पाल छ्युमे ग्याछो लिङ गुम्बामा १९औँ ञ्युङने व्रत सम्पन्न

महाभारत गाउँपालिका–३, ठूलो पोखरास्थित पाल छ्युमे ग्याछो लिङ गुम्बामा १९औँ ञ्युङने व्रत कार्यक्रम सम्पन्न भएको छ। कात्तिक १ गतेदेखि सुरु भएको व्रत कात्तिक ३ गते सम्पन्न भएको हो।

व्रतका लागि सहभागीहरू असोज ३१ गते बेलुका गुम्बामा भेला भएका थिए। गुम्बाका प्रमुख लामा तीर्थमान लामासहित स्थानीय गाउँवासी सहभागी भएको कार्यक्रममा बौद्धस्थित काङिङ शेडुब लिङ गुम्बाबाट आएका चार जना भिक्षुको पनि सहभागिता थियो।

डुग्पा कग्यु परम्पराको यस गुम्बा प्रमुख लामा तीर्थमान लामाको नेतृत्वमा सञ्चालन हुँदै आएको छ। गुम्बाले निरन्तरता दिँदै आएको ञ्युङने व्रत कार्यक्रम यसपटक १९औँ आयोजनामा पुगेको हो।

ञ्युङने करुणाका प्रतीक सहस्रभुज अवलोकितेश्वरसँग सम्बन्धित महायान बौद्ध साधना हो। यसमा उपवास, शीलपालन, प्रार्थना र मन्त्रजपमार्फत चित्तशुद्धि तथा करुणाको विकासमा जोड दिइन्छ।

Share

Related posts

Leave a Comment