गेलेफुमा १०८ स्तूपको प्रतिष्ठा समारोहमा साङ्गे ञ्येन्पा रिन्पोछेको सहभागिता हुने

भुटानको गेलेफु माइन्डफुलनेस सिटीमा आगामी नोभेम्बर १ देखि ४ सम्म आयोजना हुने १०८ जाङ्छुब स्तूपको स्थापना तथा प्रतिष्ठा समारोहमा परमपूज्य साङ्गे ञ्येन्पा रिन्पोछे सहभागी हुनुहुने भएको छ।

सन् १९६४ मा भुटानमा जन्मनुभएका रिन्पोछे कर्म काग्यु परम्पराका महान् गुरु साङ्गे ञ्येन्पाको दशौँ अवतार हुनुहुन्छ। सोह्रौँ कर्मपाद्वारा पहिचान गरिनुभएका उहाँले परमपूज्य दिल्गो ख्येन्चे रिन्पोछेलगायत अनेक महान् गुरुहरूबाट बौद्ध शिक्षा प्राप्त गर्नुभएको छ।

समारोहमा उहाँले विश्वशान्ति र सम्पूर्ण प्राणीको कल्याणका निम्ति प्रार्थना तथा आशीर्वाद प्रदान गर्नुहुनेछ।

Share

Related posts

Leave a Comment