नेपाल बौद्ध महासंघले पछिल्लो समय गोन्पा (गुम्बा) तथा विहारहरूविरुद्ध तथ्यहीन, कपोलकल्पित, अतिरञ्जित र भ्रामक प्रचार गर्दै सामाजिक सञ्जाल युट्युब, फेसबुक आदि विभिन्न माध्यममार्फत भ्रम फैलाउने अभिव्यक्ति र अन्तरवार्ताहरू दिदै आएको प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले मंगलवार एक विज्ञप्ति जारी गर्दै नेपालका विभिन्न स्थानहरूमा गत भदौ २३ र २४ गते भएको जेनजीहरूका आन्दोलनपश्चात् सो आन्दोलनसँग जोड्दै देशमा धार्मिक तथा सम्प्रदायिक द्वन्द्व निम्त्याउने प्रयत्नमा रहेका केही अराजक तत्वहरूले भ्रम फैलाउने अभिव्यक्ति र अन्तरवार्ताहरू दिदै आएको आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । ‘प्राचीनकालदेखि नै बौद्ध गोन्पा तथा विहारहरू…
Read MoreCategory: समाचार
Mindfulness & Practical Wisdom: परमपूज्य छोग्याल रिन्पोछेसँग मनलाई शान्त पार्ने कला।
Mindfulness & Practical Wisdom: परमपूज्य छोग्याल रिन्पोछेसँग मनलाई शान्त पार्ने कला। के तपाईं आजको दौडधुप र कोलाहलपूर्ण जीवनबाट एक क्षण विश्राम लिन चाहनुहुन्छ? के तपाईंको मनमा उठ्ने हजारौं विचारहरूको भीडलाई शान्त पारेर जीवनमा स्पष्टता र गहिरो सन्तुष्टि खोज्ने चाहना छ? यदि तपाईंको उत्तर ‘हो’ हो भने, हामी तपाईंका लागि एक यस्तो अनुपम अवसर लिएर आएका छौं, जहाँ तपाईंले आफ्नो जीवनलाई नयाँ दृष्टिकोणबाट हेर्न सिक्नुहुनेछ। हामी गर्वका साथ प्रस्तुत गर्दछौं – “Mindfulness & Practical Wisdom” (सचेतता र व्यावहारिक ज्ञान), एक यस्तो अद्वितीय सत्सङ्ग जसले तपाईंलाई वर्तमानमा जिउन र हरेक पललाई पूर्णताका…
Read Moreबौद्ध शेर्पा गुम्बामा भदौ २१ देखि २३ सम्म विशेष कार्यक्रम र बज्रकिलाय पूजा हुने
बौद्ध शेर्पा गुम्बामा भदौ २१ देखि २३ सम्म विशेष कार्यक्रम, बज्रकिलाय पूजा पनि हुने काठमाडौँको बौद्धस्थित शेर्पा गुम्बामा भदौ २१ र २२ गते अमिताभ बुद्ध र २३ गते बज्रकिलायको पूजा गरिदैछ । रानाग छोक्तुल रिन्पोचे (डोल्पो बुद्ध)को उपस्थितिमा हुने विशेष धार्मिक अनुष्ठानको उद्देश्य दिवङ्गत आत्माको मुक्तिको लागि प्रार्थना गर्नुका साथै जीवित प्राणीहरूलाई दुःखबाट मुक्ति दिलाउन, आध्यात्मिक अभ्यासलाई सबल बनाउन र सकारात्मक ऊर्जाको प्रवाह बढाउनु हो । यो कार्यक्रमको आयोजक डोल्पाको याङ्शेर गुम्बा हो । यसै क्रममा यो कार्यक्रममा बुद्धको अनन्त प्रकाशको मण्डल खोल्ने पूजा र विभिन्न देवलोकका देवता तथा नागराजहरूको…
Read Moreपहिलो अफ्रिकन रिन्पोछे लुम्बिनीमा
पहिलो अफ्रिकन रिन्पोचे पन्नबोधि लुम्बिनीमा चौथो एसियन बौद्ध सांस्कृतिक महोत्सवमा सहभागि हुनु भएको छ । केही महिना अघि चर्चामा आउनु भएका पहिलो अफ्रिकन रिन्पोछे, कंगोका भिक्षु पन्नबोधि रिन्पोछे, हालै लुम्बिनीमा सम्पन्न चौथो एसियन बौद्ध सांस्कृतिक महोत्सव २०२५ मा सहभागी हुनुभएको हो । लुम्बिनीस्थित लिटिल बुद्धको उभिएको मूर्ति परिसरमा आयोजित कार्यक्रममा करिब ६०,००० दीप प्रज्वलन गरिएको थियो । सारीपुत्र फाउन्डेसनद्वारा आयोजित सो दीप प्रज्वलन कार्यक्रममा पन्नबोधि रिन्पोछेले पनि दीप प्रज्वलन गर्नुभएको थियो । अफ्रिकामा पहिलो पटक तिब्बती बौद्ध गुरुको पुनर्जन्मको मान्यता प्राप्त गरी इतिहास रचेका पन्नबोधि रिन्पोछेको त्यतिबेला धेरै चर्चा भएको…
Read Moreसुमति गुरुमाको ‘स्तुप र चैत्य’ सार्वजनिक, काठमाडौँका बौद्ध सम्पदा बुझ्न पुस्तक महत्वपूर्ण
लेखक सुमति वज्राचार्यद्वारा लेखिएको पुस्तक ’स्तूप र चैत्य’ पुनः परिमार्जनसहित पुनः प्रकाशित भएको छ । यो पुस्तकले काठमाडौं उपत्यकाका प्राचीन चैत्य तथा स्तूपहरूको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वमाथि विस्तृत अध्ययन प्रस्तुत गरेको छ । यो पुस्तकको पहिलो संस्करण १७ वर्षअघि प्रकाशित भएको थियो । पुस्तकको खेन्पो ग्युर्मे छुल्ठ्रिम, डा. गौतमवीर वज्राचार्य र लेखक वज्राचार्यले संयुक्तरुपमा विमोचन गरेका थिए । विगतमा पनि पुस्तकमा समावेश जानकारी र अनुसन्धानको उच्च प्रशंसा भएको थियो । पुस्तकको लोकप्रियता र यसले पुरातन सम्पदाको संरक्षणमा पु¥याएको योगदानको कारणले पुनः प्रकाशनको आवश्यकता महशुस गर्दै मुगुम पब्लिकेसन प्रा.लि.ले यो…
Read Moreपहिलो रेपा बौद्ध काउन्सिल फर्पिङमा जारी, छोग्याल रिन्पोचे सहभागि
पहिलो रेपा बौद्ध (काउन्सिल) परिषद् ३ मार्च २०२५ अर्थात सोमवारदेखि फर्पिङको लामा गाउँमा शुरु भएको छ । परिषदमा ठूलो संख्यामा रेपा धर्म मित्रहरू सहभागि भएका छन् । ५ दिने रेपा बौद्ध परिषदमा संसारभरका रेपा धर्म परिवारका सदस्यहरु सहभागि छन् । चोग्याल रिन्पोचेको आशिरवाद रहेको रेपा बौद्ध परिषद रेपा विद्यार्थी र ध्यान साधकहरुका लागि एउटा उत्कृष्ट स्थान बनेको छ । परिषदमा चोग्याल रिन्पोचे ज्यूबाट शिष्यहरूलाई साधना र मौखिक प्रक्षेपण (अभिषेक) गरिन्छ । अभिषेक बिहान ८ बजे देखि साँझ ५ बजे सम्म चल्नेछ । सहभागि विद्यार्थीहरुलाई बिहान र राति दुई चरणमा व्यक्तिगत…
Read Moreग्याल्पो ल्होसार र बौद्ध धर्मः सांस्कृतिक तथा धार्मिक महत्व
नेपालमा मनाइने प्रमुख लोसारहरूमध्ये ग्याल्पो लोसार तामाङ, शेर्पा, भोटे, ह्योल्मो, गुरुङ लगायत हिमाली समुदायहरूले विशेष रूपमा मनाउने पर्व हो। ल्होसार नयाँ वर्ष हो, जुन तिब्बती पात्रोअनुसार पहिलो महिनाको पहिलो दिन पर्छ। यस वर्ष ग्याल्पो ल्होसार फागुन १६ गते (फेब्रुअरी २८) परेको छ। बौद्ध धर्मसँग गहिरो सम्बन्ध भएको ग्याल्पो ल्होसारलाई गुरु पद्मसंभव र अन्य बौद्ध गुरुहरूको शिक्षालाई स्मरण गर्ने पर्वका रूपमा पनि लिइन्छ। बौद्ध धर्मको वज्रयान परम्परामा विशेष स्थान राख्ने यो पर्व लामा, गुम्बा र बौद्ध अनुयायीहरूको लागि आध्यात्मिक महत्त्व बोकेको छ। ग्याल्पो ल्होसारको मुख्य विशेषता घर, मठ र गुम्बाहरू सफा…
Read Moreलुम्बिनीमा अल्पकालिन प्रवज्या र लुम्बिनी अन्तराष्ट्रिय त्रिपिटक पाठ हुँदै
बुद्ध जन्मस्थल लुम्बिनीमा कुलपुत्र प्रवज्या अर्थात् अल्पकालीन भिक्षु कार्यक्रम र चौथौ लुम्बिनी अन्तर्राष्ट्रिय त्रिपिटक पाठ हुने भएको छ । लुम्बिनीमा फागुन दोस्रो हप्तादेखि यी दुई कार्यक्रम हुँदैछन् । यसपटक कुलपुत्र प्रवज्यामा ५ सय जना अल्पकालिन भिक्षुहरुलाई समावेश गराइदैछ । कुलपुत्र प्रवज्या अर्थात अल्पकालीन भिक्षु कार्यक्रम लुम्बिनीमा प्रत्येक वर्ष हुने गर्छ । अखिल नेपाल भिक्षु महासंघ, थाई भिक्षु महासंघ र लुम्बिनी विकास कोषको संयुक्त आयोजना यसपटक फागनु १४ गतेदेखि चैत ३ गतेसम्म ५ सय जनाको बृहत श्रामणेर कुलपुत्र प्रवज्या कार्यक्रम हुनेछ । यसैगरी अखिल नेपाल भिक्षु महासंघको आयोजनामा फागुन २० देखि…
Read Moreओझेलमा १२ शताव्दीको मुस्ताङको यो गुम्बा
मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्त्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्त्वका बारेमा प्रचारप्रसार अभावमा ओझेल परेको आठ सय वर्ष पुरानो गुफाभित्र रहेको गुम्बा संरक्षणको पनि पर्खाइमा छ । गुम्बाकी आनी थाक्पा ढोल्करका अनुसार तान्त्रिक बौद्ध धर्मसँग नजिक निङ्मापा सम्प्रदायको लुरीघाङ गुम्बा १२औँ शताब्दीमा बनेको हो । समुद्री सतहबाट करिब चार हजार मिटर उचाइमा याराको पूर्वी कुनाको पहराको चेपमा रहेको लुरी गुम्बा अनौँठो धार्मिक सम्पदा हो । गोरेटो र सिँढी हुँदै पहाडको बीच भागमा रहेको तीनवटा गुफामा रहेको गुम्बामा पुगिन्छ । आँगनमा पुग्ने बेलामा…
Read Moreपूर्वप्रधानमन्त्री खनाल थेरवाद बुद्धिज्ममा मास्टर्स गर्दै
७५ वर्षीय पूर्वप्रधानमन्त्री झलनाथ खनाल करिब डेढ वर्षदेखि थेरवाद बौद्ध दर्शनमा मास्टर्स गरिरहेका छन् । उनी काठमाडौँको तिनकुनेस्थित थेरवाद बुद्धिष्ट एकेडेमीमा भर्ना भएका हुन् । हालैको दिनमा उनले थेरवाद बुद्धिज्म इन लिच्छवी नेपाल शीर्षकमा पेपर प्रस्तुति पनि दिएका छन् । कक्षामा पढाइ चलिरहँदा पनि कहिलेकाहीँ प्राध्यापकहरु उनलाई ‘माननीयज्यू, सम्माननीयज्यू’ लगायतका शब्द प्रयोग गरेर सम्बोधन गर्छन् । यस्तो सुन्दा सुरुसुरुमा कक्षामा अध्ययन गर्ने अरु विद्यार्थी अनौठो मान्थे । एकेडेमीका प्रिन्सिपल डा. महेन्द्ररत्न शाक्यका अनुसार पूर्वप्रधानमन्त्री खनालले सबै परीक्षामा राम्रो अंक ल्याइरहेका छन् । पूर्वप्रधानमन्त्री खनालको भर्खरै चौथो सेमिस्टर पनि सुरु भइसकेको…
Read More