५३ वर्षपछि लाओसका बौद्ध भिक्षु भ्याटिकनमा, पोप लियोसँग ऐतिहासिक भेट

विश्वशान्ति र अन्तरधार्मिक सद्भावका लागि बौद्ध भिक्षु र इसाई धर्मगुरुको संयुक्त पहल, ध्यान र प्रार्थनामा पनि सहभागिता कार्तिक १२, काठमाडौँः दक्षिणपूर्वी एसियाली मुलुक लाओसका बौद्ध भिक्षुहरूको प्रतिनिधिमण्डलले ५३ वर्षपछि भ्याटिकनको ऐतिहासिक भ्रमण गर्दै रोमन क्याथोलिक चर्चका सर्वोच्च धर्मगुरु पोप लियो चौधौँसँग भेट गरेको छ । विश्वमा बढ्दो द्वन्द्व र हिंसाबीच धार्मिक सहअस्तित्व, आपसी समझदारी र शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले भएको यो भेटलाई अन्तरधार्मिक सम्बन्धको महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ । लाओसका बौद्ध भिक्षुहरूले अक्टोबर २८ मा भ्याटिकनमा आयोजित नियमित सार्वजनिक भेटघाट कार्यक्रममा पोप लियो चौधौँसँग भेट गरेका हुन् ।…

Read More