तनाव भुल्न चर्चित अभिनेत्री साम्राज्ञी आरएल शाह बौद्ध दर्शनमा

पछिल्लो समय भूवन केसीले दुर्व्यवहार गरेको भन्ने अभिव्यक्ति दिएर चर्चामा रहेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह बुधवार बौद्धनाथ स्तुप पुगेकी छन् । बौद्धनाथ परिसरभित्र स्तुपलाई ब्याकग्राउण्डमा पार्दै उनले लिएको तस्विर फेसबुकमा पोष्ट गर्दै उनले ओम माने पेमे हु स्टेटस लेखेकी छन् । भुवन केसीसँगको विवादका कारण चर्चा र तनावमा रहदै आएकी उनी मानशिक शान्तिको खोजीमा बौद्ध परिसर पुगेको अनुमान गरिएको छ । अभिनेता केसीले शाहले मानहानी गरेको भन्दै १० करोड रुपैयाँ क्षतिपुर्तिसहित जिल्ला अदालतमा मुद्दा दायर गरेपछि उनी तनावमा रहेको बुझिएको छ ।

Read More

को थिए संघमित्रा थेरी र राजकुमारी चारुमती ? बौद्ध धर्ममा कस्तो थियो दुवैको योगदान ?

मौर्य साम्राज्यका संस्थापक चक्रवती चन्द्रगुप्ता मौर्यका नाति र मौर्य वंशका तेस्रो चक्रवती सम्राट असोक महानका दुई पुत्रीहरु थिए–संघमित्रा र चारुमती । रानी वेदिस महादेबी शाक्य कुमारीबाट संघमित्रा र रानी असंधिमित्रको पुत्री चरुमती थिइन् । वेदिस महादेबीलाई नै देबि या शाक्यानी नामले उल्लेख गरेको पाइन्छ । संघमित्रा भिख्खुणी बनेर बोधीवृक्षको शाखा लिएर धम्म प्रचारका लागी श्रीलंका गइन् र श्रीलंकामा भिक्खुणी संघको स्थापना गरिन् । संघमित्राद्वारा लगिएको बोधीवृक्ष मानबद्वारा रोपिएको सबैभन्दा पुरानो वृक्ष हो, जुन आजपनी श्रीलंकामा बिद्यमान छ । पाली बौद्ध ग्रन्थ महावंशमा चारुमतीको उल्लेख रानी असंधिमित्रका पुत्रीको रूपमा भेट्टाइन्छ ।…

Read More

चावहिलमा बौद्ध परियत्ती शिक्षा उतिर्णलाई पुरस्कार, आफ्ना बालबालिकालाई बौद्ध शिक्षा दिन पाउँदा स्थानीय उत्साहित

चाबहिल कुतुबहि अवस्थित राजकीर्ति गगनगंज महाविहारमा राजकीर्ति गगनगंज परियत्ति केंद्रबाट परियत्ती शिक्षा उत्तिर्ण गरेका विद्यार्थीहरुलाई शनिवार प्रमाण पत्र तथा पुरस्कार बितरण गरिएको छ । अखिल नेपाल भिक्षु महासंघद्वारा संचालित नेपाल बौद्ध परियत्ती शिक्षा चाबहिल क्षेत्र कÞुतुबहिल राजकीर्ति गगनगंज महाविहारमा गत बर्ष २०७६ साल सुरूवात गरिएको थियो । । परीयत्ती शिक्षा सुरु पछि पहिलोपटक उत्तिर्ण भएका विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र बितरण गरिएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी बिकास कोषका पूर्वउपाध्यक्ष भिक्षु निग्रोध, बिशेष अतिथि चाबहिल चारूमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सि धम्म महास्थबीर सहित भिक्षु जयंतो, भिक्षु विपुलसार र…

Read More

फर्पिङमा आचार्य पद्मसंभवको साधना

बसन्त महर्जन काठमाडौंमा मुख्य सहरी क्षेत्रबाट कीर्तिपुरको चोबाहाः (चोभार), टौदह, चाल्नाखेल हुँदै करीव २५ किलोमिटरको यात्रा गरेपछि फर्पिङ नामको एउटा प्राचीन नेवार वस्ती आउँछ । यो ठाउँको स्थानिय प्रचलित नाम ‘फंपि’ हो भने केही सय वर्षअघिसम्म ‘फनपि’ रहेको देखिन्छ । अर्थात्, फर्पिङ आजभोलि मात्रै बसेको नाम हो । हाल यो दक्षिणकाली नगरपालिकाअन्तर्गत रहेको यो क्षेत्र नेपालको मध्यकालीन इतिहासमा शक्तिशाली सामन्तहरुमार्फत शासित थियो । तत्कालीन सामन्तहरु एवं घटनाप्रवृत्तिको अध्ययन गर्दा केन्द्रिय शासनलाई नै पनि हाँक दिएर केन्द्रिय राज्यलाई अप्ठ्यारोमा पार्दथ्यो । इतिहासकै कुरा गर्ने हो भने पनि यो क्षेत्रमा प्राप्त लिच्छविकालीन…

Read More

नाग र गौतम बुद्ध सम्बन्धी यो धार्मिक प्रसंग

बोधगयामा बुद्धले बैशाख पूर्णिमा तिथिमा बुद्धत्व ज्ञान प्राप्त गरेपछि त्यहीँ सात स्थानमा १ हप्ताको दरले सात हप्ता बिताउनु भएको थियो । छैटौं हप्ता मुचलिन्द बृक्षमुनी बस्नुहुँदा ठूलो हावाहुरी असिना पानी आएको थियो । त्यस बेला बुद्धको ध्यान भङ्ग नहोस् भनी मुचलिन्द नामक नागराजाले आफ्नो फणा फिजाई छाता ओढाएर बुद्धको रक्षा गरेको थियो । एक समय सर्पको टोकाइबाट एक भिक्षुको मरण भएपछि बुद्धले पनि सर्प जातीको भय र टोकाईबाट रक्षा हुन चार नागराजाहरुलाई मैत्री पुर्याउनु खन्ध सुत्र पाठ गरिरहनु भनी भिक्षुहरुलाई उपदेश दिनु भएको छ । खन्ध सूत्रको केही अंश हेरौंः…

Read More

आज छोखोर दुछेन अर्थात् धर्म चक्र प्रवर्तन महोत्सव

भोट हिमाली क्षेत्रका बौद्धमार्गीहरूले आजको दिनलाई छोखोर दुछेन अर्थात् भगवान् शाक्यमुनि बुद्धले बुद्धत्व प्राप्त पश्चात् पहिलो पटक धर्म चक्र प्रवर्तन गर्नु भएको दिनको रूपमा मान्ने गर्दछन् । यस दिनलाई भोट ज्योतिष पात्रो अनुसार छैटौँ महिनाको चतुर्थी तिथिको दिन परेकोले भोट भाषामा ‘डुक्पा छेजी’ भन्ने गर्दछ । शाक्यमुनि बुद्धले बुद्धत्व प्राप्त पश्चात् आज कै दिन भारत उत्तर प्रदेश वाराणसीको सारनाथ मगृदाव ऋषिपत्तन वनमा पहिलो पटक पञ्च वर्गीय भिक्षु (आज्ञात कौण्डिन्य, अश्वजित, वाष्प, महानाम र भद्रिक) लाई चार आर्य सत्य (दुःख – संसारमा दुःख छ । समुदाय – दुःखको कारण छ ।…

Read More

बौद्धमार्गी नेवार समुदायले मनाउने गुँला पर्व सुरु

बौद्धमार्गी नेवार समुदायले मनाउने गुँला पर्व मंगलबारबाट सुरु भएको छ । साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाइने पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवानको भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गरिन्छ । यसपटक कोभिड–१९ रोकथामका लागी सरकारले गरेको लकडाउनको कारणले गर्दा बाजागाजासहितको उपस्थिति भने कम भएको छ । पर्वको अवसरमा विशेषगरी स्वयम्भू महाचैत्य, बौद्ध चैत्यलगायत उपत्यकाका विभिन्न चैत्यस्थलको दैनिक परिक्रमा गरिन्छ । राँगाको सिङबाट बनाइएको ‘न्याकुँ’ बाजा बजाइन्छ । दाफा, धाः, बाँसुरी, धिम, भुस्यालगायत नौ बाजा बजाउने प्रचलन छ । यो पर्व विशेषगरी बौद्ध धर्मावलम्बीले मनाउने गर्छन् । नेपाल भाषामा ‘गुँ’…

Read More

गौतम बुद्धको विलक्षण प्रतिभा र अलौकिक क्षमता

बसन्त महर्जन गौतम बुद्धले ३५ वर्षको उमेरमा वैशाख पूर्णिमाका दिन बोधगयामा बुद्धत्व प्राप्त गरेको र पञ्चभद्दीय भिक्षुलाई धर्मदेशना गर्नका लागि ऋषिपतनमृगदावनतर्फ लागेको घटना त प्रसिद्ध नै छ । यही बेला बाटोमा हिड्दै गर्दा उपक नामका एक आजीवक साधुले बाटोमा भेटे थिए । गौतम बुद्धको व्यक्तित्व देखेर उपक अचम्म भएका थिए र के कसो हो भनेर प्रश्न पनि गरे । बुद्धले दिएको जवाफ उनले बुझ्नै सकेनन् र मथिंगल खलबल्याएर बाटो लागेका थिए । घरमा जवान छोरीका लागि सुहाउँदो वर खोज्दै हिडेका ब्राह्मण मागन्दीयले कुरुको ठुलो वस्ती कम्मासदम्मको छेवैमा रहेको भारद्वाज ब्राह्मणको…

Read More

लुम्बिनी बौद्ध विश्वविद्यालय पूर्ण सरकारी स्वामित्वमा

लुम्बिनी बौद्ध विश्वविद्यालय बहुविषय अध्यापन गराउन पाउने गरी पूर्णसरकारी स्वामित्वमा आएको छ । विश्वविद्यालय ऐन २०६३ संसोधन भएपछि सरकारी स्वामित्वमा आएको हो। यसअघि ऐनको प्रास्तावनामा ‘जनस्तर’बाट सञ्चालन गर्ने भन्ने उल्लेख थियो । सो प्रस्तावनालाई संशोधन गर्दै जनस्तर भन्ने शब्द झिकिएको हो । नेपालमा रहेका त्रिभुवन विश्वविद्यालय, संस्कृत, कृषि, सुदूरपश्चिम, मध्यपश्चिम विश्वविद्यालयपछि लुम्बिनी बौद्ध विश्वविद्यालय सरकारी स्वामित्वमा पुगेको छ । जनस्तरबाट सञ्चालन गर्ने ऐन हुँदा विश्वविद्यालयलाई शैक्षिक कार्यक्रम विस्तारमा जटिलता थपिएको थियो । ऐन संशोधनपछि विश्वविद्यालय विस्तारमा सहज हुने बताइएको छ । अब विश्वविद्यालयले अनुदान नभई अर्थमन्त्रालयबाट माग अनुरुपको बजेट पाउनेछ…

Read More

बुद्धकाल र बौद्धकालको गलत बुझाइ

बसन्त महर्जन बौैद्ध विषयसम्बद्ध लेखरचना तथा प्रसार सामग्रीमा प्रायशः ‘बुद्धकाल’ वा ‘बौद्ध काल’ दुई शब्दको प्रयोग पाइन्छ । यी दुई शब्द प्रायशः नेपाली तथा हिन्दी भाषामा प्रकाशित हुने पत्रपत्रिकाहरुमा देख्न पाइन्छ । काल अवधिको बोध गराउन प्रयोग गर्ने यी दुई शब्दले बेग्लाबेग्लै अर्थ दिन्छ । तर प्रयोगकर्ताहरुमा ‘बुद्धकाल’ र ‘बौद्धकाल’ भनेर समानार्थी शब्दको बुझाइ रहेको पाइन्छ र त्यही अनुसार बुझाउन खोजेको देखिन्छ । यो बुझाइमा रहेको त्रूटिहरुमा घोट्लिँदा सामान्यदेखि गम्भीर भूलहरु पनि दुष्टिगोचर हुन्छ । तसर्थ अलिकति मात्रै होस् पु¥याउन सकेमा पनि धेरै कुरा स्पष्ट हुनसक्छ । सामान्यतः बुद्ध भनेर…

Read More