करीब २ हजार वर्ष लगाएर बनाइएको (ग्रेट वाल) देखेरै थाहा हुन्छ चिनियाँहरु प्राचीन कालदेखि नै मेहनती थिए । चिनियाँको मेहनतले बनेको एक प्राचीन मन्दिरले संसारलाई चकित पारेको छ । चीनको सान्सी प्रान्तमा रहेको एउटा पाइला राख्ने ठाउँ समेत नभएको भीरमा टाँसेर बनाइएको यो मन्दिर हावामा झुण्डिएको जस्तो देखिन्छ । मन्दिरलाई १५ सय वर्ष पुरानो मानिन्छ । बौद्ध, ताओ र कन्फुसियस धर्ममा आधारित वास्तुकलाको मिश्रणमा बनाइएको यो मन्दिर संसारभरका पर्यटकको आकर्षण बन्दै आएको छ । यस मन्दिर क्षेत्रमा ४० भन्दा बढी भवन र मण्डप रहेको छ । थुप्रै प्राकृतिक बाधा, अवरोध…
Read Moreमहिना: मार्च 2019
‘दे आचार्य गुठी’ सम्पन्न
काठमाडौँका विभिन्न १८ महाविहारसँग आबद्ध बज्राचार्यहरुको दुईदिने बृहत् भेला ‘दे आचार्य गुठी’ आज हनुमानढोकामा सम्पन्न भएको छ । हनुमानढोकाभित्र भएको विशेष कार्यक्रममा श्रीखण्डमूल महाविहारका श्याममान बज्राचार्य र बज्रशील महाविहारका शीलमान बज्राचार्यको अगुवाइमा मामकी र बज्रसत्व पूजा गरिनाका साथै दान प्रदान गरिएको थियो । बज्राचार्य गुरुहरुलाई चामल, चिउरा, पैसालगायत दान गरिएको थियो । बज्रसत्व पूजामा आनन्दमुनि बज्राचार्यले बज्रसत्वको नृत्य तथा राजगुरु मञ्जुश्रीरत्न बज्राचार्यले विशेष पूजा गर्नुभएको थियो । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले दे थाय्पा धुपरत्न बज्राचार्यको हातबाट टीका तथा प्रसाद ग्रहण गर्नुभएको थियो । दे आचार्य गुठीको पहिलो दिन…
Read Moreलुम्बिनी संरक्षणको मुद्दा सर्वोच्चमा, अशोक पिलर मक्किदै गएकोमा संरक्षणको माग
विश्व सम्पदामा सूचीकृत लुम्बिनी संरक्षण गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । ऐतिहासिक, पुरातात्त्विक क्षेत्रको संरक्षणमा प्रतिकूल असर गर्ने गरी निजी उद्योग दर्ता गरेको र त्यसले यो क्षेत्रमा गम्भीर असर गरेको भन्दै बुधबार रिट दर्ता भएको हो । केही व्यक्तिको स्वार्थपूर्तिको लागि प्रदूषणयुक्त निजी उद्योगलाई स्वीकृति प्रदान गर्नु संविधान, विभिन्न राष्ट्रिय कानुनी व्यवस्था, औद्योगिक प्रवर्द्धन बोर्डको निर्णय तथा अन्तराष्ट्रिय कानुनविपरीतको कार्य हो भन्दै सम्पदा संरक्षण अभियन्ताले रिट दायर गरेका हुन् । प्रधानमन्त्री कार्यालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, वन तथा वातावरण…
Read Moreबुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित अन्तराष्ट्रिय सम्मेलन सम्पन्न
तीन बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलन आज सम्पन्न भएको छ । दक्षिण एशियामा जातीय र धार्मिक द्वन्द्व न्यूनीकरण गरी शान्ति स्थापनाका लागि प्रयास गर्ने, लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति केन्द्र स्थापनाका लागि सबै देशले सहकार्य गर्ने तथा प्रत्येक वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति सम्मेलन गर्ने निर्णय गरी सम्मेलन सम्पन्न भएको हो । सम्मेलनका निर्णय आज लुम्बिनीको मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन गरी सार्वजनिक गरिएको सो सम्मेलनका सहसंयोजक सुजिता भट्टराईले जानकारी दिनुभयो । लुम्बिनी विकास कोष, नेपाल सरकार र विनचेस्टर विश्वविद्यालय बेलायतद्वारा संयुक्त रुपमा आयोजना गरिएको ‘दक्षिण एशियामा…
Read Moreलुम्बिनीमा अन्तर्राष्ट्रिय सम्मेलन शुरु
लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले ‘दक्षिण एशियामा शान्ति र मेलमिलापका लागि धर्म र संस्कृतिको भूमिका’ विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि लुम्बिनीमा शुरु भएको छ । नेपाल सरकार, लुम्बिनी विकास कोष, र विनचेस्टर विश्वविद्यालय बेलायतको संयुक्त आयोजनामा शुरु भएको सो सम्मेलनमा बेलायत, क्यानडा, बङ्गलादेश, नेदरल्याण्डस, इन्डोनेसिया, श्रीलङ्का, भारत र नेपाललगायत १५ मुलुकका २४ जना विज्ञले कार्यपत्र प्रस्तुत गर्दैछन् । सम्मेलनमा विभिन्न मुलुकले द्वन्द्व अन्त्यका लागि गरेका प्रयास, धार्मिक तथा साम्प्रदायिक युद्धको समाधानका उपायलगायतका विषयमा छलफल हुनेछ । सम्मेलनमा ‘शान्ति स्थापनामा बुद्ध धर्मको महत्व’ विषयमा केन्ट विश्वविद्यालयका प्रा…
Read Moreकुम्भघोषकको कथा
✍️ संजय शाक्य भगवान् बुद्धको समयमा राजगृह नगरमा र राजगृह श्रेष्ठीको घरमा अहितवातक रोग लाग्यो। यो रोग लाग्दा अन्य प्रणीदिखि लिएर मानिसहरु समेत मर्छन्। घरको भित्ता फोडेर जानेको ज्यान बच्छ। यो रोग राजगृह श्रेष्ठीलाई पनि लाग्यो। उनका छोरा अगाडि बसिरहेका थिए। श्रेष्ठीले छोरालाई भने,” बाबु, यो रोग लाग्दा घरको भित्ता फोडेर जो निस्कन्छ,उसको ज्यान बच्छ। अत: हामीहरुको वास्ता नगरी भित्ता फोडेर निस्की आफ्नो ज्यान बचाऊ। पछि आएर फलाना ठाउँमा गाडिराखेको ४० कोटी धन लिई आफ्नो जीविका गर।” उनी त्यसै गरी पहाडतिर गएर बसे। १२ बर्षपछि उनी राजगृह नगरमा फर्केर आई…
Read Moreबुद्धले राजा अजातसत्रुलाई कसरी पशु बलि बिरोधी बनाए ?
बुद्ध कालिन समयको कुरा हो, त्यस समयमा अजातसत्रु नाम गरेको एकजना राजा थिए । एक समय जब अजातसत्रु समस्या नै समस्यामा परे, राजा समस्याहरुबाट छुटकारा पाउने बाटो भेट्टाउन सकिरहेको थिएन । यश समस्याको कारण अजातसत्रुको चिन्ता धेरै बढेको थियो । त्यसै समयमा उसको भेट एक तान्त्रिकसगं भयो । राजाले तान्त्रिकसगं चिन्ताको कारण बताए । तान्त्रिकले राजालाई समस्याबाट छुटकारा पाउनको लागि पसु बलिदिने उपाय बताए । राजाले तान्त्रिकको कुरामा बिश्वास गरेर पशुहरुको बलि दिने निर्णय गरे । यशको लागि एक ठुलो अनुस्ठानको तयारी गरियो र बलिको लागि भैंसीलाई बाधेर मैदानमा राखियो…
Read Moreथाइल्याण्डका भिक्षु भिक्षाटानका लागि काठमाडौँमा
थाइल्याण्डको धम्मकाय फाउण्डेसनका श्रद्धेय भिक्षुहरु आइतबार काठमाडौँको चावहिल जयवागेश्वरी परिसरमा भिक्षाटानमा सहभागि भएका छन् । विहानैदेखि सुरु भएको भिक्षाटन जयवागेश्वरी मन्दिरबाट सुरु भई सिफल, कुटुबहिल, पिंगला विहार, लामपोखरी, चावहिल गणेशस्थान बजार, चावहिल चौक हुँदै चारुमती विहारमा पुगेर समापन भएको थियो । भिक्षाटानमा सहभागि भएका थाइल्याण्डका १० भिक्षुहरुलाई स्थानीय उपासक उपासिकाले भिक्षादान गरेको चारुमती बुद्धिष्ट मिसनका तर्फबाट भिक्षु तपस्सी धम्मले जानकारी दिए । भिक्षाटान पश्चात भिक्षुहरुले ऐतिहासिक चारुमती (धन्दो) स्तुप अवलोकन गरी चावहिल निवासी रामप्रसाद डंगोलको घरमा भोजनदान तथा परित्राण पाठ गरेका थिए । तस्विर सौजन्य : भिक्षु तपस्सी धम्म
Read Moreखादाको दुष्प्रचार गरेको भन्दै माइतीघर मण्डलामा विरोध जुलुस
बौद्ध धर्मावलम्वीले पवित्र वस्तुको रुपमा लिने खादा प्रति केही समययता विभिन्न आक्षेप तथा लान्छाना लगाउने किशिमको कृयाकलाप भइरहेको भन्दै विभिन्न संघसंगठनले आज ११ बजे काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शनी गर्ने गरेका छन् । हिमाली बौद्ध धर्मावलम्वीहरुका लागि खादा धार्मिक तथा सांस्कृतिक रुपले निकै महत्वपुर्ण भएका कारण कुरै नबुझी सामाजिक सद्भाव भड्काउने किशिमका अभिव्यक्ति वा गतिविधि नगर्न पनि बौद्धमार्गीहरुले अनुरोध गरेका छन् । केही दिन अघि नेकपा नेता खगराज अधिकारीले खादा फ्रि तिब्बत बिरोधी नारा लेखिएको हुने आक्षेप लगाएदेखि बौद्धमार्गीहरु आक्रोशित बनेका हुन् । समय समयमा आउने यस्ता खादा विरोधी…
Read Moreआज माइतीघर मण्डलाका खादा सम्बन्धी प्रदर्शनी हुने
बौद्ध धर्मावलम्वीले पवित्र वस्तुको रुपमा लिने खादा प्रति केही समययता विभिन्न आक्षेप तथा लान्छाना लगाउने किशिमको कृयाकलाप भइरहेको भन्दै विभिन्न संघसंगठनले आज ११ बजे काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शनी गर्ने भएका छन् । हिमाली बौद्ध धर्मावलम्वीहरुका लागि खादा धार्मिक तथा सांस्कृतिक रुपले निकै महत्वपुर्ण भएका कारण कुरै नबुझी सामाजिक सद्भाव भड्काउने किशिमका अभिव्यक्ति वा गतिविधि नगर्न पनि बौद्धमार्गीहरुले अनुरोध गरेका छन् । हिमाली क्षेत्रमा फूल नपाइने भएपछि फूलको विकल्पमा पूजाआजा लगायतका शुभकार्य गर्दा खादाको प्रयोग गरिन थालिएको विश्वास छ ।
Read More