प्राकृतिक र मौलिक संस्कृतिले सम्पन्न नेपालमा हलिउड र बलिउडका निर्माताहरू फिल्म छायांकनका लागि आउने गरेका छन् । अधिकांशले आफ्नै कथावस्तुमा यहाँका दृश्य राख्छन् भने केहीले यहीँका स्थानीय कथालाई आफ्नो चलचित्रमा समेट्ने गरेका छन् । यसैबीच चिनियाँ अमेरिकी लेखक, कलाकार र फिल्म निर्माता रोबर्ट लीनले नेपालको मौलिक विषयवस्तुमा फिल्म बनाउन लागेका छन् । दर्जन बढी अमेरिकी र चिनियाँ फिल्ममा अभिनय गरिसकेका लिन सन् २०१० मा पहिलो पटक नेपाल आएका थिए । आठ पटक नेपाल आइसकेका उनी यहाँका मौलिक कला संस्कृति र सम्पदाको बारेमा अध्ययन गर्न रुचाउँछन् । उनी पटक–पटकको आगमन र…
Read Moreमहिना: जुन 2022
वसन्त महर्जनको ‘बुद्ध विमर्श’ सार्वजनिक
बौद्ध धर्म र दर्शनसम्बन्धी अनुसन्धानात्मक लेख तथा पूस्तक लेख्दै आएका वसन्त महर्जनको एघारौं पुस्तक ‘बुद्ध विमर्श’ प्रकाशित भएको छ। बुद्ध भनेका गौतम बुद्ध एक जना मात्रै नभएर विगतमा बोधि (ज्ञान) प्राप्त गर्ने अनेकौं नामका अन्य बुद्धहरू पनि रहेकोे र ती बुद्धहरूको पनि बौद्ध समाजबाट आदरसत्कार हुने जानकारी पुस्तकमा परेको छ । यसरी नै बज्रयानी बौद्ध समाजमा प्रचलित ‘पञ्चबुद्ध’ को अवधारणा प्रस्तुत गर्दै तिनीहरू मानव बुद्ध नभएर बौद्ध दर्शनलाई बुुझ्न र बुझाउन ध्यानसाधनाबाट सिर्जना गरिएका प्रतीक वा ध्यानीबुद्ध रहेको कुरा पनि पुस्तकमा उल्लेख गरिएको छ । गौतम बुद्धको दैनिक जीवन चर्या…
Read More‘कवड्डी ४’ ले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै उजुरी
‘कबड्डी ४’ फिल्मले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ । रोविनकुमार लामाले सोमबार फिल्मविरुद्ध उजुरी दर्ता गराएको प्रशासनका सूचना अधिकारी दीपक पौडेलले जानकारी दिए । निवेदक लामाले फिल्मको प्रदर्शन रोक्न समेत माग राखेका छन् । उनले दृश्य काँटछाँट गर्न पनि माग गरेका छन् । निवेदनमा सेन्सर बोर्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विपक्षी बनाइएको छ । उजुरीमा लामाले उल्लेख गरेका छन्, ‘कबडडी ४ चलचित्रको मूल कथावस्तु र प्रस्तुतिका दृश्यहरु बौद्ध धर्मावलम्बी लामा भिक्षु वर्ग, सनातन बौद्ध सम्प्रदाय विशेषको मानमर्यादामा गम्भीर हानी नोक्सानी पु¥याई…
Read Moreपवित्र महिना सागा दावाको महत्व
टीका शेर्पा सागादावा अर्थात् जेष्ठ शुक्लपक्ष तिथिको अत्यन्त महत्वपूर्ण तथा पवित्र महिना मानिन्छ । विशेषगरी महायानी बौद्ध धर्मावलम्बीहरूमा यो पवित्र महिनाको महत्व विशेष खालको रहेको छ । भगवान् बुद्धले जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणमा प्रवेश गर्नुभएको अत्यन्त महत्वपूर्ण महिना सागादावा नैभएकोले गर्दा पनि यो महिनाको महत्व बढेर गएको हो । भगवान् बुद्धले विशेषगरी चार अवस्थाहरूले गर्दा दरवारको सबै सुखसयलहरू त्यागेर वनगमन गरेका थिए । ६ वर्षको कठोर तपस्यापछि बुद्धत्व प्राप्त गर्नुभएका सिद्धार्थ गौतमले आपूm दरबारमा रहँदा देखिएका ती दुखदायि चार अवस्थाहरू जस्तै ः जन्म, जरा, व्याधि र मृत्यजस्ता अत्यन्त दुःखद्…
Read Moreधरानमा ४० फिट अग्लो बुद्ध मूर्ति स्थापना
धरान उपमहानगरपालिका–४ छोटीमोरङस्थित थुम्की डाँडामा ४० फिट अग्लो बुद्धको प्रतिमा स्थापना गरिएको छ । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले बुद्धको उपदेश, शिक्षा र ज्ञानले विश्वलाई प्रभाव पारेको बताएका छन् । धरान उपमहानगरपालिका वडा नं. ४ छोटी मोरङस्थित ४० फिटको बुद्धको प्रतिमा अनावरण समारोहलाई आइतबार सम्बोधन गर्दै प्रमुख खापुङले पहिले बुद्धलाई लाइट अफ एसिया भनिँदै आएकोमा अहिले आएर लाइट अफ वल्र्ड भनेर संसारले स्विकार्न थालेको बताए । धरान–४ को छोटी मोरङमा निर्माण भएको ४० फिटको बुद्धको प्रतिमा धरानको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने प्रदेश प्रमुखको भनाई थियो ।…
Read Moreलामा फुर्पा र अभिनेत्री मिरुना मगरबीच यसरी बन्यो सहमति
‘कबड्डी ४’की अभिनेत्री मिरुना मगरले दुर्व्यवहारको आरोप लागेका फुर्पा तामाङलाई भाइ सम्झेर माफी दिएकी छन् । मंगलबार दुवै पक्षबीच भएको सहमतिमा मगरले आरेपी फुर्पालाई भाइ सम्झेर माफी दिएकी हुन् भने अभिनेत्री मगरले पनि बौद्ध धर्मावलम्बीसँग माफी मागेकी छन् । दुवै पक्ष छलफलले आगामी दिनमा यस विषयमा विवाद नगर्ने, एकअर्काप्रति अनावश्यक टिप्पणी नगर्ने र धार्मिक तथा साम्प्रदायिक द्वेश फैलन नदिन सबै सरोकारवालालाई अपिल गर्ने सहमति भएको छ । सहमतिपत्रमा अभिनेत्री मगर, आरोपी फुर्पा तामाङ, कबड्डी फिल्मको तर्फबाट निर्देशन रामबाबु गुरुङ, दयाहाङ राई, मणिराम पोखरेल, विजय बराल, सञ्जाग लाफा मगर, पशुपति राई…
Read More