भुटानमा १०८ छोर्तेनको प्रतिष्ठापनमा जोङसार ख्येन्चे रिन्पोछे सहभागी हुने

भुटानको गेलेफु माइन्डफुलनेस सिटीमा आगामी नोभेम्बर १ देखि ४ सम्म आयोजना हुने १०८ जाङ्छुब छोर्तेनको स्थापना तथा प्राणप्रतिष्ठा समारोहमा परमपूज्य जोङसार जाम्याङ ख्येन्चे रिन्पोछे सहभागी हुनुहुने भएको छ।

सन् १९६१ मा भुटानमा जन्मनुभएका रिन्पोछे बौद्ध धर्मको असाम्प्रदायिक रिमे परम्पराका प्रमुख समकालीन गुरु हुनुहुन्छ।

यस ऐतिहासिक अवसरमा उहाँले अन्य बौद्ध गुरु तथा साधकहरूसँगै विश्वशान्ति र सम्पूर्ण प्राणीको कल्याणका लागि प्रार्थना गर्नुहुनेछ।

Share

Related posts

Leave a Comment