद्ध परम्पराका अत्यन्त महत्वपूर्ण बुद्ध मानिन्छन् । उहाँलाई पञ्च बुद्धमध्ये केन्द्रमा रहने बुद्धका रूपमा चित्रण गरिन्छ र सम्पूर्ण ज्ञान तथा सत्यको प्रतीक मानिन्छ । संस्कृत शब्द “वैरोचन” को अर्थ “प्रकाश फैलाउने” वा “उज्यालो पार्ने” हुन्छ । बौद्ध दर्शनमा वैरोचन बुद्धलाई ब्रह्माण्डव्यापी ज्ञानको स्रोत तथा धर्मको मूल स्वरूपका रूपमा सम्मान गरिन्छ । नेपाल, चीन, जापान तथा अन्य महायानी देशहरूमा वैरोचन बुद्धको विशेष पूजा गरिन्छ । विशेष गरी वज्रयान परम्परामा उहाँलाई पञ्च ध्यानी बुद्धहरूको केन्द्रबिन्दु मानिन्छ । मण्डलामा वैरोचन बुद्ध मध्यभागमा विराजमान हुन्छन् भने अन्य चार…
Read Moreबौद्ध छ्याग तथा परिक्रमा कार्यक्रम सफलतापूर्वक सम्पन्न (फोटो फिचर)
हिमाली बौद्धमार्गीहरुको पवित्र सागा दावाको शुभ अवसरमा रेपा नेपालले असार १ गते सोमवार काठमाडौँको बौद्ध स्तूप परिसरमा विशेष बौद्ध छ्याग तथा परिक्रमा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रमको सुरुवात सहभागीहरू ठूलो घन्टीनिर भेला भई सरणागमन, साष्टाङ्ग दण्डवत् (छ्याग) र बौद्ध स्तुपको कोरा गरिएको थियो । त्यसपछि पुनः सबै सहभागि एकत्रित भई वज्रसत्त्व तथा सिंहमञ्जुश्री मन्त्रको सामूहिक जप गरिएको थियो । कार्यक्रमको मुख्य आकर्षण श्रद्धेय चोग्याल रिन्पोछे रहनु भएको थियो । उहाँको गरिमामय उपस्थितिमा बौद्ध स्तूपको परिक्रमा सम्पन्न गरिएको हो । कार्यक्रममा दीप प्रज्वलन, पुण्य समर्पण प्रार्थना, गुरु दर्शन तथा…
Read Moreअलोकासहित भिक्षु पन्याकर नेपालमा, शान्तिको सन्देश बोकेर लुम्बिनी र काठमाडौंमा पदयात्रा
विश्व शान्तिको सन्देश फैलाउने उद्देश्यले अमेरिकामा १०८ दिन लगाएर ३ हजार ७ सय किलोमिटर पदयात्रा गरेका भियतनामी बौद्ध भिक्षु पन्याकर नेतृत्वको टोली यतिबेला नेपालमा छ । ‘वाक फर पिस’ नाम दिइएको अभियानअन्तर्गत १८ जना भिक्षु तथा उपासक–उपासिकाको टोलीले बुद्ध जन्मस्थल लुम्बिनीदेखि काठमाडौंसम्म विभिन्न बौद्ध सम्पदास्थलको भ्रमण गरिरहेको छ । टोलीले आइतवार लुम्बिनीस्थित अखण्ड शान्ति द्वीपबाट मायादेवी मन्दिरसम्म शान्ति पदयात्रा गर्दै पूजा–आराधना गरेको थियो । त्यसपछि काठमाडौं आइपुगेको टोलीले सोमबार बौद्धनाथ, स्वयम्भूनाथ, चारुमती विहार तथा ऐतिहासिक आनन्दकुटी विहारको अवलोकन गरेको छ । यो टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग समेत भेटवार्ता गरेको छ…
Read Moreकाठमाडौँ बौद्ध स्तूप परिसरमा एक लाख दीप प्रज्वलन तथा प्रणिधान सम्पन्न
काठमाडौँ । बौद्ध स्तूप परिसरमा हिजो आइतवार साँझ एक भव्य एवं आध्यात्मिक वातावरणबीच १,००,००० (एक लाख) दीप प्रज्वलन धार्मिक अनुष्ठान सम्पन्न गरिएको छ । हिमाली बौद्ध शिक्षा तथा सम्भोटा लिपि प्रशिक्षण केन्द्रको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा “सबै प्राणीहरूको हित, शान्ति र कल्याण” का लागि विशेष प्रार्थना तथा प्रणिधान गरिएको थियो । कार्यक्रम साँझ ५ः०० बजेदेखि ८ः०० बजेसम्म सञ्चालन भएको थियो । सो कार्यक्रममा हजारौँ श्रद्धालु भक्तजनहरूको उपस्थिति रहेको आयोजकले जानकारी दिएको छ । स्तूप परिसरलाई दीपहरूको उज्यालोले झिलिमिली बनाउँदै सम्पूर्ण वातावरण आध्यात्मिक ऊर्जा र श्रद्धाले भरिएको देखिन्थ्यो । कार्यक्रममा केन्द्रका…
Read Moreवसुबन्धु : बौद्ध दर्शनलाई नयाँ दिशा दिने प्रभावशाली आचार्य
वसुबन्धु चौथो–पाँचौं शताब्दीका एक महान भारतीय बौद्ध दार्शनिक, भिक्षु र तर्कशास्त्री थिए । उनी बौद्ध दर्शनको इतिहासमा अत्यन्त प्रभावशाली नाम मानिन्छन् । सुरुमा उनी सर्वास्तिवाद परम्परामा प्रशिक्षित थिए र बौद्ध अभिधर्म दर्शनमा गहिरो अध्ययन गरे । उनले लेखेको प्रसिद्ध ग्रन्थ अभिधर्मकोश बौद्ध दर्शनको आधारभूत ग्रन्थहरूमध्ये एक मानिन्छ । यसले बौद्ध सिद्धान्तलाई व्यवस्थित रूपमा व्याख्या गरेको छ। वसुबन्धुको जीवनमा ठूलो परिवर्तन तब आयो जब उनका दाजु असङ्गले उनलाई महायान बौद्ध धर्मतर्फ आकर्षित गरे । त्यसपछि वसुबन्धु योगाचार दर्शनका प्रमुख आचार्य बने । यो दर्शनलाई “चित्तमात्र” वा “विज्ञानमात्र” सिद्धान्त पनि भनिन्छ ।…
Read More