लुम्बिनीमा तीर्थयात्रुको दानबाट १ करोड ४२ लाख बढि संकलन

बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवि मन्दिरमा राखिएको दानपेटिकाबाट १ करोड ४३ लाख ५९ हजार ९ सय ९० रूपैयाँ संकलन भएको छ । आर्थिक वर्ष २०८१÷०८२ अन्तर्गत दोस्रो पटक गणना गरिएको दानपेटिकाबाट उक्त रकम संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ । पुस १८ गतेदेखि २३ गतेसम्म ५ दिनसम्म लगाएर दानपेटिकाको गणना गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए । स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरूको उपस्थितिमा दानपेटिका खोली गणना गर्ने गरिएको भट्टराईले बताए । दानपेटिकामा संकलित दानलाई सिसिटिभि क्यामेराको निगरानीमा कोषका ३२ जना कर्मचारीहरू खटाएर गणनाको व्यवस्था मिलाइएको थियो ।…

Read More

शान्तिको सन्देश फैलाउन बौद्ध सञ्चार यात्रा

लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश दिने र शान्तिका अनुयायीलाई लुम्बिनी आउन र पदयात्रा गर्न प्रेरित गर्ने उद्देश्यले भैरहवादेखि लुम्बिनीसम्म दोस्रो बौद्ध संचार यात्रा गरिएको छ । भैरहवा–लुम्बिनी क्षेत्रका पत्रकारहरुको सक्रियतामा बिहीबार बौद्ध संचार यात्रा गरिएको हो । पर्यटकीय विकास र लुम्बिनीको प्रबद्र्धनका लागि संचारले महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ । भगवान गौतम बुद्धले हिँडेरै विश्वभर बुद्ध सन्देश फैलाएका थिए । यसैले बौद्ध धर्ममा पदयात्राको खास महत्व छ । यही पदयात्रालाई प्रबद्र्धन गर्ने र लुम्बिनी घुम्न स्वदेशी तथा विदेशी पर्यटक अभिप्रेरित गर्ने उद्देश्यले भैरहवा–लुम्बिनी २४ किलोमिटर बौद्ध संचार यात्रा गरिएको छ…

Read More

कंगोमा पहिलो अफ्रिकन बौद्ध रिन्पोछे : भिक्षु पन्नबोधी

कंगोका भिक्षु पन्नबोधि रिन्पोछे अफ्रिकी भूमिमा पहिलो पटक तिब्बती बौद्ध गुरुको पुनर्जन्मको मान्यता प्राप्त गरी इतिहास रच्न सफल भएका छन्। यो उपलब्धि तिब्बती बौद्ध धर्मको अन्तर्राष्ट्रियकरण र विविधतामा नयाँ आयाम थप्ने महत्वपूर्ण कदम हो। उहाँलाई तिब्बती बौद्ध परम्पराले मान्यता दिएको यो पहिचानले अफ्रिकामा बौद्ध धर्मको फैलावट र स्थानीय सांस्कृतिक वैविध्यसँगको सम्बन्ध झल्काउँछ। पन्नबोधि रिन्पोछे कंगोमा जन्मिनु भएको हो। उहाँको बाल्यकालदेखि नै अध्यात्मप्रतिको झुकाव र आत्मज्ञानको खोजले उहाँलाई बौद्ध धर्मतर्फ आकर्षित ग¥यो। स्थानीय धर्म र संस्कृति भित्रैबाट प्रभावित भएर उहाँले तिब्बती बौद्ध धर्मलाई आत्मसात गर्नुभयो। बाल्यकालमै ध्यान, आध्यात्मिक साधना, र मानवीय…

Read More

१० दिने शाक्यमोन्लन लुम्बिनीमा सम्पन्न, हजारौं सहभागि

बुद्ध जन्मस्थल लुम्बिनीमा सञ्चालित ३३औँ १०दिने शाक्यमोन्लम पूजा मंगलबार सकिएको छ । यस क्रममा विश्व शान्ति र प्राणी कल्याणको कामना गर्दै करिब सात हजार लामा, भिक्षु, आनी, रिन्पोछे तथा बुद्धका अनुयायीले पूजा गरेका हुन् । प्रणिधान र बुद्ध पाठले १० दिनसम्म मायादेवी मन्दिरपरिसर गुञ्जायमान बन्दा त्यहाँ पुगेका पर्यटकसमेत पूजामा आकर्षित भएका थिए । २५ वर्षसम्म निरन्तर लुम्बिनीमा गरिएको यो पूजा आठ वर्षपछि २३ मंसिरदेखि सुरु भएको थियो । लुम्बिनी विकास कोषको पहलमा ४१औँ शाक्य गोङ्मा ट्रिछेन रिन्पोछेको उपस्थितिमा पूजा गरिएको हो । १० दिने मोन्लम पूजाको लुम्बिनी विकास कोषका उपाध्यक्ष…

Read More

नेपाल बुद्ध धर्मको अध्ययन केन्द्र हो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मले नेपाल–चीनबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने बताएका छन् । काठमाडाँैमा नानहाई बुद्ध धर्म गोलमेच सम्मेलनलाई सम्बोधन गर्दै उनले बुद्ध धर्मले शान्ति र सांस्कृतिक आदानप्रदानलाई बढावा दिने उल्लेख गरे । यस्ता सम्मेलनले नेपाल र चीनबीचका मात्रै नभइ अन्य देशमा रहेका बौद्ध धर्मावलम्वीहरुबीचको सम्बन्ध अझ प्रगाढ बनाउने, आपसी प्रेरणा जागृत गराउने प्रधानमन्त्री ओलीको धारणा छ । प्रधानमन्त्री ओलीले गौतम बुद्धको जन्मस्थलमा भइरहेको यो कार्यक्रमले नेपाल र बौद्ध धर्मावलम्वीहरुबीचको सम्बन्ध थप मजबुत बनाउने विश्वास व्यक्त गरे । बुद्धको जन्मस्थल लुम्बिनीलाई समृद्ध र संरक्षण गर्नुपर्ने आवश्यकता पनि उनले औल्याए…

Read More

भोली भुटानका राजा रानीले स्वयम्भू र बौद्ध स्तुपको दर्शन गर्ने

शुक्रबार नेपाल आउन लागेका भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक र रानी तेत्सुन पेमा वाङचुकले स्वयम्भु र बौद्धनाथको मन्दिरको दर्शन गर्ने भएका छन् । भारत भ्रमण सकेर फर्किने क्रममा उनीहरू करिब ५ घण्टा नेपालमा रहने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको हो । नेपाल बसाईका क्रममा उनीहरुले उनीहरूले स्वयम्भु र बौद्धनाथको दर्शन गर्ने तयारी रहेको बताइएको छ । राजा र रानीको भमणका लागि आवश्यक सबै सुरक्षा सुरक्षा प्रबन्ध मिलाइ सकिएको परराष्ट स्रोतले बताएको छ । स्रोतका अनुसार, बिहान करिब १० बजेतिर काठमाडौं ओर्लिएलगत्तै उनीहरूको अनौपचारिक भ्रमण सुरु हुनेछ । यो भ्रमणका…

Read More

धम्मवती गुरुमालाई मानार्थ विद्यावारिधि

लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा दुई सय ८९ जना विद्यार्थी दीक्षित भएका छन् । विद्यावारिधिसहित विभिन्न सङ्कायका विद्यार्थी आज प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट दीक्षित भएका हुन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधि प्रदान गरे । ललितपुरमा जन्मनुभएकी ९१ वर्षीया गुरुमाले बौद्ध धर्म, दर्शन र शिक्षाको विकासमा दिनुभएको अतुलनीय योगदानप्रति सम्मान गर्दै आजै सम्पन्न १७ औं विश्वविद्यालय सभाले गुरुमालाई सम्मान प्रदान गर्ने निर्णय गरेको थियो । यसैगरी प्रधानमन्त्री ओलीले पाँच जनालाई विद्यावारिधिको उपाधि प्रदान गरे ।

Read More

भुजहवा पञ्चशील बुद्ध विहारमा धम्म दीक्षा

नवलपरासी । धम्म दीक्षा दिवसका अवसरमा सरावल गाउँपालिका–७ स्थित भुजहवा पञ्चशील बुद्ध विहारमा सोमबार कार्यक्रम आयोजना गरिएको छ । तत्कालीन सम्राट् अशोकले कलिंग राज्यमाथि विजय प्राप्त गरेरपश्चात् असोज महिनाको शुुक्लपक्षको दशमीको दिन धम्म दीक्षा आयोजना गर्ने परम्परा रहिआएको छ । विश्व बौद्ध धम्म संघ नेपालका अध्यक्ष बालचन बौद्धका अनुसार सम्राट् अशोकले पूज्य भन्ते मोग्गली तिस्स पुत्तबाट बौद्ध धम्मको दीक्षा लिएर बौद्ध धम्मलाई राज धम्म बनाएका थिए । यसपछि गौतम बुद्धको जन्मस्थल लुुम्बिनीमा अशोकस्तम्भ निर्माण भएको बताइएको छ । सम्राट अशोकले शस्त्र अस्त्र परित्याग गरेको दिन भएकाले यस दिनलाई अशोक विजयादशमी…

Read More

लुम्बिनी–तिलौराकोट सडकलाई बोधिवृक्ष करिडोर बनाइने

बुद्धको जन्मस्थल लुम्बिनीदेखि बुद्धको दरबार रहेको तिलौराकोटसम्मको सडकलाई बोधिवृक्ष करिडोर बनाउने पहल थालिएको छ । बुद्धले ज्ञान प्राप्त गरेको बोधगयासम्म बोधिवृक्ष करिडोर बनाउने लक्ष्यसहित पहिलो चरणमा तिलौराकोट–लुम्बिनी सडकको दुबैतर्फ बर–पिपल लगायतका एक हजार बिरुवा रोप्न थालिएको हो । ३२ कलोमिटर दूरीको यो सडक खण्डमा भारत र नेपालका वृक्षारोपण अभियान्ताहरु दुई दिनसम्म पैदल यात्रा गर्दै करिब एक हजार थान बिरुवा रोप्ने छन् । पिपल, निम, तुलसी अभियान पटना भारत र जनकपुरधाम वन प्राविधिक समाजको आयोजना र तिलौराकोट साझेदारी वन उपभोक्ता समूहको सहआयोजनामा वृक्षारोपण हुन लागेको हो । पीपल, निम, तुलसी अभियान…

Read More

नेपाल बौद्ध महासंघको ७ औं महाधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

नेपाल बौद्ध महासंघको सातौँ महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ । आचार्य नुर्वु शेर्पाको संयोजकत्वमा सदस्यहरु मुकुन्द विष्ट, ङिमा तेन्डुप शेर्पा, ङिमा याङ्छेन ह्योल्मो र सुरेश केसी गरी पाँच सदस्य निर्वाचन मण्डलले नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको आवश्यक पदमा ञिङमा, काग्यु, साक्य र गेलुग चारै परम्पराबाट १०, १० जनाको नाम प्रस्ताव गरिएको थियो । निर्वाचन मण्डलले सर्वसम्मतबाट अध्यक्षमा नोर्बु थुन्डु शेर्पा, उपाध्यक्षमा ग्युर्मे सोनाम तामाङ, महासचिवमा पेमा दोर्जे तामाङ, कोषाध्यक्षमा पेमा दोन्देन गुरुङ, सचिवमा छिरिङ झाङमो लामा, सहित पासाङ दोर्जे लामा, मिङमार मगर, धोङाग तेन्जिन लामा, छोवाङ…

Read More