हिमाली बौद्धमार्गीहरुको पवित्र सागा दावाको शुभ अवसरमा रेपा नेपालले असार १ गते सोमवार काठमाडौँको बौद्ध स्तूप परिसरमा विशेष बौद्ध छ्याग तथा परिक्रमा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रमको सुरुवात सहभागीहरू ठूलो घन्टीनिर भेला भई सरणागमन, साष्टाङ्ग दण्डवत् (छ्याग) र बौद्ध स्तुपको कोरा गरिएको थियो । त्यसपछि पुनः सबै सहभागि एकत्रित भई वज्रसत्त्व तथा सिंहमञ्जुश्री मन्त्रको सामूहिक जप गरिएको थियो । कार्यक्रमको मुख्य आकर्षण श्रद्धेय चोग्याल रिन्पोछे रहनु भएको थियो । उहाँको गरिमामय उपस्थितिमा बौद्ध स्तूपको परिक्रमा सम्पन्न गरिएको हो । कार्यक्रममा दीप प्रज्वलन, पुण्य समर्पण प्रार्थना, गुरु दर्शन तथा…
Read MoreAuthor: rinpoche
अलोकासहित भिक्षु पन्याकर नेपालमा, शान्तिको सन्देश बोकेर लुम्बिनी र काठमाडौंमा पदयात्रा
विश्व शान्तिको सन्देश फैलाउने उद्देश्यले अमेरिकामा १०८ दिन लगाएर ३ हजार ७ सय किलोमिटर पदयात्रा गरेका भियतनामी बौद्ध भिक्षु पन्याकर नेतृत्वको टोली यतिबेला नेपालमा छ । ‘वाक फर पिस’ नाम दिइएको अभियानअन्तर्गत १८ जना भिक्षु तथा उपासक–उपासिकाको टोलीले बुद्ध जन्मस्थल लुम्बिनीदेखि काठमाडौंसम्म विभिन्न बौद्ध सम्पदास्थलको भ्रमण गरिरहेको छ । टोलीले आइतवार लुम्बिनीस्थित अखण्ड शान्ति द्वीपबाट मायादेवी मन्दिरसम्म शान्ति पदयात्रा गर्दै पूजा–आराधना गरेको थियो । त्यसपछि काठमाडौं आइपुगेको टोलीले सोमबार बौद्धनाथ, स्वयम्भूनाथ, चारुमती विहार तथा ऐतिहासिक आनन्दकुटी विहारको अवलोकन गरेको छ । यो टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग समेत भेटवार्ता गरेको छ…
Read Moreकाठमाडौँ बौद्ध स्तूप परिसरमा एक लाख दीप प्रज्वलन तथा प्रणिधान सम्पन्न
काठमाडौँ । बौद्ध स्तूप परिसरमा हिजो आइतवार साँझ एक भव्य एवं आध्यात्मिक वातावरणबीच १,००,००० (एक लाख) दीप प्रज्वलन धार्मिक अनुष्ठान सम्पन्न गरिएको छ । हिमाली बौद्ध शिक्षा तथा सम्भोटा लिपि प्रशिक्षण केन्द्रको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा “सबै प्राणीहरूको हित, शान्ति र कल्याण” का लागि विशेष प्रार्थना तथा प्रणिधान गरिएको थियो । कार्यक्रम साँझ ५ः०० बजेदेखि ८ः०० बजेसम्म सञ्चालन भएको थियो । सो कार्यक्रममा हजारौँ श्रद्धालु भक्तजनहरूको उपस्थिति रहेको आयोजकले जानकारी दिएको छ । स्तूप परिसरलाई दीपहरूको उज्यालोले झिलिमिली बनाउँदै सम्पूर्ण वातावरण आध्यात्मिक ऊर्जा र श्रद्धाले भरिएको देखिन्थ्यो । कार्यक्रममा केन्द्रका…
Read Moreवसुबन्धु : बौद्ध दर्शनलाई नयाँ दिशा दिने प्रभावशाली आचार्य
वसुबन्धु चौथो–पाँचौं शताब्दीका एक महान भारतीय बौद्ध दार्शनिक, भिक्षु र तर्कशास्त्री थिए । उनी बौद्ध दर्शनको इतिहासमा अत्यन्त प्रभावशाली नाम मानिन्छन् । सुरुमा उनी सर्वास्तिवाद परम्परामा प्रशिक्षित थिए र बौद्ध अभिधर्म दर्शनमा गहिरो अध्ययन गरे । उनले लेखेको प्रसिद्ध ग्रन्थ अभिधर्मकोश बौद्ध दर्शनको आधारभूत ग्रन्थहरूमध्ये एक मानिन्छ । यसले बौद्ध सिद्धान्तलाई व्यवस्थित रूपमा व्याख्या गरेको छ। वसुबन्धुको जीवनमा ठूलो परिवर्तन तब आयो जब उनका दाजु असङ्गले उनलाई महायान बौद्ध धर्मतर्फ आकर्षित गरे । त्यसपछि वसुबन्धु योगाचार दर्शनका प्रमुख आचार्य बने । यो दर्शनलाई “चित्तमात्र” वा “विज्ञानमात्र” सिद्धान्त पनि भनिन्छ ।…
Read Moreआचार्य असंगको योगदान आज पनि बौद्ध धर्म र दर्शनमा महत्वपूर्ण
बौद्ध दर्शनका महान आचार्य असंगको योगदान आज पनि विश्वभरका बौद्ध अध्येता तथा अनुयायीहरूका लागि प्रेरणाको स्रोत बनेको छ । चौथो शताब्दीका प्रसिद्ध बौद्ध गुरु असंग महायान बौद्ध धर्मअन्तर्गत विकसित योगाचार दर्शनका प्रमुख प्रवर्तकका रूपमा परिचित हुनुहुन्छ । इतिहासकारहरूका अनुसार असंगको जन्म प्राचीन गान्धार क्षेत्रमा भएको मानिन्छ । उहाँले प्रारम्भिक जीवनदेखि नै बौद्ध शिक्षाको अध्ययन र साधनामा आफूलाई समर्पित गर्नुभएको थियो । गहिरो ध्यान तथा आध्यात्मिक अभ्यासपछि उहाँले बौद्ध दर्शनलाई नयाँ ढंगले व्याख्या गर्दै योगाचार परम्पराको विकास गर्न महत्वपूर्ण भूमिका खेल्नुभयो । आचार्य असंगले चेतना, मन र अनुभूतिका विषयमा विशेष अध्ययन…
Read More‘मणि साधना’ पुस्तक विमोचन
काठमाडौं, जेठ २९ — अनुवादक तथा लेखक रत्न मङ्गलद्वारा नेपाली भाषामा अनूदित ‘मणि साधना’ पुस्तक आज एनबिटिभी ( NB Tv) को प्राङ्गणमा विमोचन गरिएको छ । विमोचन कार्यक्रममा बौद्ध अनुवादक तथा विद्वान छिरिङ रावल, रेपा साधक जीवराज गुरुङ लगायत धर्मप्रेमीहरूको उपस्थिति रहेको थियो । ‘मणि साधना’ परम्पराअनुसार महासिद्ध थाङ्तोङ ग्याल्पोका शिष्य ङारी छुल्ठिम शायोलाई स्वयं आर्य अवलोकितेश्वरबाट प्राप्त भएको गूढ निधि धर्म (तेर्मा) मानिन्छ । पछि महान् आचार्य ज्याम्याङ खेन्चे वाङ्पोले समेत यस साधनालाई पुनः प्राप्त गर्नुभएको परम्परागत विवरण पाइन्छ । रत्न मङ्गल (तेन्जी शेर्पा) लेखक, अनुवादक तथा बौद्ध धर्मका…
Read Moreसाक्य परम्पराः हिमाली बौद्ध धर्मको प्राचीन ज्ञान अभ्यास
हिमाली बौद्ध धर्मका प्रमुख चार परम्परामध्ये एक मानिने क्बपथब परम्पराले आफ्नो विशिष्ट दार्शनिक अध्ययन, ध्यान साधना र गुरु–शिष्य परम्पराका कारण विशेष स्थान ओगटेको छ। यसको स्थापना ११औँ शताब्दीमा कोन कोनचोक ग्याल्पोद्वारा गरिएको मानिन्छ। “साक्य” शब्दको अर्थ “फुस्रो माटो” हो, जुन तिब्बतमा स्थापित पहिलो साक्य गुम्बा रहेको स्थानको माटोको रङसँग सम्बन्धित छ । साक्य परम्परा विशेष रूपमा बुद्धका शिक्षाको अध्ययन, तर्कशास्त्र, ध्यान र तान्त्रिक साधनाको सन्तुलित अभ्यासका लागि परिचित छ । यस परम्परामा आध्यात्मिक शिक्षालाई पुस्तान्तरण गर्ने कार्य गुरु–शिष्य सम्बन्धमार्फत गरिन्छ । साक्य परम्पराको प्रमुख शिक्षामध्ये “लाम्द्रे” अर्थात् “मार्ग र फल”…
Read Moreकाग्यु परम्पराः ध्यान र साधनाको मार्गदर्शन गर्दै आएको प्राचीन बौद्ध अभ्यास
काग्यू हिमाली (तिब्बती) बौद्ध धर्मका चार प्रमुख परम्परामध्ये एक महत्वपूर्ण परम्परा हो । जसलाई “मौखिक परम्परा” वा “गुरुदेखि शिष्यसम्म प्रत्यक्ष रूपमा हस्तान्तरण हुने शिक्षा” को परम्परा भनेर चिनिन्छ । यसको इतिहास ११औँ शताब्दीसम्म पुग्छ र यो परम्परा महायोगी नारोपा र तिलोपाबाट शुरु भई तिब्बती अनुवादक मारपा लोचवामार्फत् तिब्बतमा फैलिएको मानिन्छ । काग्यु परम्पराका सबैभन्दा प्रसिद्ध गुरु मिलारेपा मानिन्छन् । कठोर ध्यान साधना, त्याग र आध्यात्मिक उपलब्धिका कारण मिलारेपाको नाम आज पनि बौद्ध जगतमा सम्मानपूर्वक लिइन्छ । उनका शिष्य गम्पोपाले काग्यु शिक्षालाई व्यवस्थित गर्दै विभिन्न शाखाहरूको विकासमा महत्वपूर्ण भूमिका खेलेका थिए…
Read Moreन्यिङ्मा परम्पराः हिमाली बौद्ध धर्मको प्राचीन आध्यात्मिक विरासत
न्यिङ्मा हिमाली (तिब्बती) बौद्ध धर्मको सबैभन्दा पुरानो परम्परा मानिन्छ । यसको स्थापना ८औँ शताब्दीमा पद्मसम्भव र शान्तरक्षित लगायतका महान आचार्यहरूको योगदानबाट भएको हो । न्यिङ्मा शब्दको अर्थ “पुरानो” हो । यसले यो परम्पराको ऐतिहासिक र आध्यात्मिक गहिराइलाई प्रतिबिम्बित गर्दछ । न्यिङ्मा परम्पराले बुद्धका शिक्षालाई ध्यान, करुणा र प्रज्ञामार्फत जीवनमा उतार्ने कुरामा विशेष जोड दिन्छ । यस परम्पराको प्रमुख विशेषता “जोगचेन” (महासम्पूर्णता) साधना हो । यसले मानिसको मूल चेतना स्वभावतः शुद्ध र जागृत रहेको शिक्षा दिन्छ । अनुयायीहरूका अनुसार जोगचेन अभ्यासले आत्मज्ञान र मुक्ति प्राप्त गर्न मार्गदर्शन प्रदान गर्दछ । नेपालका…
Read Moreबौद्ध रेपा कलेजको स्नातकोत्तर पाठ्यक्रम विकासबारे महत्वपूर्ण छलफल
काठमाडौं । श्रद्धेय गुरु छोग्याल रिन्पोछे ज्यूको अगुवाइमा बौद्ध रेपा कलेजको स्नातकोत्तर तहको पाठ्यक्रम (Curriculum) विकाससम्बन्धी महत्वपूर्ण छलफल सम्पन्न भएको छ । छलफलमा खेन्पो, लोपेन तथा कलेजका प्राध्यापकहरूको सहभागिता रहेको थियो । कार्यक्रममा बौद्ध शिक्षालाई आधुनिक शैक्षिक मापदण्डअनुसार एकेडेमिक स्वरूप प्रदान गर्दै यसको मौलिक गुम्बा परम्परा र आध्यात्मिक सारलाई संरक्षण गर्ने विषयमा व्यापक विचार–विमर्श गरिएको थियो । सहभागीहरूले बौद्ध दर्शन, इतिहास, तर्कशास्त्र, मनोविज्ञान तथा समकालीन अनुसन्धानलाई समेटेर उच्चस्तरीय शैक्षिक पाठ्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । छलफलका क्रममा विद्यार्थीलाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी ध्यान, मनन, साधना तथा नैतिक जीवनशैलीसँग…
Read More