नेपाल बौद्ध संघको बुद्ध जयन्ती विशेष कार्यक्रम, नाटकमार्फत बुद्धका १२ लिला प्रस्तुत

२५६९ औं बुद्ध जयन्तीको अवसरमा नेपाल बौद्ध संघले विशेष कार्यक्रम गरेको छ । कार्यक्रममा प्रमुख अतिथि आचार्य टीका शेर्पा, विशेष अतिथिको रुपमा अभिनेत्री उषा रजक, खेन्पो राजेश कर्माचार्य, लामा कोशिस लोप्साङ वाइवा, नेपाल बुद्धिस्ट न्यूजका संयोजक सुरज खड्का सहभागि थिए ।

नेपाल बौद्ध संघ र रेपा स्कुलको सहकार्यमा भएको कार्यक्रममा बुद्ध र बुद्धको शिक्षाको चर्चा परिचर्चा गरियो । रेपा स्कुलका लामाहरुले बुद्धको जीवनीमा आधारित १२ लिलालाई नाटकमार्फत प्रस्तुत गरेका थिए ।

त्यस्तै प्रमुख अतिथि टीका शेर्पाले ६ पारमिताको बारेमा संक्षिप्तरुपमा चर्चा गरेका थिए भने खेन्पो राजेश कर्माचार्य र लामा कोसिस वाइवाले बुद्ध ज्ञानको बारेमा ब्याख्या गरेका थिए ।

त्यस्तै कार्यक्रमकी विशेष अतिथि अभिनेत्री उषा रजकले बौद्ध धर्मको बारेमा बाल्यकालदेखि नै सुन्दै र पढ्दै आएको स्मरण गर्दै बुद्धको जन्मिएको स्थान नेपालमा हुनुमा सबै नेपालीले गर्व गर्नु पर्ने बताइन् ।

कार्यक्रममा बुद्ध बन्दनासम्बन्धि गीतहरु समेत प्रस्तुत गरिएको थियो भने नेपाल बौद्ध संघका प्रमुख छोग्याल रिन्पोछेले भर्चुअल सम्बोधन गर्दै शुभकामना दिनु भएको थियो ।

Share

Related posts

Leave a Comment