बौद्ध धर्मका चार आर्य सत्यलाई एकपटक स्मरण गरौँ

१. दुःख : यस दुनियामा सबै केही दुःख छ । जन्ममा, बूढो हुनेमा, रोगमा, मृत्युमा, प्रियतम भन्दा टाढा हुनमा, मन नपर्ने चीजहरू सहितमा, चाहिकोलाई नपाउनुमा, सबैमा दुःख छ । २. दुःख प्रारम्भ : तृष्णा, या चाहना, दुःखको कारण छ र फेरी सशरीर गरेर संसारलाई जारी राख्दछ । ३. दुःख निरोध : तृष्णाबाट मुक्ति पाएमा जान सक्दछ । ४. दुःख निरोधको मार्ग : तृष्णाबाट मुक्ति आर्य अष्टांग मार्गका अनुसार बाँच्नबाट पाएमा जान सक्दछ । बुद्धले पहिलो धर्मोपदेश, जुन उनले आफ्नो साथका केही साथीहरुलाई दिएका थिए, ती चार आर्य सत्यहरूका विषयमा थिए…

Read More

बौद्ध धर्ममा थांकाको महत्व

नेपाली हस्तकलाको विविध विधा मध्ये थान्का (पौभा) चित्र लेखन पनि एक मौलिक कला हो । यो चित्र लेखन कार्य सूती कपडामा गरिन्छ । सूती कपडालाई काठको फ्रेममा कसी सपेता र सरेस मिलाएर पोतिन्छ । सपेता र सरेस सुकेपछि चिल्लो काठको फलेकमा राखेर पानीले भिजाई ढुङ्गाले घोटिन्छ । यो क्रम धेरै पटक दोहोर्याए पछि मिहिन चिल्लो भई लेख्न योग्य हुन्छ । थान्कामा विशेष गरेर बुद्धका चित्रहरू बढी मात्रामा कोरिएको पाइन्छ । यो थान्का लेखन कला नेपाल बाहेक विशेष गरी चीन, जापान, कोरिया मंगोलिया आदि देशहरूमा रहेको छ । यो एक प्रकारको…

Read More

स्वयम्भूनाथको धार्मिक कथा

स्वयम्भूनाथ काठमाण्डौ उपत्यकाको पश्चिममी अवस्थित एक प्रसिद्ध बौद्ध स्तुप हो । स्वयम्भूनाथलाई महाचैत्य पनि भनिन्छ । धार्मिक कथाअनुसार उपत्यका पानीले भरिएको बेला बिपस्वी बुद्ध आएर तीनपल्ट वरिपरीको पहाडमाई घुमेर नागार्जुनको टुप्पोमा बसी तपस्यामा बसेका थिए । त्यसपछि बैशाख पूर्णिमाको दिन दक्षिण फर्किएर कमलको बीउ दहमा रोपेका थिए । अर्को सालको बैशाख पूर्णिमाको दिन कमलको फूल उम्रियो । त्यसरी उम्रिएको कमलको फूलबाट नै स्वयम्भू महाचैत्य उत्पत्ति भएको मानिन्छ । संस्कृतमा स्वयम्भूको अर्थ आफै उत्पत्ति भएको भूमि भन्ने हो । मञ्जुश्रीले काठमाडौंको पानी कटाउनुअघि त्यही स्वयम्भूमा पूजा गरेको, फूल भएकै स्थान पहाड…

Read More

बौद्ध धर्म र दर्शन भित्रका पञ्चबुद्ध

बसन्त महर्जन बौद्ध जगतमा बुद्ध एक शास्ता हुन् । शास्ताको अर्थ हो, मार्गदर्शक । गैरबौद्ध समाजबाट आउनेहरु प्रायशःले बुद्ध भनेर लुम्बिनी वनमा इ.पू. ५६३ मा मायादेवीको कोखबाट जन्मेका गौतम बुद्धलाई बुझ्ने गर्दछ जुन गल्ती हो । वास्तवमा विविध नाम र पहिचान रहेका अनेकौं बुद्धमध्ये एक गौतम बुद्ध हुन् । हिनयान बौद्ध धर्मअनुसार दिपंकर बुद्धभन्दा अघिका तीन जना मेधंकर, तण्हंकर र शरणंकरलाई पनि गणना गर्ने हो भने ज्ञात भएकामध्ये गौतम बुद्धको गणना अठाइसौंमा पर्दछ । महायानी बौद्ध साहित्यमा उल्लेख भएका बुद्धहरुको संख्या त्यो भन्दा अझ बढी छ । यसरी नै बज्रयानी…

Read More

बुद्धले राजा प्रसेनजीतलाई कसरी पशु बलि बिरोधी बनाए ?

बुद्ध कालिन समयको कुरा हो, त्यस समयमा कौशल देशमा प्रसेनजीत नाम गरेको एकजना राजा थिए । एक समय जब प्रसेनजीत समस्या नै समस्यामा परे, राजा समस्याहरुबाट छुटकारा पाउने बाटो भेट्टाउन सकिरहेको थिएनन् । यश समस्याको कारण अजातसत्रुको चिन्ता धेरै बढेको थियो । त्यसै समयमा उसको भेट एक तान्त्रिकसगं भयो । राजाले तान्त्रिकसगं चिन्ताको कारण बताए । तान्त्रिकले राजालाई समस्याबाट छुटकारा पाउनको लागि पसु बलिदिने उपाय बताए । राजाले तान्त्रिकको कुरामा बिश्वास गरेर पशुहरुको बलि दिने निर्णय गरे । यशको लागि एक ठुलो अनुस्ठानको तयारी गरियो र बलिको लागि भैंसीलाई बाधेर…

Read More

धर्मदेशना गर्नुको कारण

को न्यानहुतुन  भगवान बुद्धको समय कालनिय- राजकुमारले भगवानसंग प्रश्न गरे। अरूलाई सुन्ने इच्छा छ, सुन्ने इच्छा छैन थाहा नभैकन किन बलपूर्वक जबर्जस्ती देशना गर्नु भएको होला भन्दै प्रश्न गर्दा अतुलनीय भगवान बुद्धले अनुकम्पा राखेर उत्तर दिनु भयो- “राजकुमार” तिम्रो घरमा घिस्रिएर बामे सर्ने बच्चाहरु छन् ? राजकुमारले घिस्रिएर बामे सर्ने अवस्था भएका बच्चाहरू छन् भनेर उत्तर दिनुपर्यो। त्यस बेला भगवानले सोध्नु भएको प्रश्न- काँचको चोइटाहरू मुखमा हालेको देख्यौ भने राजकुमार बालकलाई यसै टोलाएर हेरिरहन्छौ कि, बल लगाएर जबर्जस्ती मुखलाई खुल्ला पारेर काँचको टुक्राहरूलाई निकालेर फ्याँकी दिन्छौ ? राजकुमारले यस प्रकार…

Read More

के हो विपश्यना ?

ब्रह्माण्डमा भएका जे जति पनि अस्तित्वमा रहेका वस्तु वा प्राणी जुन जस्तो छ त्यसलाई साक्षी भाव, तटस्थ भावले हेर्ने विधि नै विश्यना हो । विपश्यना शव्दको शाव्दिक अर्थ खोज्दा वि भनेको विशेष तवरले र पश्यना भनेको दृष्टिगोचर गर्ने हो । शील र समाधिमा प्रतिष्ठित भई भावनामयी प्रज्ञा जगाउने पवित्र अभ्यास हो विपश्यना । विपश्यना शिविरमा बस्दा विपश्यना ध्यान गर्न चाहने साधकले सर्वप्रथम झुटो नबोल्ने, प्राणी हिंसा नगर्ने, चोरी नगर्ने, ब्रम्हचर्या पालन गर्ने र नशालु पदार्थ सेवन नगर्ने जस्ता पञ्चशील पालन गरेर शिविरको पहिलो साढे तीन दिन श्वासप्रश्वासमा ध्यान केद्रित गर्ने…

Read More

बौद्ध धर्ममा स्वर्ग र ब्रम्हलोक

रत्नकाजी वज्राचार्य कयौँ विद्वानहरु मैले भ्रमित भेटें! उनीहरुलाई लाग्दोरहेछ बौद्ध धर्ममा उल्लेख भएका स्वर्गलोक र ब्रम्हलोक तथा ब्रम्हा त हिन्दु धर्ममा वर्णन गरिए जस्तै एउटै हो । तर बौद्ध धर्ममा उल्लेख गरिएको स्वर्ग र ब्रम्हलोक तथा ब्रम्हा नितान्त फरक छन् अनि ती लोकहरुको उत्पति, ति लोकहरुमा पुग्ने वा भोग गर्न जाने मार्ग पनि पुरै फरक छन्। त्यति मात्र हैन ति लोकहरु बौद्ध धर्ममा अनित्य र मानवलोकमा भन्दा अपुर्ण पनि छन। त्यसैले स्वर्गलोक र ब्रम्हलोकको भोग र आयु पनि निश्चित छ। बौद्ध धर्ममा स्वर्ग र ब्रम्हलोक कसरी उत्पति भयो? यि लोकहरुमा के…

Read More

भगवान बुद्धको अन्तिम उपदेश

प्रस्तुति : बिष्णु धनञ्जय अतुलनीय तथागत सम्मासम् गौतम भगवान बुद्ध (८०) बर्षिय आयु र (४५) बर्षा वासिक परिनिर्वाण लिने समय थियो। सम्पूर्ण एउटा सालको सारा वनैभरी सुनसान मौन भएको थियो। भिक्षु- भिक्षुनी हरु र मनुष्य देवता परिषद् आदिहरूले जनपूर्ण भिड थियो। भगवान बुद्ध दुईवटा सालको मध्यम बिचमा वृक्षको मुनि उत्तर दिशा तर्फ शीर पारेर अन्तिम विदाई लिँदै लोकमा धर्मका सूर्य चाँडैनै अस्ताउँदै हुनुहुन्छ। सुनसान मौनता भित्र सुँक्क सुँक्क बिलौनाहरु को शब्द निस्किँदै आयो। कुनै भिक्षुहरूले बगेर आएको तातो आँसु धारालाई आफ्नै चिवरले पुसेर, कुनै भिक्षुनीहरु को गहभरी आँसुको बाढी बगेको थियो।…

Read More

बौद्ध संघ र खेम्पो पदवीको परम्परा

लामा टि. ग्याल्छन भगवान बुद्धले बोधगया (बज्रासन)मा सम्बबोधी ज्ञान प्राप्त गरेपछि सर्वप्रथम उक्त ज्ञानको प्रथम उत्तराधिकारी आफ्ना पूर्व सहयोगीहरु पञ्चभद्रीय भीक्षुगण ठानेर उनीहरुलाई चार आर्यसत्यको ज्ञानबाट प्रदिक्षित गुर्न भएको थियो । यो नै बुद्धधर्मको पहिलो भिक्षुक संघ थियो । बौद्ध शिक्षाको प्रारम्भ बिन्दु पनि त्यसैलाई मानिन्छ । त्यो दिनलाई धर्मचक्र प्रवद्र्धन दिवसको रुपमा मान्ने गरिन्छ । यो बौद्ध परम्पराको एउटा प्रमुख पुण्यतिथि पनि हो । त्यो भिक्षुक संघको प्रथम ‘उपाध्याय’ (खेन्पो)को स्थानमा स्वयं भगवान महान शास्ता (पथप्रदर्शक) रहनु भएको देखिन्छ । बुद्ध सन्देशको प्रचार प्रसारको विस्तारसँगै त्यसप्रकारको भिक्षुक संघहरु विस्तार…

Read More