बुद्धभूमि पुरातात्विक क्षेत्रलाई संक्षित स्मारक क्षेत्र घोषणा गर्न निर्देशन

संस्कति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री लिलानाथ श्रेष्ठले तिलौराकोट पुरातात्विक क्षेत्रलाई संक्षित स्मारक क्षेत्र घोषणा गर्नुपर्ने बताएका छन् । आइतबार मन्त्रालयमा पदबहाली गर्दै उनले पुरातत्व विभागलाई यस्तो निर्देशन दिएका हुन् । सर्वोच्च अदालतको आदेशबाट एकै पटक २० मन्त्रीको पद रिक्त हुने क्रममा पर्यटन मन्त्रालय समेत रिक्त थियो । यो मन्त्रालय हेर्ने गरी श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ । सोहीकारण उनले आइतबार पदबहाली गरेका हुन् । सो क्रममा उनले तिलौराकोट पुरातात्विक क्षेत्रलाई संरक्षण गरी प्रारम्भिक काम अगाडि बढाउन समेत विभागलाई निर्देशन दिए । नेपालको विकासको मूख्य स्तम्भ पर्यटन भएको भन्दै उनले पर्यटन…

Read More

चार आर्यसत्य र आर्य अष्टांगिक मार्ग

आर्य सत्यको संकल्प बौद्ध दर्शनको मुल सिद्धान्त हो । यसलाई संस्कृतमा “चत्वारी आर्यसत्यानी” र पालीमा “चत्तरी अरियसच्चानी” भनिन्छ । आर्यसत्य चार छन:- (१) दु:ख-संसारमा दु:ख छ । (२) समुदाय-दु:खका कारण छन । (३) निरोध-दु:खको निबारण छ । (४) मार्ग-निवारणका लागी अष्टांगिक मार्ग छ । प्राणी जिबनभर दु:खका श्रृङ्गखलामा परि रहन्छ, यो दु:ख आर्यसत्य हो । संसारको विषयप्रती जुन तृष्णा छ त्यहीँ समुदाय आर्यसत्य हो । जुन प्राणी तृष्णामा मर्छ, उ यो प्रेरणाले पुनः जन्म ग्रहण गर्दछ । त्यसैले तृष्णाको समुदायलाई आर्यसत्य भनिन्छ । तृष्णाको अवशेष प्रहाण गरिदिने निरोध आर्यसत्य हो…

Read More

अष्टाङ्ग मार्गः बुद्धले दिएको सफलताको सूत्र पहिलो सूत्र-सम्यक दृष्टि

आर‍. मानन्धर बुद्धले दिएको दुःखमुक्तिका आठ सूत्रमध्ये पहिलो सूत्र हो — सम्यक दृष्टि अर्थात ठीक हेराइ । दृष्टि भन्ने कुरा यति महत्त्वपूर्ण छ कि हाम्रा सोचाइ, विचार, कार्यहरू दृष्टिले नै निर्धारण गर्छ । भनिन्छ पनि, ‘जस्तो दृष्टि त्यस्तै सृष्टि ।’ हो पनि, किन भने— हेराइ (दृष्टि) अनुसार बुझाइ बन्छ । बुझाइ अनुसार सोचाइ बन्छ । सोचाइ अनुसार गराइ हुन्छ । गराइ अनुसार भोगाइ निश्चित हुन्छ । सम्यक दृष्टिलाई अँग्रेजीमा तीन किसिमले अनुवाद गरिएका छन् । ‑     Right View/Perspective (ठीक दृष्टिकोण वा ठीक हेराइ) ‑     Right Vision (ठीक दूरदृष्टि) ‑     Right…

Read More

भिक्षुका लागि रेलमा सिट आरक्षण गरिएको देश श्रीलंका

यात्रा संस्मरण / नारायण खड्का श्रीलंकाको एक चर्चित बौद्ध गुम्बा क्याण्डी सहरमा छ । त्यहाँसम्म जान हामीले बिहान ९ बजेतिर राजधानी कोलोम्बोबाट रेलको यात्रा सुरू गरेका थियौं। साथमा नेपाली श्यानी चौधरी, श्रीलंकाका निर्मल र उनका छोरा अनुदा थिए। नेपाल र श्रीलंकाको परिवेश र वातावरण उस्तै(उस्तै लाग्ने खाले रहेछ। आइल्याण्ड भए पनि पहाड र जंगल थुप्रै। रेल मैले यसअघि भारतमा देखेको थिएँ। तर चढेको थिइनँ। पहिलो पटक रेल यात्रा मैले श्रीलंकामा गर्ने अवसर पाएँ। मन रमायो। द्रुत गतिमा रेल हुइँकदा आसपासका विरुवा उल्टो गतिमा दौडिरहेका जस्तै लाग्थे। पहाडको नागबेली बाटोमा रेल…

Read More

विपश्यना ध्यान र यसको महत्व

ब्रह्माण्डमा भएका जे जति पनि अस्तित्वमा रहेका वस्तु वा प्राणी जुन जस्तो छ त्यसलाई साक्षी भाव, तटस्थ भावले हेर्ने विधि नै विश्यना हो । विपश्यना शव्दको शाव्दिक अर्थ खोज्दा वि भनेको विशेष तवरले र पश्यना भनेको दृष्टिगोचर गर्ने हो । शील र समाधिमा प्रतिष्ठित भई भावनामयी प्रज्ञा जगाउने पवित्र अभ्यास हो विपश्यना । विपश्यना शिविरमा बस्दा विपश्यना ध्यान गर्न चाहने साधकले सर्वप्रथम झुटो नबोल्ने, प्राणी हिंसा नगर्ने, चोरी नगर्ने, ब्रम्हचर्या पालन गर्ने र नशालु पदार्थ सेवन नगर्ने जस्ता पञ्चशील पालन गरेर शिविरको पहिलो साढे तीन दिन श्वासप्रश्वासमा ध्यान केद्रित गर्ने…

Read More

बुद्धका यी ५ अनमोल वचन, हाम्रो जीवनमा किन उपयोगी छ ?

भगवान गौतम बुद्धले बौद्ध धर्मको प्रवर्तन गरेका थिए । बुद्धको अहिंसा र करुणाको सिद्धान्तले सम्राट अशोकलाई यतिधेरै आर्कषित गरेको थियो कि उनले यसबाट प्रभावित भई बौद्ध मतलाई स्वीकार गरे युद्धमा रोक लगाएका थिए । बुद्धका अधिकतर उपदेश सामाजिक र सांसारिक समस्यामा केन्द्रित रहेको छ । उनले सैयौं बर्ष पहिले भनेका कुरा वा विचार आज पनि प्रासँगिक रहदै आएको छ । उनका वाणीहरुले व्यक्तिको जीवन सफल र सुखीमय बनाउन मद्दत गर्दछ । बुद्धका अनमोल वचनमार्फत व्यक्तिलाई जागरुक गराउनुका साथै ज्ञानको प्रकाश फैलाउन मद्दत गर्दै आएको छ । गौतम बुद्धका केही अनमोल…

Read More

खेन्पो टासी छिरिङ रिम्पोछेको निधन, हिमाली बौद्ध धर्म र दर्शनको क्षेत्रमा ठूलो क्षति

चुमनुब्री गाउँपालिका- २ ल्होस्थित रिपुम गुम्बाका प्रमुख लामा खेन्पो टासी छिरिङ रिम्पोछेको निधन भएको छ। मधुमेहबाट ग्रस्त रिम्पोछेको काठमाडौँ हेम्स अस्पतालमा निधन भएको हो। अहिले उनको शव काठमाडौ, नारायणथानको आफैँले निर्माण गरेको गुम्बामा राखिएको चुमनुब्री- २ का वडाअध्यक्ष पेम्बारेता लामाले जानकारी दिए। उनको शव ल्होस्थित रिपुम गुम्बामा एक वर्षसम्म राखिने तयारी गरिएको पनि लामाले बताए। ल्होका छेवाङ ग्याल्जेन र पासाङ दम्पत्तिको कोखबाट जन्मेका रिम्पोछे १० वर्षको उमेरमा हिनाङको पुङ्चे गुम्बाका लामा लोपेन छेवाङ नुर्बुसँग शिक्षा लिएका थिए। त्यसपछि भारतको मैसुरको वौद्ध ङिङ्मापा विश्वविद्यालयबाट वौद्ध दर्शनमा खेन्पो उपाधि हासिल गरेका थिए।…

Read More

प्रार्थनाले के हुन्छ ?

भगवानको जीवनकालमा एक व्यक्ति भगवान कहाँ आएर रुँदै विलौना गर्दै भन्न लाग्यो –  भगवान! हिजो मेरा बृद्ध पिताको मृत्यु भयो। म हजुर भन्ते कहाँ एउटा प्रार्थना लिएर आएको छु। भगवान् मेरा पिताजीप्रति केहि दया राखेर कुनै उपकार गरिदिनु हवस् हजुर…… यी साना-तिना पण्ड-पुजारीहरुले यहाँ कुनै कर्मकाण्ड गर्दछन् तुरुन्त वहाँ स्वर्गको ढोका खोलिन्छ, स्वर्ग मा प्रवेश मिल्छ अरे। यदि हजुर जस्ता महापुरुषले नै कुनै कर्मकाण्ड गरिदिएमा स्वर्गको प्रवेश मात्र नभैकन लामो समयसम्मको निवास मिल्ने थियो। त्यसैले मेरा मृत्यु पिताजीको लागि, केही न केही अवस्य गरिदिनु होस् भगवान्…….. भनेर विलौनाका साथ साथै विन्ती…

Read More

बौद्ध धर्ममा थांकाको महत्व

नेपाली हस्तकलाको विविध विधा मध्ये थान्का (पौभा) चित्र लेखन पनि एक मौलिक कला हो । यो चित्र लेखन कार्य सूती कपडामा गरिन्छ । सूती कपडालाई काठको फ्रेममा कसी सपेता र सरेस मिलाएर पोतिन्छ । सपेता र सरेस सुकेपछि चिल्लो काठको फलेकमा राखेर पानीले भिजाई ढुङ्गाले घोटिन्छ । यो क्रम धेरै पटक दोहोर्याए पछि मिहिन चिल्लो भई लेख्न योग्य हुन्छ । थान्कामा विशेष गरेर बुद्धका चित्रहरू बढी मात्रामा कोरिएको पाइन्छ । यो थान्का लेखन कला नेपाल बाहेक विशेष गरी चीन, जापान, कोरिया मंगोलिया आदि देशहरूमा रहेको छ । यो एक प्रकारको…

Read More

यी हुन् बुद्धको महापरिनिर्वाण पछि अस्थिधातु बाँडिएका ८ स्थान

तथागत बुद्धको महापरिनिर्वाण पश्चात गरिएको अन्तिम संस्कार पछि बाँकी रहेको अस्थिधातुलाई द्रोण ब्राम्हणले मध्यस्थता गरी बराबर ८ भागमा बिभाजन गरि बाँडि दिए । अस्थिधातु पाएका व्यक्तिहरुले यी स्थानमा राखेका थिए । (१) मगधका बैदेहिपुत्र राजा अजातसत्रु, राजगृहमा । (२) बैसालीका लिच्छविहरुले बैसालीमा । (३) कपिलवस्तुका शाक्यहरुले कपिलवस्तुमा । (४) अल्लकप्पका बुलिहरुले अल्लकप्पमा । (५) रामग्रामका कोलियाहरुले रामग्राममा । (६) बेठद्धिपका ब्राम्हणहरुले बेठद्धिपमा । (७) पावाका मल्लहरुले पावामा । (८) कुसिनगरका मल्लहरुले कुसिनगरमा । तथागत बुद्धको अस्थिधातुलाई भाग लगाएको भाँडो ( तुम्ब वा मानो ) चाहिँ द्रोण ब्राम्हणले लिएर गए ।…

Read More