‘महामुद्रा प्रणिधान : नीतार्थ धातुको सङ्गीत’ को नेपाली अनुवाद प्रकाशित

तेस्रो कर्मपा राङज्युङ दोर्जेद्वारा रचित महामुद्रा प्रणिधानमाथि परमपूज्य साङ्गे ञ्येन्पा रिन्पोछेको व्याख्या नेपालीमा उपलब्ध; तेन्जी शेर्पा (रत्न मङ्गल) द्वारा अनुवादित ग्रन्थको पहिलो संस्करण एक हजार प्रति प्रकाशित। काठमाडौँ। बौद्ध दर्शनको महामुद्रा साधना तथा मध्यमकको परशून्यता दृष्टिकोणसम्बन्धी महत्त्वपूर्ण ग्रन्थको नेपाली अनुवाद‘महामुद्रा प्रणिधान : नीतार्थ धातुको सङ्गीत’ नामक पुस्तक प्रकाशित भएको छ। तेस्रो कर्मपा राङज्युङ दोर्जेद्वारा रचित महामुद्रा प्रणिधानमा आधारित परमपूज्य क्याब्जे साङ्गे ञ्येन्पा रिन्पोछेको व्याख्यालाई बौद्ध अध्येता तथा अनुवादक तेन्जी शेर्पा (रत्न मङ्गल) ले भोट भाषाबाट नेपालीमा अनुवाद गरेका हुन्। ‘नीतार्थ धातुको सङ्गीत नामक परशून्य दर्शनमा आधारित महामुद्रा प्रणिधानको व्याख्या’ उपशीर्षक…

Read More