तेमाल शान्ति ध्यान केन्द्र उद्घाटन तथा प्रतिष्ठा सम्पन्न

काभ्रे, भदौ २ गते (१८ अगस्ट २०२६) — काभ्रे जिल्लाको तेमाल गाउँपालिका–५ स्थित तेमाल शान्ति ध्यान केन्द्रको उद्घाटन तथा रब्ने (प्रतिष्ठा) समारोह भदौं २ गते मंगलवार परमपूज्य ४३औँ साक्या ठिजीन ज्ञान वज्र रिन्पोक्षेको प्रमुख उपस्थितिमा सम्पन्न भएको छ। खेन्मो आनी माया तथा केन्द्रका सदस्यहरूको अनुरोधमा स्थानीय समुदायमा धर्म अध्ययन, चिन्तन तथा ध्यान अभ्यासलाई प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको उक्त केन्द्रलाई रिन्पोक्षेले निर्माणको प्रारम्भिक चरणदेखि नै आध्यात्मिक मार्गदर्शन तथा आर्थिक सहयोग प्रदान गर्नुभएको थियो। समारोहका अवसरमा रिन्पोक्षेले केन्द्रको औपचारिक उद्घाटन तथा रब्ने (प्रतिष्ठा) सम्पन्न गर्नुका साथै उपस्थित श्रद्धालुहरूलाई धर्मदेशना प्रदान गर्नुभयो।…

Read More

साक्या गोङ्मा ठिक्षेन रिन्पोक्षेको दीर्घायु प्रार्थना सम्पन्न, हजारौँ श्रद्धालुले ग्रहण गरे शरणगमन तथा बोधिसत्त्व सम्वर

काठमाडौं, साउन ३१। साक्या बौद्ध परम्पराका सर्वोच्च धर्मगुरुहरूमध्ये एक परमपूज्य साक्या गोङ्मा ठिक्षेन रिन्पोक्षेको दीर्घायु, सुस्वास्थ्य तथा धर्मकार्यको निरन्तरताको कामना गर्दै आज काठमाडौंको तिनचुलीस्थित अन्तर्राष्ट्रिय बौद्ध अध्ययन प्रतिष्ठान (International Buddhist Academy–IBA) मा विशेष तेन्स्युग (दीर्घायु प्रार्थना) समारोह भव्य रूपमा सम्पन्न भएको छ। साक्या कलेज र अन्तर्राष्ट्रिय बौद्ध अध्ययन प्रतिष्ठान (IBA) को संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा परमपूज्य ४२औँ साक्या ठिजीन रत्न वज्र रिन्पोक्षे, परमपूज्य ४३औँ साक्या ठिजीन ज्ञान वज्र रिन्पोक्षे, परमपूज्य असङ्ग वज्र साक्या रिन्पोक्षे, परमपूज्य ङोर थार्चे खेन रिन्पोक्षे, श्रीधर राणा रिन्पोक्षे लगायत साक्या परम्पराका वरिष्ठ गुरुहरू, भिक्षु–भिक्षुणी सङ्घ…

Read More

छोग्याल रिन्पोक्षेको सानिध्यमा गुरु पूर्णिमा उत्सव, सहभागि हुन रेपा नेपालको आग्रह

गुरु पूर्णिमाको पावन अवसरमा श्रद्धेय छोग्याल रिन्पोक्षे गुरुज्यूको सानिध्यमा विशेष गुरु पूर्णिमा उत्सव आयोजना हुने भएको छ । आयोजक रेपा नेपालले सम्पूर्ण धर्ममित्र तथा परिवारसहित कार्यक्रममा सहभागी भई गुरुप्रतिको श्रद्धा, भक्ति र कृतज्ञता व्यक्त गर्न हार्दिक निमन्त्रणा गरेको छ । रेपा नेपालका अनुसार गुरु पूर्णिमा बौद्ध परम्परामा गुरुको योगदानको सम्मान गर्दै आध्यात्मिक साधना र आशीर्वाद ग्रहण गर्ने महत्वपूर्ण अवसरका रूपमा मनाइन्छ । कार्यक्रम साउन १३ गते (जुलाई २९, २०२६) बिहान ७ बजेदेखि १०ः३० बजेसम्म अनामनगरस्थित तमु बौद्ध सेवा समिति (भाटभटेनी नजिक) मा सञ्चालन हुनेछ । कार्यक्रममा श्रद्धेय छोग्याल रिन्पोक्षे गुरुज्यूबाट…

Read More

मठीय जीवन त्यागेर जंगलमा ध्यान: तिलोपाको अनौठो आध्यात्मिक यात्रा

बौद्ध गुरु तिलोपा ८औँदेखि ११औँ शताब्दीबीचका महान योगी तथा शिद्ध गुरु हुनुहुन्छ । उहाँको जन्म हालको भारतमा एक ब्राह्मण परिवारमा भएको मानिन्छ । उहाँमा बाल्यकालदेखि नै तीक्ष्ण बुद्धि र आध्यात्मिक जिज्ञासा देखिन्थ्यो । प्रारम्भिक शिक्षामा उहाँले सामान्य वैदिक अध्ययन, संस्कृत शास्त्र र धर्मशास्त्रहरूको ज्ञान प्राप्त गर्नुभयो । तर बाल्यकालमै उहाँको मन भौतिक जीवनभन्दा पर गहिरो सत्यको खोजतर्फ आकर्षित भयो । युवावस्थामा तिलोपाले मठीय शिक्षा ग्रहण गर्दै बौद्ध दर्शन, तर्कशास्त्र र ध्यान अभ्यासको अध्ययन गर्नुभयो । तर उहाँले शास्त्रीय ज्ञानले मात्र मुक्ति सम्भव हुँदैन भन्ने निष्कर्ष निकाल्नुभयो । त्यसपछि उहाँले परम्परागत…

Read More

संसारभर चर्चित नारोपाका ६ योग के हुन् ?

नारोपा बौद्ध धर्मका महान महासीद्ध, दार्शनिक तथा योगीमध्ये एक हुनुहुन्छ । उहाँको जन्म करिब ११औँ शताब्दीको प्रारम्भतिर भारतको बंगाल क्षेत्रमा भएको मानिन्छ। प्रारम्भिक जीवनमै उहाँ असाधारण प्रतिभाशाली हुनुहुन्थ्यो। उहाँले तत्कालीन विश्वप्रसिद्ध नालान्द विश्वविद्यालयमा अध्ययन गरी पछि त्यहीँका प्रमुख आचार्य बन्नुभएको थियो । बौद्ध दर्शन, तर्कशास्त्र, व्याकरण तथा तन्त्रमा उहाँको गहिरो ज्ञान थियो । यद्यपि शास्त्रीय ज्ञानले मात्र अन्तिम सत्य प्राप्त नहुने अनुभूति भएपछि उहाँले सच्चा आध्यात्मिक गुरुको खोजी गर्नुभयो । यस क्रममा उहाँको भेट महान महासीद्ध तिलोपासँग भयो । तिलोपाले नारोपालाई कठोर परीक्षा, साधना र आध्यात्मिक अनुशासनबाट दीक्षित गर्नुभयो ।…

Read More

महायान बौद्ध धर्म अभ्यासः बोधिसत्त्वको आदर्शदेखि बुद्धत्वसम्म

महायान बौद्ध धर्म बौद्ध धर्मको एक प्रमुख शाखा हो । यसको अभ्यास ईसापूर्व पहिलो शताब्दीदेखि ईस्वी पहिलो शताब्दीको बीचमा भएको मानिन्छ । महाया“ शब्दको अर्थ महान् वाहन वा ठूलो मार्ग हो । यसले सबै प्राणीहरूको कल्याण र मुक्तिलाई आफ्नो मुख्य उद्देश्य मान्छ । महायान परम्पराअनुसार केवल आफ्नै निर्वाण प्राप्त गर्नु पर्याप्त हुँदैन । बरु सबै जीवलाई दुःखबाट मुक्त गराउने प्रयास गर्नु नै सर्वोच्च आदर्श हो । महायान बौद्ध धर्मको मुख्य आधार बोधिसत्त्व आदर्श हो । बोधिसत्त्व भनेको यस्तो व्यक्ति हो जसले बुद्धत्व प्राप्त गर्ने क्षमता हुँदाहुँदै पनि सबै प्राणीहरूको उद्धारका…

Read More

वज्रयान परम्पराः बुद्धत्व प्राप्त गर्ने सबैभन्दा शक्तिशाली मार्ग !

वज्रयान बौद्ध धर्म बौद्ध धर्मको एक प्रमुख शाखा हो, जसलाई तान्त्रिक बौद्ध धर्म, मन्त्रयान वा गुह्ययान पनि भनिन्छ । यसको विकास करिब सातौँदेखि नवौँ शताब्दीको बीचमा भारतमा भएको मानिन्छ । पछि यो तिब्बत, नेपाल, भुटान, मंगोलिया लगायतका देशहरूमा फैलियो । आज पनि तिब्बती बौद्ध परम्परामा वज्रयानको विशेष महत्व रहेको छ । नेपालको काठमाडौँ उपत्यका पनि वज्रयान बौद्ध अभ्यासको मुख्य गढ हो । यहाँ सदियौँदेखि वज्रयान बौद्ध अभ्यास हुँदै आएको छ । ‘वज्रयान’ शब्दमा ‘वज्र’ को अर्थ अटल, शक्तिशाली र अविनाशी तथा ‘यान’ को अर्थ मार्ग वा साधना हो । त्यसैले…

Read More

रक्तपातदेखि शान्तिसम्म: सम्राट अशोकले संसारभर कसरी फैलाए बौद्ध धर्म?

सम्राट अशोक प्राचीन भारतका शक्तिशाली शासक तथा मौर्य साम्राज्यका तेस्रो सम्राट थिए । उनी ईसापूर्व तेस्रो शताब्दीमा शासनमा आएका थिए । प्रारम्भिक जीवनमा अशोक एक महत्वाकांक्षी र युद्धप्रिय शासकका रूपमा परिचित थिए । तर ईसापूर्व २६१ तिर भएको कलिङ युद्धले उनको जीवनमा ठूलो परिवर्तन ल्यायो । युद्धमा हजारौं मानिसको मृत्यु र विस्थापन भएको दृश्यले उनलाई गहिरो पश्चात्ताप गरायो। त्यसपछि उनले हिंसाको मार्ग त्यागेर बौद्ध धर्म अंगाले । बौद्ध धर्म ग्रहण गरेपछि अशोकले शान्ति, अहिंसा, सहिष्णुता र नैतिक जीवनका सिद्धान्तलाई राज्य सञ्चालनको आधार बनाए । उनले बौद्ध धर्मको प्रचार–प्रसारलाई विशेष प्राथमिकता…

Read More

महासिद्धा भिक्षुणी लक्ष्मीकराको जीवनी सार्वजनिक, कुष्ठरोगमाथिको विजयदेखि क्लेशमाथिको विजयसम्म

काठमाडौं । बौद्ध परम्पराकी प्रसिद्ध महासिद्धा भिक्षुणी लक्ष्मीकराको जीवन, साधना र आध्यात्मिक उपलब्धिमाथि आधारित पुस्तक ‘भिक्षुणी लक्ष्मीकराको जीवनी’ बुधवार काठमाडौंको थापागाउँस्थित मण्डला थियटरमा एक विशेष समारोहबीच लोकार्पण गरिएको छ । लोकार्पण कार्यक्रमको प्रमुख अतिथि क्याब्जे शेरकोङ रिन्पोचे रहनुभएको थियो । समारोहमा नयाँपाटी डिकुङ काग्यु गुम्बाका प्रधान गुरु परम आदरणीय सोनाम योगी रिन्पोचे, चर्चित कलाकार दयाहाङ राई, वरिष्ठ अनुवादक टिका शेर्पा, रेपा अनुवाद समितिका अनुवादक तेन्जी शेर्पा (रत्न मङ्गल) लगायत विभिन्न बौद्ध परम्पराका धर्मगुरु, विद्वान्, अनुवादक तथा धर्मानुरागीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा वक्ताहरूले भिक्षुणी लक्ष्मीकराको जीवन धार्मिक इतिहासको विषय…

Read More

थेरवाद बौद्ध धर्म: निर्वाणको रहस्य र शान्तिको अद्भुत मार्ग

थेरवाद बौद्ध धर्म बौद्ध धर्मका सबैभन्दा प्राचीन र महत्वपूर्ण परम्पराहरूमध्ये एक हो । “थेरवाद” शब्दको अर्थ “स्थविरहरूको मार्ग” वा “ज्येष्ठ भिक्षुहरूको शिक्षा” भन्ने हुन्छ । यस परम्पराले गौतम बुद्धद्वारा प्रतिपादित मूल शिक्षाहरूलाई जोगाएर राख्ने प्रयास गरेको मानिन्छ । थेरवाद परम्परा विशेष गरी नेपालसहित श्रीलंका, थाइल्याण्ड, म्यानमार, कम्बोडिया र लाओसमा व्यापकरुपमा प्रचलनमा रहेको छ । थेरवाद बौद्ध धर्मको मुख्य आधार पालि भाषामा लेखिएको त्रिपिटक हो । त्रिपिटकलाई बौद्ध धर्मको सबैभन्दा पुरानो धर्मग्रन्थ मानिन्छ । त्रिपिटक तीन भागमा विभाजित छ-विनय पिटक, सुत्त पिटक र अभिधम्म पिटक। यी ग्रन्थहरूमा बुद्धका उपदेश, भिक्षुहरूको आचारसंहिता…

Read More