हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, रातमाटे, बोर्लेस्थित पेमा ओसर गुम्बामा खेन रिन्पोछे ग्याल्छेनले ञ्युङ्ने अर्थात् उपवास साधनाका फाइदाबारे धर्मप्रवचन दिनुभएको छ। दशैँको अवसरमा उपवास साधनामा सहभागी श्रद्धालुहरूका लागि उहाँको प्रवचन आयोजना गरिएको हो। गुम्बाले सार्वजनिक गरेको कार्यक्रम तालिकाअनुसार अक्टोबर १८ को दिउँसो १ बजे उहाँको धर्मप्रवचन राखिएको थियो। प्रवचन उपवास साधनाको महत्त्व र यसबाट प्राप्त हुने आध्यात्मिक लाभबारे साधकहरूलाई जानकारी दिने विषयमा केन्द्रित थियो। गोरखाका खेन रिन्पोछे ग्याल्छेन काठमाडौंको बौद्धस्थित काङिङ शेडुब्लिङ गुम्बाका भिक्षु हुनुहुन्छ। उहाँले भारतको मैसुरस्थित नाम्डोलिङ गुम्बाबाट उच्च बौद्ध शिक्षा सम्पन्न गरी खेन्पो उपाधि हासिल गर्नुभएको हो।…
Read MoreDay: October 19, 2026
हिमाली कथा ‘मेतोग’को छायाङ्कन सम्पन्न, मिलारेपाको साधनास्थल लाप्चिका गुफा र हिमशृङ्खला पर्दामा आउँदै
बौद्ध दर्शनको करुणा, मानवीय प्रेम र निःस्वार्थ त्यागमा आधारित चलचित्र ‘मेतोग’को छायाङ्कन सम्पन्न भएको छ। महायोगी मिलारेपाको साधनासँग जोडिएको ऐतिहासिक लाप्चि क्षेत्रमा खिचिएको यस चलचित्रमा त्यहाँका गुफा र मनोरम हिमाली दृश्यहरू समेटिएका छन्। ४ हजार ८ सय मिटरको उचाइबाट खिचिएका दृश्यमा बौद्ध परम्परामा अवलोकितेश्वर, वज्रपाणि र मञ्जुश्री अर्थात् ‘ऋगसुम गोन्पो’का रूपमा पुजिने सात हजार मिटरभन्दा अग्ला हिमशृङ्खलाहरू पनि कैद गरिएका छन्। चलचित्रको कथा गुरुप्रति समर्पित र सबै प्राणीप्रति करुणा राख्ने भिक्षु पाल्देन तथा प्रेममा धोका पाएर सङ्कटमा परेकी गर्भवती युवती मेतोगको वरिपरि घुम्छ। मेतोग र उनको गर्भमा रहेको शिशुको जीवन…
Read More