आज काठमाडौँ उपत्यकामा रातो मच्छिन्द्राथको भोटो देखाइदै

वर्षा र अन्नका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको भोटो आज ललितपुरको जावलाखेलमा देखाइँदै छ । राष्ट्रप्रमुख तथा उच्च पदस्थका व्यक्तिहरूको उपस्थितिमा देखाइने भोटो जात्राका लागि मच्छिन्द्रनाथको रथलाई लगनखेलस्थित थटिटोलबाट तानेर जावलाखेल पु¥याएको थियो । सोमबार मच्छिन्द्रनाथको रथलाई जावलाखेलस्थित क्षेत्रपाल भैरव कामनामाई पीठको खाल्डोमा पु¥याएपछि ‘यास्न्यात’ भनी गुरुजु पल्टनद्वारा तोप पडकाई हर्ष–बढाइँ गरिएको थियो ।

रथ जावलाखेल पु¥याइएको चौथो दिन भोटो देखाउने परम्परा अनुसार मच्छिन्द्रनाथको लोककथन रहेको बहुमूल्य मणिमाणिक, हीरामोती, रत्न आदि जडित भोटो देखाइनेछ । जावलाखेलमा भोटो देखाइसकेपछि त्यसै दिन मच्छिन्द्रनाथलाई रथबाट ओरालेर सानो खटमा राखी बाजागाजाका साथ बुङमतीस्थित उनकै मन्दिरमा पु¥याइन्छ ।

काठमाडौँ उपत्यकाको मौलिक संस्कृतिको रुपमा रहेको रातो मच्छिन्द्रनाथलाई बौद्ध धर्मावलम्वीले करुणामयको रुपमा पुज्ने गर्छन् ।

Share

Related posts