ज्ञानमाला भजन समूहको २४ औँ वार्षिक साधारणसभा

संगीतको माध्यमबाट जनमानसमा बौद्ध धर्मप्रति चेतना जगाउँदै आएको नेपाल राष्ट्रिय ज्ञानमाला समितिको २४ औ वार्षिक साधारण सभा केही दिन अघि काठमाडौँ, चोभारको सुमंगल कीर्ति विहार चोभारमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि शताव्दी पुरुष सत्यमोहन जोशीका साथै भिक्षु कौडण्य, भिक्षु सोभित, भिक्षु तपसीधम्म, भिक्षुणी अनोजा, पूर्वंमन्त्री बुद्धिराज वज्राचार्य, प्रा सुवर्ण शाक्य आदिले बौद्धधर्मका महत्व र आवश्यकताको बारेमा चर्चा गरे । उपस्थित व्यक्तित्वहरुद्वारा बौद्ध धर्मको प्रचारप्रसारमा ज्ञानमाला भजन समूहले निकै ठूलो योगदान पुर्याएको भन्दै समूहको प्रशंसा गरियो । कार्यक्रममा ज्ञानमाला संगीतको विकासमा योगदान दिनुहुने प्रा. सुवर्ण शाक्य, महारत्न वज्राचार्य, किरण…

Read More

बौद्ध मिथकमा आधारित उपन्यास “हल हल बुंगद्यः” को विमोचन

बौद्ध मिथकमा आधारित नेपाल भाषाको उपन्यास “हल हल बुंगद्यः” जनकवि दुर्गालाल श्रेष्ठको हातबाट विमोचन गरिएको छ । राजेन मानन्धरद्वारा लिखित उक्त उपन्यास कुनै बेला नेपालमा अनिकाल हुँदा सहकालका देवता भनेर चिनिने करुणामय अवलोकेश्वर अर्थात् रातो मछिन्द्रनाथलाई नेपालमा ल्याइएको मिथकको आधारमा रचना गरिएको छ । काठमाडौं उपत्यकाका नेवार बौद्धहरु बोधिसत्वको रुपमा जन्मेका करुणामयलाई कामुनी देश अथवा हालको कामारुप कामाक्षबाट ल्याइएको तथा उनको आगमन पछि नेपालमा सहकाल आएको विश्वास गर्दछन् । हिन्दु धर्मावलम्वीले पनि करुणामयलाई मत्येन्द्रनाथको रुपमा मान्दछन् । विमोचन कार्यक्रममा बोल्दै कवि दुर्गालालले मानन्धरलाई चिनेदेखी सहृदयी भएकोले मनमा बसेको तथा एक…

Read More

बौद्धनाथ स्तुप विरुप बनाउनेलाई कारवाहीको माग

पछिल्लो केही दिनयता चर्चामा रहेको प्रसंग हो बौद्धनाथ स्तुपमा गरिएको ड्रिल । बौद्धनाथ क्षेत्र विकास समितिको संरक्षणमा रहेको बौद्ध स्तुपमा मेलम्ची तथा बौद्धनाथ घ्याङ गुठीका अध्यक्ष भुपतिबज्र लामाको अगुवाईमा ड्रिल गरिएको हो । लामाले क्षेत्र विकास समिति र पुरातत्व विभागको कुनै स्वीकृति नै नलिई मेसिनको प्रयोग गरी स्तुप ड्रिल गरी कुरुप बनाएको भन्दै विरोध भएको छ । शुक्रबार नेपाल बौद्ध महासंघले विज्ञप्ति निकाली बिरोध गरेको छ । बौद्धनाथ चैत्यमा देश विदेशका विभिन्न धर्मसँग सम्बन्धित संघ संस्थाले धार्मिक गतिविधि, पाठपूजा निर्वाध रुपमा प्राचीनकालदेखि नै बौद्ध परम्परा अनुसार गर्दै आएकोमा २०७३ असार…

Read More

त्रिपिटक पाठ : एक समीक्षा

चित्र शाक्य प्रथम अन्तराष्ट्रिय त्रिपिटक पाठको कार्यक्रम कुनै पूर्व चर्चा विना नै एकैचोटी सम्पन्न हुन गएको छ। उक्त कार्यक्रममा सहभागी भएर आउनु हुने साथिहरूले खुबै उल्लासपूर्ण वातावरणमा कार्यक्रम भएको जनाउनु भयो। लुम्बिनीमा विभिन्न ३२ मुलुकहरूको सहभागितामा उक्त कार्यक्रम सम्पन्न हुनुले विश्वमा एउटा बुद्धबारे सशक्त सूचना प्रवाह गरेको छ। तर यसको तरङ्गलाई कसरी दुगुना, तीगुना गर्दै विश्वभर प्रवाह गर्ने भन्ने आयोजक पक्षको, कार्यक्रम भएको राष्ट्र नेपाल, पर्यटन व्यवसायमा लागेका संघसंस्थाहरू, सम्बन्धित व्यवसायीहरू र सहभागी राष्ट्रको जिम्‍मेवारी हुन आउँछ साथै अन्य राष्ट्रहरूलाई पनि कसरी समन्वयात्मक रूपमा कार्य गर्ने एक कार्यक्रमबद्ध संयोजनको काम…

Read More

बौद्धमार्गीको पवित्रस्थल टाइगर नेष्ट

भुटानको टाइगर नेष्ट मन्दिर अत्यन्त पवित्र बौद्ध मन्दिरमध्ये एक हो । स्थानियहरु यो मन्दिरलाई ‘तक्षाङ मोनाष्ट्री’को नामले चिन्दछन् । तर अग्लो चट्टानी पहाडमा टाँसिएको तक्षाङ मोनाष्ट्री जान–आउन त्यती सहज छैन । ‘तक्षाङ मोनाष्ट्री’ समुन्द्र सतहभन्दा ३ हजार १ सय २० मिटरको उचाईमा छ । भुटानको पारो शहर पुगेपछि मन्दिरतर्फको वास्तविक यात्रा शुरु हुन्छ । पारोबाट करिब १२ किलोमिटरको उकालो चढेपछि मन्दिर पुगिन्छ । पारो शहरबाट उकालो चढ्न थालेपछि बाटोमा प्रशस्तै मनोरम दृष्यको अवलोकन गर्न सकिन्छ । बाटोमा भेटिने यो झरनालाई प्रायः यात्रुले श्रद्धापूर्वक पुजा तथा परिक्रमा पनि गर्दछन् । उनीहरु…

Read More

विश्व शान्तिको कामना गर्दै ञिमा मोन्लाम

विश्वमा रहेका सबै प्राणीको उन्तति र प्रगतिको कामना गर्दै काठमाडौँको बौद्धमा ६ दिने ञिङ्मा मोलान्म (प्राणिधान पूजापाठ) गरिएको छ । पुस शुक्लपक्ष दशमीदेखि पूर्णिमासम्म गरिने उक्त पुजा पहिले बौद्ध चैत्यपरिसरमै हुँदै आएको भएता पनि यसपटक भने शेर्पा सेवा केन्द्र (शेर्पा गोन्पा)मा गरिएको छ । बौद्धनाथ स्तुप दर्शनका लागि आउने दर्शनार्थीलाई असहज नहोस् भनेर यसपटक शेर्पा सेवा केन्द्रमा मोन्लाम गरिएको हो । पूजा पाठमा नेपाल तथा विदेशबाट आएका हजारौं लामा गुरुहरु, आनीहरु तथा उपासक उपासिकाहरुको उपस्थिति रहेको थियो । शाक्यमुनि बुद्धको जन्मभूमि नेपाल लगायत विश्वमा दीगो शान्ति, सुख र सम्वृद्धि फैलाउन…

Read More

सेतो रोयल गुम्बाको रजत जयन्ती सम्पन्न

बौद्ध जोरपाटीमा रहेको रोयल सेतो गुम्बाको स्थापनाको २५ औँ वर्ष पुरा भएको अवसरमा रजत जयन्ती कार्यक्रम मनाइयो । १९९३ मा परम पुजनीय धर्म गुरु मास्टर कर्मा तन्पाई ग्याल्छेन ज्यूले स्थापना गरी बौद्ध दर्शनको शिक्षा प्रदान गर्दै आएको सेतो गुम्बाको गौरवमय २५ वर्ष पुगेको उपलक्ष्यमा ३ दिनसम्म विशेष कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको पहिलो दिन मंसीर २८ गते कोन्छोग चिदुक छोग तथा दीप प्रज्वलन, दोस्रो दिन २९ गते तारा पूजा, रिन्पोछेलाई मण्डल अर्पण तथा दीर्घायु प्रार्थना सहित कोन्छोग चिदुक छेवाङ र पुष १ गते अन्तिम दिन धुप अर्पण सहित औपचारिक…

Read More

शान्तिका लागि चारुमती विहारमा विशेष पूजा र धर्म प्रवचन

चारुमती बुद्धिष्ट मिसन नेपालले चाबहिलस्थित चारुमती विहारमा विशेष बुद्धपूजाका साथै प्रवचन गरेको छ । मानव कल्याणका लागि शाक्यमुनि बुद्धले दिएका अहिंसा, शान्ति, मित्रता, भ्रातृत्वको सन्देशलाई उक्त कार्यक्रममा स्मरण गरिएको छ । संयुक्त राज्य अमेरिकाको लस एञ्जेल्सबाट आएकी ५० वर्षीया बौद्धगुरु तथालोकले बौद्ध इतिहासको लामो परम्परा बोकेको चारुमती चैत्यलाई विश्वसम्पदा सूचीमा सूचिकृत गर्नु पर्नेमा जोड दिइन् । उनले उक्त सम्पदालाई अन्तराष्ट्रिय तहमा प्रचार गरी बौद्ध साहित्यलाई प्रवद्र्धन गर्न सकिने विचार व्यक्त गरे । कार्यक्रम आयोजक संस्थाका अध्यक्ष भिक्षु तपस्सी धम्मले बौद्ध दर्शन तथा साहित्यका माध्यमबाट देशका विभिन्न ग्रामीण भेगमा सामाजिक सेवा…

Read More

अमेरिकी बौद्ध भिक्षुणीद्वारा धर्म प्रवचन

पुस १ गते काठमाडौँको चावहिलस्थित एवन पार्टी प्यालेसमा बौद्ध धर्म विशेष प्रवचन तथा अन्तरक्रिया हुने भएको छ । अमेरिकाबाट आएकी बौद्ध भिक्षुणी तथालोकाले उक्त कार्यक्रममा प्रवचन दिने भएकी छिन् । चारुमती बुद्ध विहार अन्तर्गतको चारुमती बुद्धिष्ट मिसनले आयोजना गरेको कार्यक्रम २१ औँ शताव्दीमा बौद्ध महिलाहरुको जागरणमा केन्द्रीत रहने विहारका प्रमुख भिक्षु तपस्सी धम्मले बताए । कार्यक्रम दिउँसो १२ः३० देखि सुरु हुनेछ ।

Read More

सुपरमंकलाई अडियन्स च्वाइस अवार्ड

१६ औँ काठमाडौँ अन्तराष्ट्रिय माउन्टेन फिल्म फेस्टिभलमा बौद्ध भिक्षु र गुम्बा शिक्षा सम्बन्धी विषयमा निर्मित फिल्म सुपरमंकले अडियन्स च्वाईस अवार्ड पाएको छ । यो अवार्डसँगै फिल्मले ५० हजार रुपैयाँ नगद पुरस्कार समेत पायो । सुपरमंकलाई भिक्षु सेनलाङ ग्याम्जोले निर्देशन गरेका हुन् । सोलुखुम्बुको जुमवेसीमा छायांकन गरिएको फिल्ममा माओवादी द्वन्दकालिन परिवेशलाई पनि समेटिएको छ ।

Read More