बौद्ध धर्ममा वज्र गुरु जप एक पवित्र मन्त्र जपको अभ्यास हो, जुन विशेष रूपमा वज्रयान बौद्ध परम्परासँग सम्बन्धित छ। यो मन्त्र “ॐ वज्र गुरु पद्म सिद्धि हूँ” (Om Vajra Guru Padma Siddhi Hum) को रूपमा प्रचलित छ र यसलाई गुरु रिन्पोछे अर्थात् पद्मसम्भवसँग जोडिएको मानिन्छ। पद्मसम्भव आठौं शताब्दीमा तिब्बतमा बौद्ध धर्म फैलाउने प्रमुख व्यक्तित्व थिए, जसलाई दोस्रो बुद्धको रूपमा पनि सम्मान गरिन्छ। यो जप वज्रयान बौद्धहरूका लागि आध्यात्मिक उन्नति र शुद्धिकरणको शक्तिशाली माध्यम मानिन्छ। वज्र गुरु मन्त्रको प्रत्येक अंशको गहिरो अर्थ छ। “ॐ” ले विश्वव्यापी चेतनालाई संकेत गर्छ, “वज्र” ले…
Read Moreवर्ग: विविध
बुद्धपछि बौद्ध धर्म फैलाउन योगदान दिने मुख्य व्यक्तिहरू
गौतम बुद्धको महापरिनिर्वाणपश्चात् बौद्ध धर्मलाई विश्वभर फैलाउन महत्वपूर्ण योगदान दिने केही प्रमुख व्यक्तिहरू थिए। तिनीहरूले बौद्ध शिक्षालाई संरक्षण, प्रचार र संस्थागत रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेले। १. महाकश्यप महाकश्यप बुद्धका प्रमुख शिष्यमध्ये एक थिए, जसले बुद्धको महापरिनिर्वाणपछि पहिलो बौद्ध संगीति (परिषद्) आयोजना गर्न महत्त्वपूर्ण भूमिका खेले। उनले बुद्धका शिक्षालाई संकलन गरी त्रिपिटकको संरचना तय गर्न नेतृत्व गरे। २. अशोक सम्राट मौर्य सम्राट अशोक (इ.पू. तेस्रो शताब्दी) बौद्ध धर्मका महान संरक्षक थिए। कलिङ्ग युद्धपछि बौद्ध धर्म अपनाएका उनले बुद्धका शिक्षालाई भारतभर र श्रीलंका, म्यानमार, थाइल्यान्डजस्ता देशहरूमा फैलाउन मिशनहरू पठाए। ३.…
Read Moreबौद्ध धर्मका खास विशेषताहरूः अहिंसा, मध्यम मार्ग र ज्ञानमार्ग
काठमाडौं – बौद्ध धर्म विश्वका प्रमुख धर्महरूमध्ये एक हो, जसले मानवकल्याण, अहिंसा, करुणा, र आत्मज्ञानलाई मुख्य रूपमा प्रस्तुत गर्छ। गौतम बुद्धले झन्डै २५०० वर्षअघि प्रवर्तित गरेको यो धर्म आज विश्वभर फैलिएको छ। बौद्ध धर्मको प्रमुख विशेषता चार आर्यसत्य हो, जसमा जीवन दुःखमय छ भन्ने, दुःखको कारण तृष्णा हो भन्ने, तृष्णा मेटाउँदा दुःख समाप्त हुन्छ भन्ने र त्यसका लागि अष्टाङ्गिक मार्ग अपनाउनुपर्ने मान्यता छ। यो मार्ग नै बौद्ध धर्मको आधारभूत दर्शन हो। अर्को महत्त्वपूर्ण विशेषता अहिंसा हो। बौद्ध धर्ममा सबै जीवप्रति दया र करुणा राख्नुपर्छ भन्ने शिक्षा दिइन्छ। यसै कारण, यो…
Read Moreकर्म र पुनर्जन्मः बौद्ध दर्शनको मूल अवधारणा
बौद्ध धर्ममा कर्म र पुनर्जन्मको गहिरो सम्बन्ध छ। बुद्धका अनुसार, हरेक प्राणीको वर्तमान अवस्था विगतका कर्महरूको परिणाम हो, र भविष्यका जन्महरू पनि वर्तमान कर्मले निर्धारण गर्छ। यसै कारण, बौद्ध धर्मले राम्रो कर्म गर्न र नैतिक जीवन बिताउन प्रेरित गर्छ। कर्म भनेको कुनै पनि शारीरिक, वाचिक वा मानसिक क्रियाकलाप हो, जसले सकारात्मक वा नकारात्मक परिणाम जन्माउँछ। राम्रो कर्मले शुभ पुनर्जन्म दिन्छ भने खराब कर्मले अशुभ पुनर्जन्म गराउँछ। बौद्ध धर्ममा छहट्टी पुनर्जन्म (संसार चक्र) को सिद्धान्त छ, जसमा जीवहरू आफूले संचित कर्मअनुसार विभिन्न लोकमा पुनर्जन्म लिन्छन्। बुद्धले कर्म र पुनर्जन्मको चक्रबाट मुक्त…
Read Moreबौद्ध धर्ममा डाकिनीको अर्थ र महत्व
काठमाडौं – बौद्ध धर्ममा ‘डाकिनी’लाई रहस्यमयी शक्तिशाली स्त्री रूपमा वर्णन गरिन्छ। विशेषगरी वज्रयान बौद्ध परम्परामा डाकिनीलाई ज्ञान, शक्तिको प्रतीक र तान्त्रिक मार्गदर्शकका रूपमा मानिन्छ। संस्कृतमा ‘डाकिनी’ शब्दको अर्थ ‘आकाशमा विचरण गर्ने’ भन्ने हुन्छ, जसले उनीहरूको आध्यात्मिक स्वरूपलाई जनाउँछ। बौद्ध ग्रन्थहरू अनुसार, डाकिनीहरूले साधकलाई मार्गदर्शन गर्ने, मोह र अज्ञानताबाट मुक्त गराउने भूमिका खेल्छन्। केही परम्परामा तिनीहरूलाई करुणामयी देवता मानिन्छ भने कतिपय तन्त्रमार्गी साधनामा तिनीहरूलाई उग्ररूपकी देवीका रूपमा चित्रित गरिएको पाइन्छ। गुरु पद्मसम्भवले डाकिनीहरूलाई ‘गुप्त ज्ञानकी रक्षक’ का रूपमा व्याख्या गरेका छन्। नेपालका धेरै बौद्ध मन्दिरहरूमा डाकिनीहरूको मूर्ति तथा चित्रहरू देख्न सकिन्छ।…
Read Moreगौतम बुद्ध र अंगुलीमालाः एक हृदय परिवर्तनको कथा
श्रावस्ती नजिकैको जंगलमा एक भयानक डाँका अंगुलीमाला बस्ने गर्थे । मानिसहरूको हत्या गरी औंलाका मालाहरू बनाउने उनलाई सबै त्रसित थिए । जब गौतम बुद्धलाई यो विषयमा थाहा पाउनु भयो, त्यसपछि उहाँले अंगुलीमालासँग भेट्ने निर्णय गर्नुभयो । बुद्ध शान्तिपूर्वक जंगलतर्फ जानुभयो । अंगुलीमालाले उहाँलाई देखेर पछ्यायो, तर जति प्रयास गरे पनि बुद्धलाई समाउन सकेन । थाकेर, उसले बुद्धलाई रोकिन भन्यो । बुद्धले सहज रूपमा उत्तर दिनुभयो, “म पहिल्यै रोकिएको छु, अब तिमी पनि रोकिनु पर्छ।“ बुद्धको यस्तो भनाइले अंगुलीमालालाई चकित बनायो । बुद्धले भन्नुभयो, “मैले हिंसाबाट हात झिकिसकेको छु, तर तिमी…
Read Moreबौद्ध धर्ममा शुन्यताको अर्थ र महत्व
बौद्ध धर्ममा शुन्यताको अर्थ सबै चीजको अनित्य र आश्रित स्वभाव हो। यसको मतलब कुनै पनि चीज आफैंमा स्थायी वा स्वतन्त्र अस्तित्व छैन। सबै चीज एक अर्कासँग जोडिएका छन् र परिवर्तनको प्रक्रियामा छन्। शुन्यतालाई बुझ्दा हामीले संसारलाई अझ यथार्थपरक रूपमा हेर्न सक्छौं र आसक्तिबाट मुक्त हुन सक्छौं। शुन्यताको महत्त्वः वास्तविकताको सही बुझाइः शुन्यताले हामीलाई संसारलाई जस्तो छ त्यस्तै रूपमा हेर्न मद्दत गर्दछ, हाम्रो आफ्नै अपेक्षाहरू र धारणाहरूद्वारा विकृत नगरिकन। आसक्तिबाट मुक्तिः जब हामी शुन्यतालाई बुझ्छौं, हामी भौतिक चीजहरू र अस्थायी अनुभवहरूमा हाम्रो आसक्तिलाई कम गर्न सक्छौं। यसले हामीलाई शान्ति र सन्तुष्टि…
Read Moreहिमालय बौद्ध परम्परा, ४ सम्प्रदायको सुरुवात र विशेषता
हिमालयन बौद्ध परमपरामा ४ प्रमुख सम्प्रदाय छन्, जसलाई प्रायः तिब्बती बौद्ध धर्मको संरचना अन्तर्गत राखिन्छ। यी सम्प्रदायहरू न्यिङमा, काग्यु, साक्य, र गेलुग हुन्। यी सम्प्रदायहरूको स्थापना ऐतिहासिक रूपमा विभिन्न गुरूहरूद्वारा भएको थियो, जसले आफ्ना आफ्ना दर्शन, अभ्यास, र अनुष्ठानहरूलाई विकसित गरेका थिए। १. ङिङ्मा सुरु भएको समयः ८औँ शताब्दी। संस्थापकः गुरु पद्मसम्भव (गुरु रिन्पोचे)। विशेषताः यो हिमालयन बौद्ध धर्मको सबैभन्दा पुरानो सम्प्रदाय हो। यसमा “जोग्छेन“ (महान पूर्णता) अभ्यासको महत्त्वपूर्ण भूमिका छ। उत्पत्तिः तिब्बतमा बौद्ध धर्मको प्रारम्भिक विस्तारका क्रममा। २. काग्यु सुरु भएको समयः ११औँ शताब्दी। स्थापकः मार्पा लोचावा (अनुवादक) र…
Read Moreबुद्धले वाल्यकाल बिताएको तिलौराकोट
लुम्बिनीको नजिकै पर्ने तिलौराकोट कपिलवस्तु जिल्लामा अवस्थित छ । यो क्षेत्र गौतम बुद्धको बाल्यकालको ऐतिहासिक थलोका रूपमा चिनिन्छ । पुरातात्विक तथ्यहरूले यो ठाउँलाई प्राचीन शाक्य राज्यको राजधानी भएको पुष्टि गरेका छन्, जहाँ बुद्धले आफ्नो बाल्यकाल राजकुमार सिद्धार्थका रूपमा बिताएका थिए । तिलौराकोट त्यस्तो स्थान हो जुन सिद्धार्थ गौतमको शिक्षालय र खेल मैदान पनि थियो । तिलौराकोटमा हुँदै उनले वैभव र विलासिताको जीवनमात्रै बिताएनन् यहींबाट उनले संसारको दुःख बुझ्ने मार्गतर्फ कदम चाले । तिलौराकोटमा विभिन्न महत्वपूर्ण संरचनाहरू भेटिएका छन्, जसमा राजदरबारको भग्नावशेष, प्राचीन सहरका पर्खालहरू, मठहरू र पानीको पोखरीहरू समावेश छन्…
Read Moreआज मनाइदैं गरेको ल्हाबब दुछेन ༼ལྷ་བབས་དུས་ཆེན།༽ अर्थात् देव अवतरण महोत्सव के हो ?
आचार्य सार्की शेर्पा शान्तिका महानायक भगवान् शाक्यमुनि बुद्धले सत्त्वहरूलाई दुःखको भावसागरबाट मुक्त गराउनको लागि विभिन्न प्रकारको लीला (कार्य)हरू प्रदर्शन गर्नु भएता पनि बौद्ध परम्परामा विशेषगरी १२ प्रकारको लीलाहरू प्रमुख लीला (कार्य) को रूपमा मानिन्छ । जसमध्ये ल्हाबब दुछेन अर्थात् देव अवतरण महोत्सव पनि एक हो । यो महोत्सव भोट चन्द्र पात्रोअनुसार हरेक वर्ष ९ औँ महिनाको कृष्णपक्ष सप्तमीमा पर्दछ । यस वर्षको ल्हाबब दुछेन अर्थात् देव अवतरण महोत्सव २०८०, कार्तिक १८ गते शनिबारको दिन परेको छ । लुम्बिनीमा तत्कालीन महाराजा शुद्धोधन र महारानी मायादेवीको सुपुत्रको रूपमा राजकुमार सिद्धार्थ गौतमको जन्म…
Read More