जापानमा त्रिपिटिक वाचन गर्दै रोबर्ट

जापानको एक मन्दिरमा रोबर्टले बौद्ध धर्मग्रन्थ त्रिपिटक वाचन गर्न थालेको छ । ४ सय बर्ष पुरानो उक्त बौद्ध मन्दिरमा धर्मप्रति युवाहरुलाई आकर्षित गर्न रोबर्टको सहयोग लिइएको हो । ‘कैयन’ नामाकरण गरिएको यो रोबटलाई १ लाख डलरको लगानीमा उपदेश वाचन गर्नकै लागि निर्माण गरिएको बुझिएका छ । रोबर्टले मन्दिरमा आएका श्रद्धालुहरुलाई बौद्ध धर्मको विषयमा जानकारी र उपदेश दिन थालेको छ । सन् १६१९ मा स्थापना गरिएको ‘क्योटो के कोडाइजी’ मन्दिरमा रहेको सो रोबर्टको शिर, काध र हातमा सिलिकनबाट बनेको छालाको कभर लगाइएको छ । रोबर्टको देब्रे आँखामा भिडियो क्यामेराको सहयोगले यसले…

Read More

ललितपुरमा रहेको महाबुद्ध जिर्णोद्वार हुँदै

२०७२ सालको भुकम्पले क्षतिग्रस्त बनेको ललितपुरको महाबुद्ध मन्दिर जिर्णोद्वार भइरहेको छ । मन्दिर बाहिरबाट भन्दा पनि भित्राबट पुरै चर्किएको र मुख्य तोरण पूर्णरुपमा क्षतिग्रस्त हुनुका साथै ढुंगाको खम्बा पनि भत्किएको अवस्थामा पुगेको थियो । मन्दिरलाई जिर्णोद्वार गर्ने क्रममा विशेषज्ञहरुको सल्लाह अनुसार फलामको फ्रेमले घेरेर चर्केको ठाउँमा मर्मत गरिएको छ । तोरणको भाग पनि पहिले जस्तै गरी नयाँ बनाइएको छ । करिब १८ महिना अघि गुरुजु र ज्येष्ठ आजु बसी क्षमा पूजा गरिसके पछि महाबुद्ध मन्दिर जिर्णोद्वार शुभारम्भ भएको थियो । आगामी बुद्ध जयन्तीमा मन्दिरको जिर्णोद्वार सकाउने योजना बनाइएको छ ।…

Read More

लुम्बिनीमा प्रवज्या शिविरको चहलपहल

शनिबारदेखि लुम्बिनीमा सुरु भएको प्रवज्या शिविरले त्यहाँको माहोल निकै उल्लासमय बनिरहेको छ । नेपालका प्रथम संघमहानायक भद्दन्त प्रज्ञानन्द महहास्थवीर भन्तेको १ सय १९ औँ जन्म जयन्तीको अवसरमा २३ दिने प्रवज्या शिविरको आयोजना गरिएको हो । शिविरबाट १ हजार १ सय १९ जना प्रजजित हुँदैछन् । बौद्धमार्गीहरुलाई मात्र नभई अन्य सबै धर्म र जातजातिका व्यक्तिहरुलाई अध्यात्म तथा जीवन दर्शनका विषयमा सो प्रव्रज्या कार्यक्रममा दीक्षित गरिदैछ । शिविरमा थाइल्याण्डमा १० हजार भिक्षुलाई प्रव्रजित गरिसकेका थर्राे भन्तेले प्रव्रजित गराउने कार्यक्रम रहेको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा थाइल्याण्ड र नेपालका विभिन्न बौद्ध संस्थाहरुको संयुक्त…

Read More

गुणाधार विषयक ३ दिने प्रवचन भोली सम्पन्न हुँदै

  गोसोक रिन्पोछेबाट हुने तीन दिवसीय गुणाधार विषयक प्रवचन भोली सोमबार सम्पन्न हुँदैछ । भोली प्रवचनको अन्तिम दिन दीर्घायू अभिषेक प्रदान गर्ने कार्यक्रम रहेको छ । समस्त जीवजगतको कल्याणका लागिग अभिषेक प्रदान गरिने भएकाले रिन्पोछेको प्रवचन कार्यक्रममा हजारौँ भक्तजन विहानैदेखि सहभागि भइरहेका छन् । हिमाली समुदायको नयाँ वर्ष ल्होसार मनाइ सके लगत्तै हरेक वर्ष गरिदै आएको छ । ३ दिने प्रवचन कार्यक्रमा कस्तो गुरु थाप्ने र गुरुप्रति शिष्यको कस्तो कर्तव्य हुनुपर्छ र गलत गुरु थाप्दा हुने हानी र सही गुरु थाप्दा हुने लाभको विषयमा समेत चर्चा गरिएको छ । भोली…

Read More

बौद्ध दर्शनका आधारभुत मान्यता

बौद्ध दर्शनका प्रणेता भगवान् गौतम बुद्ध हुन् । उनको जन्म ई.पू. ५६३ मा लुम्बिनी अन्चलको कपिलवस्तु जिल्लामा भएको हो । सिद्धार्थ गौतम २९ वर्षको उमेरमा गृहत्याग गरी ज्ञानको खोजिमा निस्केका थिए । उनलाई ३५ वर्षको उमेरमा बैशाख पूर्णिमाको रात पीपलको वृक्षमुनि उरुवेला (बोधगया) मा ज्ञान प्राप्त भएको थियो । यसपछि उनी बुद्धको उपाधिद्वारा विभूषित भए । बुद्धले दिएका उपदेशमा जीवनपथको दिशा निर्देश गरिएकोले यसलाई दर्शन मानिएको पाइन्छ । उनका उपदेशहरूको संगालो ‘त्रिपिटक’ नै यस दर्शनको आधारग्रन्थ हो । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । जो…

Read More

सोलुखुम्बुको सोताङमा स्तुप निर्माण सम्पन्न

  सोलुखुम्बु जिल्लाको सोताङ गाँउपालिका २, चेपेलमा नयाँ स्तुप निर्माण सम्पन्न गरी औपचारिक उद्घाटन गरिएको छ । पुज्यनीय सेर्लो टुल्कु पेमा थार्छिन रिन्पोछेको बाहुल्यबाट उक्त स्तुप (च्याङ्छुप छ्योर्तेन)को उद्घाटन गरिएको हो । उद्घाटनसँगै रिन्पोछेले स्तुपको प्राण प्रतिष्ठा र होम (जिन्सेक) गरी आयु अभिषेक र विश्व शान्तिको कामना गरेका थिए । स्तुप उद्घाटना कार्यक्रममा उल्लेख्य संख्या उपस्थित भएका थिए । स्तुप निर्माणले चेपेल गाउँको पर्यटनमा समेत प्रवर्धन हुने स्थानीयले विश्वास लिएका छन् ।

Read More

म्यान्मारमा बुद्धिजममा एमफिल र विद्यावारिधि गर्न नेपाली विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

म्यान्मामा रहेको बुद्धिस्ट युनिर्भसिटीमा एमफिल तथा विद्यावारिधि अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने बताइएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयबाट बुद्ध धर्ममा एमए गरेका विद्यार्थीलाई उक्त विश्वविद्यालयले सिफारिस गरेमा पूर्ण छात्रवृत्ति दिन सकिने आश्वासन म्यान्मास्थित विश्वविद्यालयका पदाधिकारीले दिएका छन् । म्यान्मामा रहेको प्रसिद्ध विश्वविद्यालय स्टेट परियति शासन युनिर्भसिटी, याङ्गुन, अन्तर्राष्ट्रिय बुद्धिस्ट थेराबाद मिसिनरी युनिर्भसिटी याङ्गुन र स्टेट परियति शासन युनिर्भसिटी, मण्डालेले बुद्ध धर्ममा अनुसन्धान तथा शोध गर्न चाहने नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने बताएको हो । लुम्बिनी बौद्ध विश्विद्यालय केन्द्रीय क्याम्पस लुम्बिनीका प्रमुख फणिन्द्र न्यौपानेको नेतृत्वमा म्यान्मामा रहेका विश्वविद्यालयसँग अन्तरक्रिया…

Read More

नेपालका संघनायक पुज्यपाद संघनायक श्रद्धेय अश्वघोष महास्थविर अस्वस्थ

नेपालका संघनायक पुज्यपाद संघनायक श्रद्धेय अश्वघोष महास्थविर अस्वस्थ हुनु भएको छ । उहाँलाई आज ग्राण्ड सिटी हस्पिटलमा भर्ना गरिएको छ । आज उहाँलाई पेट दुख्ने र वान्ता भएपछि हस्पिटलमा लगिएको थियो । उहाँलाई भेटर आउनु भएका तपस्सी भन्तेका अनुसार संघनायकको अवस्था चिन्ताजनक नभएको र कुराकानी गर्न सक्षम हुनुहन्छ । त्यसैगरि संघनायकका भन्तेसैगै रहनु भएका शिष्य राहुल भन्तेले पनि फेसबुक मार्फत संघनायक भन्ेतको स्वास्थ्य सामान्य रहेको र केही दिनपछि नै हस्पिटलबाट डिस्र्चाज हुने उल्लेख गरिएको छ । नेपालका संघनायक पुज्यपाद संघनायक श्रद्धेय अश्वघोष महास्थविर अहिले बनेपास्थित स्थित ध्यानकुटी विहारमा बस्नु हुन्छ…

Read More

अठार दिन हिडेर काठमाडौँबाट लुम्बिनी पुगे भिक्षुहरु

काठमाडौँ ।विश्व शान्तीको कामना गर्दै थाइल्याण्ड, चीन, रुस, नेपाललगायत देशका ६० जना धुतांगधारी भिक्षुहरु काठमाण्डौ थानकोट, मकवानपुरको कुलेखानी, हेटौँडा, रामग्राम, लुम्बिनी हुँदै पैदला हिडेर कपिलवस्तु आइपुगेका छन् । झण्डै ४ सय १५ किलोमिटरको दूरी पार गरी उनीहरुले स्वयंभुबाट शाक्यमुनीको घर कपिलवस्ताुको तिलौराकोट पुगेकाछन् । शान्तिको धर्मदेशना गर्दै भिक्षुहरुले १८ दिनको पदयात्रा पछि फागुन पूर्णिमाका दिन शाक्यमुनि बुद्धले २९ वर्ष बिताएको प्राचीन कपिलवस्तु दरबार क्षेत्रको तिलौराकोट पुगेर यात्रा सम्पन्न गरेको भिक्षु वजीरहले बताए । पदयात्रामा रहेका भिक्षुहरुलाई कपिलवस्तु जिल्लामा भव्य स्वागत गरिएको छ । सदरमुकाम तौलिहवाका विभिन्न टोलहरुमा भिक्षुहरुलाई भिक्षा दान…

Read More

आयुसंस्कार परित्याग दिवसको सन्देश

राजेन मानन्धर एकातिर मानिसहरु महँगो भन्दा महँगो औषधी खाएर अथवा देश विदेश गएर आफ्नो रोगको निदान खोज्दैछन् भने अर्कोतिर कतिपय मानिसहरु आत्महत्या गरिरहेकाछन्, इच्छामरणको अधिकारको लागि लडिरहेका छन् । जन्मेपछि मानिसले देख्ने एक मात्र सत्य भनेको मृत्यु हो । तारेर तर्दैन भनेर थाहा छ तर पनि एक दिन बढी बाँच्नको लागि लगातार संघर्ष गरिरहन्छ उनीहरु । साँच्चै मानिसहरुलाई जीवन किन प्यारो हुन्छ ? मानिस जन्मेपछि उसले आफ्नो यश, बुद्धि, सुख, सन्तान धन होस् भन्ने चाहन्छ । यी सबै कुराहरु भएको उसले तबमात्र देख्छ, अथवा उसले यो सब त्यसबेलामात्र भोग गर्न…

Read More