हेलम्बु गाउँपालिकाको ढाकार सम्बा छ्योलिंग गुम्बामा प्रशिक्षण शिविर सुरु

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु क्षेत्रमा अवस्थित हेलम्बु गाउँपालिका वार्ड नं १ मा नेपाल बौद्ध संघको आयोजनामा बौद्ध प्रशिक्षण शिविर सुरु भएको छ । शनिवारदेखि सुरु भएको पूजामा स्थानीय बौद्ध धर्मावलम्बी सहभागि भई बौद्ध शिक्षाको थप जानकारी र शिक्षा लिइरहेका छन् । १५ जना भन्दा बढिको समूहमा सहभागि भएका स्थानीयलाई नेपाल बौद्ध संघका कार्यक्रम संयोजक काइला लामा तथा खेन्पो छुल्ठिमले विविध विषयमा शिक्षा दिइरहेका छन् ।

नेपाल बौद्ध संघले यस अघि पनि हेलम्बु क्षेत्रका ४ स्थानमा यस्तै किशिमको ३ महिने प्रशिक्षण शिविर सुरु गरेको थियो । त्यहाँ सञ्चालित शिविर अझै जारी नै रहेका छन् ।

Share

Related posts