काठमाडौं। बौद्धस्थित का–ङिङ शेडुप लिङ सेतो गुम्बामा श्रद्धेय छोकी निमा रिन्पोछेले ‘बार–साम–डोल–सुम’ अन्तर्गत तीन अभिषेक प्रदान गर्नुहुने भएको छ। कार्यक्रम २०८३ असोज २४ गते शनिबार अर्थात् १० अक्टोबर २०२६, दिउँसो १ बजे सुरु हुनेछ। गुम्बाले जारी गरेको सूचनाअनुसार, संघको लामो समयदेखिको अनुरोध स्वीकार गर्दै रिन्पोछेले गृहस्थ धर्मावलम्बी तथा साधकहरूलाई अभिषेक प्रदान गर्न लाग्नुभएको हो। यीमध्ये ‘बार्छे लाम्सेल’ (བར་ཆད་ལམ་སེལ།) को अर्थ ‘मार्गका बाधा–विघ्न हटाउने’ र ‘साम्पा ल्हुन्ड्रुप’ (བསམ་པ་ལྷུན་གྲུབ།) को अर्थ ‘मनोकामना सहजै सिद्ध हुने’ हो। दुवै गुरु पद्मसम्भवसँग सम्बन्धित छन्। यी प्रार्थनामा साधनाका बाधा हटून् र शुभ आकाङ्क्षा पूरा होऊन् भन्ने…
Read MoreCategory: विविध
४४औँ साक्या ठिजिनको गद्दी आरोहण नोभेम्बर ६ मा, भोलिपल्ट दीर्घायु अभिषेक
काठमाडौं। भारतको पश्चिम बङ्गालस्थित जयगाउँमा आगामी नोभेम्बर ६, २०२६ मा ४४औँ सक्या ठिजिनको गद्दी आरोहण समारोह हुने भएको छ। साक्या थेग्छेन फुन्छोक लिङ गुम्बामा आयोजना हुने समारोहमा श्रद्धेय खोन्दुङ अविकृतवज्र रिन्पोछेलाई सक्या परम्पराको ४४औँ सिंहासनधारीका रूपमा पदस्थापन गरिनेछ। साक्या हेरिटेज सोसाइटीले परम्परागत विधिअनुसार समारोह आयोजना गरिने जनाएको छ। गुम्बाको कार्यालयले अक्टोबर १ मा जारी गरेको सूचनाअनुसार, गद्दी आरोहणको भोलिपल्ट नोभेम्बर ७ मा परमपूज्य ४१औँ साक्या गोङ्मा ठिक्षेन दोर्जे क्षाङले दीर्घायु अभिषेक ‘छेवाङ’ प्रदान गर्नुहुनेछ। आयोजक तथा श्रद्धालुहरूको प्रार्थना र अनुरोध स्वीकार गर्दै उहाँले अभिषेक प्रदान गर्न सहमति दिनुभएको सूचनामा उल्लेख…
Read Moreबाढी प्रभावित क्षेत्रको सहयोगका लागि ‘वाक फर पिस’ टोली नेपालमा
नेपालमा बाढी प्रभावित समुदाय तथा संकटमा परेका जनावरको सहयोगका लागि अन्तर्राष्ट्रिय राहत टोली नेपाल आइपुगेको छ। ‘Walk for Peace’, ‘Hương Từ Loving Kindness Foundation’ र ‘Aloka Peace Foundation’ को संयुक्त राहत प्रतिनिधिमण्डल नेपाल आएको हो। टोलीमा अलोका तथा श्रद्धेय भिक्षु पञ्ञाकार तुए न्हानसहितका प्रतिनिधि सहभागी छन्। उनीहरूको नेपाल आगमनलाई करुणा, सहकार्य र मानवीय सेवाको यात्राको सुरुवातका रूपमा लिइएको छ। राहत टोलीले बाढीबाट प्रभावित समुदाय तथा सहयोगको आवश्यकता रहेका जनावरसँग ऐक्यबद्धता जनाउँदै आवश्यक सहयोग गर्ने जनाएको छ। टोलीले कठिन परिस्थितिमा रहेका प्रभावितहरूलाई राहत र सहारा पुर्याउने उद्देश्यले नेपाली साझेदारहरूसँग सहकार्य गर्ने…
Read Moreफर्पिङको पवित्र असुरा गुफामा खेन्टुल रिन्पोछेद्वारा गुरु रिन्पोछेको अभिषेक
काठमाडौँ — परमपूज्य स्यार खेन्टुल जाम्फेल लोडोले फर्पिङस्थित गुरु पद्मसम्भव अर्थात् गुरु रिन्पोछेसँग गहिरो सम्बन्ध रहेको पवित्र असुरा गुफामा गुरु रिन्पोछेको अभिषेक अर्थात् वाङ प्रदान गर्नुभएको छ। रिन्पोछेले गुरु रिन्पोछेको पवित्र तीर्थस्थलमा गुरु रिन्पोछेको अभिषेक प्रदान गर्नुभएको आफ्नो यस जीवनमा यो पहिलो अवसर भएको उहाँको पक्षबाट सार्वजनिक विवरणमा उल्लेख गरिएको छ। असोज १८ गते आयोजित उक्त अभिषेक विशेषगरी गुरु रिन्पोछेको साधना र सिद्धिसँग प्रत्यक्ष सम्बन्धित स्थलमै सम्पन्न भएकाले महत्वपूर्ण मानिएको छ। असुरा गुफालाई याङ्लेशोको माथिल्लो गुफाका रूपमा पनि चिनिन्छ। बौद्ध परम्पराअनुसार गुरु रिन्पोछेले यहाँ याङ्दाक हेरुका र वज्रकीलयको साधनालाई संयुक्त…
Read Moreजोङ्सार खेन्चे रिन्पोछेद्वारा २१ तारा पूजाको ११औँ दिन दसौँ ताराको अभिषेक
काठमाडौं, असोज २०। भारतको हिमाचल प्रदेशस्थित जोङ्सार खेन्चे छोक्यी लोडो इन्स्टिच्युटमा जारी २१ दिने तारा पूजा तथा धर्म-शिक्षाको ११औँ दिन परमपूज्य जोङ्सार जम्याङ खेन्चे रिन्पोछेले कदम्प अर्थात् आचार्य अतीश परम्पराअनुसार २१ तारामध्ये दसौँ ताराको अभिषेक प्रदान गर्नुभएको छ। २५ सेप्टेम्बरदेखि सुरु भएको यो विशेष अनुष्ठान १५ अक्टोबरसम्म चल्नेछ। जोङ्सार खेन्चे छोक्यी लोडो इन्स्टिच्युट र खेन्चे फाउन्डेसनको संयुक्त आयोजनामा भइरहेको कार्यक्रम खेन्चे फाउन्डेसन स्थापनाको २५औँ वार्षिकोत्सवका अवसरमा आर्य ताराप्रति कृतज्ञता व्यक्त गर्दै उहाँको निरन्तर संरक्षण र आशीर्वादको प्रार्थनाका रूपमा आयोजना गरिएको हो। पूजाको ११औँ दिनको शिक्षामा रिन्पोछेले बौद्धमार्गमा प्रज्ञा र उपायकौशललाई…
Read Moreयाङ्सी टुल्कु उर्गेन रिन्पोछेको नेतृत्वमा नुब्रीमा नौ दिने ङाँग्सो डुब्क्षेन महासाधना सम्पन्न
गोरखाको उत्तरी क्षेत्र नुब्रीस्थित रो गाउँमा परमपूज्य याङ्सी टुल्कु उर्गेन रिन्पोछेको नेतृत्वमा आयोजित नौ दिने ङाँक्सो डुब्क्षेन अर्थात् महासाधना आज सोमवार सम्पन्न भएको छ । मनास्लु हिमाल नजिकै रहेको ङाग्युर पद्म छोलिङ गोन्पाको नवनिर्मित भवनको प्राणप्रतिष्ठाका लागि उक्त महासाधना आयोजना गरिएको हो । शेन्फेन फोटोग्राफीको फेसबुक पेजमा प्रकाशित जानकारीअनुसार, आज भोट संवत् २१५३ को आठौँ महिनाको २५औँ तिथिमा सिद्धि ग्रहणको अनुष्ठानसँगै महासाधना समापन गरिएको हो । रिन्पोछेको प्रमुख उपस्थितिमा सम्पन्न महासाधनामा भिक्षु, लामा तथा ङाँक्पाहरू सहभागी भएका थिए । महासाधनाको अन्तिम दिन सूर्य वरिपरि इन्द्रेणीको छत्रजस्तो दृश्य देखिएको पनि उक्त…
Read Moreगोन्पाबारेको अभिव्यक्ति सच्याउन माग गर्दै एमालेलाई बौद्ध महासंघको ध्यानाकर्षणपत्र
काठमाडौँ, असोज १९ । नेपाल बौद्ध महासंघले नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा (बादल)ले संसद्मा बौद्ध गोन्पाहरूबारे दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै पार्टीलाई ध्यानाकर्षणपत्र बुझाएको छ। महासंघका अध्यक्ष नुर्बु थुन्डु शेर्पा (गेशे थुप्तेन जिन्पा) र कोषाध्यक्ष पेमा दोन्देन गुरुङले सोमबार बिहान एमाले केन्द्रीय कार्यालय पुगेर महासचिव शंकर पोखरेललाई उक्त पत्र हस्तान्तरण गर्नुभएको हो। असोज १८ गतेको ध्यानाकर्षणपत्रअनुसार, थापाले गत भदौ ३ गते प्रतिनिधिसभाको बैठकमा अघिल्लो वर्षको जेनजी आन्दोलनका क्रममा लुटिएका हातहतियार गोन्पाहरूमा लुकाइएको हुन सक्ने र त्यहाँ शक्ति सङ्ग्रह भइरहेको आशङ्का व्यक्त गर्नुभएको थियो। महासंघले उक्त अभिव्यक्तिलाई तथ्यहीन, भ्रामक र पूर्वाग्रहपूर्ण भन्दै…
Read Moreगोन्पा विद्यालयहरूको बृहत् भेला कात्तिक २० गते
काठमाडौं । नेपाल बौद्ध महासंघअन्तर्गतको बौद्ध विद्यालय समिति नेपालको बैठकले आगामी कात्तिक २० गते गोन्पा विद्यालयहरूको बृहत् भेला आयोजना गर्ने निर्णय गरेको छ । नेपाल बौद्ध महासंघको सभा कक्षमा बसेको समितिको बैठकमा विभिन्न गोन्पा विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरूसँग गोन्पा शिक्षाको अवस्था, शैक्षिक विकास, व्यवस्थापन तथा आगामी कार्ययोजनाबारे व्यापक छलफल गरिएको थियो । छलफलपछि २०८३ साल कात्तिक २० गते शुक्रबार गोन्पा विद्यालयहरूको बृहत् भेला आयोजना गरी नयाँ कार्यसमिति चयन गर्ने निर्णय गरिएको समितिले जनाएको छ । भेलामार्फत गोन्पा विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि, शैक्षिक नीतिको प्रभावकारी कार्यान्वयन तथा विद्यालयबीचको आपसी समन्वय र…
Read Moreमुस्ताङ किदुग यूएसएद्वारा बाढीपहिरो प्रभावितका लागि १ करोड २७ लाखभन्दा बढी सहयोग
काठमाडौं । अमेरिकाको न्यूयोर्कस्थित मुस्ताङ किदुग यूएसए इन्क. (Mustang Kyidug USA Inc.) ले नेपालमा हालैको बाढीपहिरोबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि १ करोड २७ लाख ३८ हजार ५ सय ७६ रुपैयाँ सहयोग प्रदान गरेको छ। संस्थाले बिहीबार पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई ८५ हजार ९ सय ३१ अमेरिकी डलर बराबरको चेक हस्तान्तरण गरेको हो। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी प्रदान गरिएको मुस्ताङ किदुगले जनाएको छ। नेपालमा विपद्बाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले अमेरिकामा रहेका नेपाली तथा सहयोगीहरूबाट संकलित रकम नेपाल…
Read Moreआलोक पिस फाउन्डेसन नेपालमा राहत अभियानमा सहभागी हुँदै, ‘आलोक’ पनि नेपाल आउँछ कि आउँदैन भन्ने चासो
काठमाडौं। नेपालमा हालै आएको आकस्मिक बाढीबाट प्रभावित समुदाय तथा जोखिममा परेका पशुको उद्धार र राहतका लागि आलोक पिस फाउन्डेसन (Aloka Peace Foundation) नेपाल आउने भएको छ। असोज २१ देखि २८ गतेसम्म (७–१४ अक्टोबर २०२६) सञ्चालन हुने राहत अभियानमा आलोक पिस फाउन्डेसनले हुओङ तु लभिङ काइन्डनेस फाउन्डेसन (Hương Từ Loving Kindness Foundation) तथा नेपालमा पशु कल्याणका क्षेत्रमा कार्यरत स्नेहाज केयर (Sneha’s Care) सँग सहकार्य गर्ने जनाएको छ। नेपाल आउने राहत प्रतिनिधिमण्डलको नेतृत्व वाक फर पिस (Walk for Peace) अभियानका नेतृत्वकर्ता तथा हुओङ तु लभिङ काइन्डनेस फाउन्डेसनका संस्थापक भिक्षु पञ्ञाकार तुए न्हान…
Read More