सांगे लेग्देन गुरुङ (भूपेन) महयान बौद्ध धर्ममा अति पुज्य एवम् लोकप्रिय नाम हो मंजुश्री । गतिविधि अझ भनौं जगतहितार्थ उच्च भुमि धर्ममेघा शिरोमणिमा रहेर सर्वकल्याणको कार्यार्थ महाबोधिसत्व हुनुभए पनि । नितार्थमा उहाँ बुद्ध बुद्धत्वनै हुनुहुन्छ । जगतहितार्थ उहाजस्तै आठ उपपुत्र सदैव करुणा तथा मैत्रीपूर्णभावले जगतकल्याणको कर्म साधानामा लागि पर्नु भैरहनु हुन्छ ,मंजुश्री जस्तैः आठ कल्याण उपपुत्रहरु चाहि , ཉེ་བའི་སྲས་ཆེན་བརྒྱད། आठ उपपुत्र , १)འཇམ་པའི་དབྱངས། ་(मंन्जुश्री ) २)ཕྱག་ན་རྡོ་རྗེ། वज्रपाणि ३)སྤྱན་རས་གཟིགས། अवलोकितेश्वार ४)ས་ཡི་སྙིང་པོ། क्षितिगर्भ ५)སྒྲིབ་པ་རྣམ་སེལ།सर्वनिवरणविष्कम्भी ६)ནམ་མཁའི་སྙིང་པོ། आकाशगर्भ ७)བྱམས་པ། मैत्रेय ८)ཀུན་ཏུ་བཟང་པོ། समन्तभद्र यहाँ आठ मध्ये चर्चा गरिएको उहाँ मंजुश्रीको जन्मस्थल चाहि चीन देशमा हो…
Read Moreमहिना: अगस्ट 2020
महासिद्ध तिलोपा र नारोपाका दुई गुफा
बसन्त महर्जन पशुपति आर्यघाटबाट उत्तर वाग्मती नदीको विपरित दिशामा अघि बढ्न हिजोआज बायाँ किनारमा बाटो बनेको छ । अलि अगाडि बढेपछि दुई वटा गुफा भेटिन्छ । निकै खोंचमा रहेको यो ठाउँसम्म पुग्न कैलाश पर्वतबाट सानो खुड्किलाहरु पनि बनेका छन् । यहाँ पुग्ने अर्को बाटो भनेको गौरीघाटबाट दायाँ किनारा लागेर अलि तल झर्ने हो । अलि एकान्त र मान्छेको चहल पहल पनि उस्तो नहुँदा दिउँसै अँध्यारोजस्तो वा कहाली लाग्दो वातावरण पाइन्छ । लागू पदार्थ सेवन गर्ने कुलतमा फसेका युवाहरुको अखडा भएकाले जो कोही सज्जनहरु प्रायः यतातिर जाँदैनन् । तर यहाँ रहेका…
Read Moreबुद्धको अन्तिम भोजन
भन्ते नागसेन ! धर्म संगायना गर्नेवाला स्थबीरहरुले भन्नुभएको छ–सोनार चुन्दले दिएको भोजन खाएर मैले यस्तो सुनेको छु, बुद्धलाई त्यो कडा रोग भयो जसले अन्ततः महापरिनिर्वाण नै भयो । फेरि पनि, भगवानले यस्तो भन्नुभएको छः “आनन्द ! मलाई प्रदान गरिएको दुइवटै भिक्षा बराबर पुण्य दिनेवाला छ, अन्य लोकले दिएको भिक्षा भन्दा त्यो दुई सबैभन्दा अधिक फल र पुण्य दिनेवाला छ ।“ कुन–कुन दुई भिक्षा ? (१) जुन भिक्षालाई खाएर मैले अलौकिक बुद्धत्वलाई प्राप्त गरेको थिए र (२) जुन भिक्षालाई खाएर मैले संसारबाट सधैका लागी छुट्टी मिल्नेवाला परिनिर्वाणलाई पाए । यी दुई…
Read Moreकाठमाडौँका बौद्धमार्गी कालभैरव पछाडि किन टेक्दैनन् ?
कालभैरवको मूर्तिलाई काठमाडौँ उपत्यकामा न्यायको प्रतिकको रुपमा लिइन्छ । प्राचीनकालदेखि नै यो मूर्तिलाई न्याय निसाफ गर्ने देवताको रुपमा लिइदै आएको छ । काठमाडौँभित्र रहेका विभिन्न धार्मिक सम्पदामध्ये कालभैरवको मूर्ति प्रति बौद्ध धर्मावलम्वीको पनि अगाध आस्था रहेको छ । तर काठमाडौंका गुभाजु, बज्राचार्य, शाक्य लगायत बौद्ध धर्मावलम्बीहरू कालभैरव प्रदक्षिणा गर्दा अरू मन्दिरमा जस्तो ठ्याक्कै पछाडिबाट घुम्दैनन् । बरू पछाडिको डबलीमाथि चढेर प्रदक्षिणा पूरा गर्छन् । ‘जंगबहादुर राणाको पालामा यही कालभैरवको मूर्तिपछाडि बौद्ध धर्मका थुप्रै ग्रन्थ र थ्यासफूः (पुराना पाण्डुलिपि) जलाएर नष्ट गरिएको कारणले बौद्ध धर्ममा आस्था राख्नेहरूले कालभैरव मूर्ति पछाडिको भुइँ…
Read Moreपशुपति राजराजेश्वरी घाटको बुद्ध मूर्ति
पशुपति क्षेत्रको राजराजेश्वरीघाटमा बुद्धको उभिएको एउटा सुन्दर मूर्ति छ । सो क्षेत्रमा बुद्धका अन्य प्राचीन मूर्तिहरु पनि प्रसस्त मात्रामा पाइन्छन् । विभिन्न कालमा बनेका ती मूर्तिहरुले त्यति बेलाको इतिहास, संस्कृति, समाज र ज्ञानविज्ञानका कुराहरु व्यक्त गरिरहेका हुन्छन् । त्यहाँ प्राप्त प्रत्येक मूर्तिका आआफ्नै विशेषताहरु छन् र उल्लेखनीय नै मान्नु पर्दछ, शैव मूर्ति हुन् वा वैष्णव मूर्ति, शाक्त मूर्ति हुन् वा बौद्ध मूर्ति । बौद्ध मूर्तिहरुका सम्बन्धमै पनि लामो चर्चा सकिन्छ तर यहाँ उल्लेखित मूर्तिमा नै केन्द्रित हुनाका कारण बुद्धका अन्य मूर्तिहरुमध्येमा पनि यो विशेष उल्लेखनीय हुनु हो । मूर्तिको सुन्दर…
Read Moreबौद्ध दर्शन र शाकाहारी जीवनको महत्व र सम्बन्ध
भिक्षु आङ फुरि शेर्पा बुद्ध शब्द सुन्न साथ अहिंसा, करुणा, प्रेम, दया र दान आदि प्राणी हितसँग जोडिएर आउँछ । बुद्ध दर्शनमा शील, समाधि र प्रज्ञाको क्रमिक अध्ययन र अभ्यासबाट बुद्ध हुन्छ । शील नभए समाधि हुँदैन, समाधि नभए प्रज्ञा आउदैन र प्रज्ञा नभए बुद्ध हुँदैन । त्यसैले शील राम्रोसँग पालन गर्नु अपरिहार्य छ । बौद्ध दर्शनमा मानिसको क्षमता अनुसार धेरै प्रकारको शीलहरु । शील भनेको आफू र अरु प्राणीहरुलाई हानी नपुर्याउने मात्र नभई मन, वचन र कर्म(काम)ले हित उत्तम र सत्य व्यवहार, नियम, अनुशासन हो । शीलमा नरहेसम्म मनलाई…
Read Moreबौद्ध धर्मको विस्तार चीन, कोरिया र जापानमा
इस्वी संवतको शुरुवातमै बौद्ध धर्म चीन पुगेको थियो । चीनबाट कोरिया पुग्दा चाँही बौद्ध धर्मले विरोधको सामना गर्नु परेको थियो । यद्यपी इ.सं. ५२८ सम्ममा बौद्ध धर्म कोरियाली भूमिमा सर्वस्वीकार्य भइसकेको थियो । यसरी नै बौद्ध धर्म कोरियाबाट जापानमा इस्वीको छैटौं शताब्दीको मध्यतिर मात्रै पुग्यो । यात्राको क्रममा बौद्ध धर्मले स्थानीय विरोध र थुप्रै अवरोध सामना गर्नु परेको थियो । तर ती ठाउँहरूमा बौद्ध धर्मले सर्वस्वीकार्य हुन लामो समय कुर्नुपरेको चाहिँ देखिंदैन । यसो हुनाको खास कारण स्थानीय सांस्कृतिक परिवेशमा घुलमिल हुन सक्ने यो धर्मदर्शनको लचिलोपन वा उदारता नै हो…
Read Moreकाठमाडौं उपत्यकाको बौद्ध नेवार समाजमा प्रचलित ‘पञ्जराँ’ पर्व
बसन्त महर्जन बौद्ध धर्मदर्शनमा बज्रयान विस्तृत भूभागमा फैलिएर लामो समयदेखि जीवन्त रहेको भएपनि यसका संस्कार संस्कृति र परम्परा तथा अभ्यासहरु सबै ठाउँ र समाज समान रुपमा रहेको पाइँदैन । अर्को शब्दमा भन्नु पर्दा बज्रयान समाजभित्र पनि विविधता पाइन्छ । काठमाडौं उपत्यकाको बौद्ध नेवार समाजमा प्रचलित ‘पञ्जराँ’ पर्व यही कुराको एउटा ज्वलन्त उदाहरण हो । बौद्ध धर्ममा दानको महिमा मुक्तकण्ठले गाउने गरिन्छ । दानलाई पुण्य संचय गर्ने अवसरका रुपमा पनि लिइन्छ । तसर्थ, सर्वसाधारणदेखि धनीमानी तथा राजा महाराजा पनि दानकार्यमा सरिक भइरहेका हुन्छन् । बोधिसत्वहरुले पूरा गर्नुपर्ने पारमितामा एउटा दानपारमिता रहेको…
Read Moreशाक्यमुनि मन्त्रको १० करोड जप पुर्याउने लक्ष्यमा भाग लिन आग्रह
शाक्यमुनि मन्त्रको १० करोड जप पुर्याउने अभियान सुरु भएको छ । आगामी जनवरी १ सम्म १० करोड जप पुर्याउने लक्ष्य लिइएको छ । जपको लक्ष्य पुरा गर्न बौद्ध धर्मका अनुयायीहरुलाई झोंगसार जामयांग खेन्चे रिन्पोछेले आह्वान गर्नु भएको छ । शाक्यमुनी मन्त्र यस्तो रहेको छ ॐ मुने मुने महा मुने महामुने स्वाहा अथवा ॐ मुनी मुनी महामुनी शाक्यमुनि स्वाहा अर्थ (हामीभित्रै मुनित्व छ अर्थात मुनिमा हुने गुण छ । हामी भित्र नै शौर्य छ, साहास छ ) अहिलेको विश्वमा कोरोना भाइरसको महामारीले पुर्याएको असरको समयमा शाक्यमुनि मन्त्र जप गरी प्रार्थना गर्न…
Read More१५ सय वर्षदेखि भिरमा झुण्डिएर रहेको एक बौद्ध मन्दिर
करीब २ हजार वर्ष लगाएर बनाइएको (ग्रेट वाल) देखेरै थाहा हुन्छ चिनियाँहरु प्राचीन कालदेखि नै मेहनती थिए । चिनियाँको मेहनतले बनेको एक प्राचीन मन्दिरले संसारलाई चकित पारेको छ । चीनको सान्सी प्रान्तमा रहेको एउटा पाइला राख्ने ठाउँ समेत नभएको भीरमा टाँसेर बनाइएको यो मन्दिर हावामा झुण्डिएको जस्तो देखिन्छ । मन्दिरलाई १५ सय वर्ष पुरानो मानिन्छ । बौद्ध, ताओ र कन्फुसियस धर्ममा आधारित वास्तुकलाको मिश्रणमा बनाइएको यो मन्दिर संसारभरका पर्यटकको आकर्षण बन्दै आएको छ । यस मन्दिर क्षेत्रमा ४० भन्दा बढी भवन र मण्डप रहेको छ । थुप्रै प्राकृतिक बाधा, अवरोध…
Read More