बुधबारदेखि लुम्बिनीमा त्रिपिटक वाचन हुँदै

शाक्यमुनी बुद्धको जन्मस्थल लुम्बिनीमा पहिलोपटक बौद्ध ग्रन्थ त्रिपिटक बाचन समारोह भोली बुधबारदेखि सुरु हुँदैछ । त्रिपिटक बुद्धले दिएको ज्ञान र शिक्षाको सार संग्रहित महत्वपूर्ण ग्रन्थ मानिन्छ । बौद्ध धर्ममा त्रिपिटकको बिशेष महत्व हुँदाहुँदै पनि यस’bout धेरै नेपाली अनविज्ञ रहेकाले नेपालमै पहिलोपटक लुम्बिनीमा त्रिपिटक वाचन गर्न लागिएको आयोजकले जनाएका छन् । अमेरिकन बुद्धिष्ट एशोसिएसन, अखिल नेपाल भिक्षु महासंघ र थाई बुद्ध बिहार लुम्बिनीको संयुक्त आयोजनामा त्रिपिटक बाचन समारोह हुँदैछ । कात्तिक २८ गते बिहान ७ बजेदेखि मायादेवी मन्दिरको पवित्र उद्यानभित्र त्रिपिटक बाचन गरिँदै छ । त्रिपिटक बाचनका लागि १८ देशबाट ७…

Read More

भगवती प्रज्ञापारमिता हृदयसूत्रको नेपाली अनुवाद विमोचन

बौद्ध धर्मगुरु परम पुजनीय क्याब्जे शेछेन राब्ज्याम रिन्पोछेले केही दिन अघि बुद्ध बचनहरुको संग्रह त्रिपिटक अन्तर्गतको भगवती प्रज्ञापारमिता हृदयसूत्रको नेपाली अनुवादको विमोचन गरे । उनले प्रज्ञापामिता सुत्र’bout उपदेश दिँदै बुद्ध धर्म कुनै कल्पना नभई एक विज्ञान भएकोले आज संसार भरी यसको महत्व बुझ्ने तथा अवलम्बन गर्नेहरुको संख्या दिनानुदिन बढ्दै गइरहेको बताए । नेपालीहरुले बुद्धधर्मको मर्म बुझेर यसलाई आफ्नो जीवनमा लागु गर्न पनि उनले सुझाव दिए । कार्यक्रममा प्रज्ञापारमिता सुत्रको नेपाली भाषामा अनुवाद कार्यमा रु एक लाखदेखि माथि सहयोग गरेका दाताहरुलाई रिन्पोछेबाट अभिनन्दन पनि गरिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक…

Read More

बौद्ध संघ र खेम्पो पदवीको परम्परा

लामा टि. ग्याल्छन भगवान बुद्धले बोधगया (बज्रासन)मा सम्बबोधी ज्ञान प्राप्त गरेपछि सर्वप्रथम उक्त ज्ञानको प्रथम उत्तराधिकारी आफ्ना पूर्व सहयोगीहरु पञ्चभद्रीय भीक्षुगण ठानेर उनीहरुलाई चार आर्यसत्यको ज्ञानबाट प्रदिक्षित गुर्न भएको थियो । यो नै बुद्धधर्मको पहिलो भिक्षुक संघ थियो । बौद्ध शिक्षाको प्रारम्भ बिन्दु पनि त्यसैलाई मानिन्छ । त्यो दिनलाई धर्मचक्र प्रवद्र्धन दिवसको रुपमा मान्ने गरिन्छ । यो बौद्ध परम्पराको एउटा प्रमुख पुण्यतिथि पनि हो । त्यो भिक्षुक संघको प्रथम ‘उपाध्याय’ (खेन्पो)को स्थानमा स्वयं भगवान महान शास्ता (पथप्रदर्शक) रहनु भएको देखिन्छ । बुद्ध सन्देशको प्रचार प्रसारको विस्तारसँगै त्यसप्रकारको भिक्षुक संघहरु विस्तार…

Read More

मंगलमार्ग बौद्ध ध्यान केन्द्रमा कथिन चीवरदान सम्पन्न

प्रदेश नम्बर ३ का सांसद शोभा शाक्य सहित २० जना समूहद्वारा कुसुन्ती नक्खुमा नवनिर्मित मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र, नख्खुमा महान कथिन चीवरदान सम्पन्न भयो । थाईल्याण्डका भिक्षु विमलधम्म महास्थवीरले ३ महिना वर्षावास पूरा गरेको उपलक्ष्यमा उक्त कथिन चीवर दान कार्यक्रम सम्पन्न भएको थियो । उपासक अशोक बज्राचार्यको निवासबाट कथिन चीवर जात्रा गरि विहारमा ल्याइएको थियो । कार्यक्रममा सांसद शोभा शाक्यले स्वागत मन्तव्य दिएकी थिइन् । विहारका अध्यक्ष मंगल कृष्ण महर्जनले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका व्यक्तिहरु समेत यस विहारमा ध्यान भावना गर्न आओस् भन्ने हेतुका साथ ध्यान केन्द्र निर्माण गरेको…

Read More

कसरी बने सिन्धुपाल्चोकका कमल भण्डारी , बौद्ध भिक्षु ङवाङ ?

कहिलेकाँही जिन्दगी अनौठो तरिकाबाट गुज्रदो रहेछ । यस्तै लाग्छ सिन्धुपाल्चोकका कमल भण्डारीलाई भेट्दा । सनातन ब्राह्मण परिवारमा जन्मिएका उनले त्यस्तो बाटो रोजे, सायदै उनको पारिवारिक सदस्य वा उनी निकटका कसैले सोचेको थियो, उनको जीवनले त्यो बाटो तय गर्ला भनेर । सिन्धुलाल्चोकस्थित हालको बारविसे नगरपालिकामा करिब ३ दशक अघि जन्मिएका कमलले जब १९ वर्षको उमेर टेके, उनमा एउटा छुट्टै अद्भुत भावना तरंगितभयो । जुन जीवन बाँचीरहेका थिए वा जुन परिवेशमा हुर्किरहेका थिए, उनलाई लाग्यो ‘त्यो मेरो बाटो होइन’। भित्री मनले दरोसँग भन्यो ‘कमल अब तिमीले हिड्ने बाटो अर्कै हो ।’ त्यसपछि…

Read More

जाने होइन त बौद्धमार्गीको पवित्र स्थल टाइगर नेष्ट

भुटानको टाइगर नेष्ट मन्दिर अत्यन्त पवित्र बौद्ध मन्दिरमध्ये एक हो । स्थानियहरु यो मन्दिरलाई ‘तक्षाङ मोनाष्ट्री’को नामले चिन्दछन् । तर अग्लो चट्टानी पहाडमा टाँसिएको तक्षाङ मोनाष्ट्री जान–आउन त्यती सहज छैन । ‘तक्षाङ मोनाष्ट्री’ समुन्द्र सतहभन्दा ३ हजार १ सय २० मिटरको उचाईमा छ । भुटानको पारो शहर पुगेपछि मन्दिरतर्फको वास्तविक यात्रा शुरु हुन्छ । पारोबाट करिब १२ किलोमिटरको उकालो चढेपछि मन्दिर पुगिन्छ । पारो शहरबाट उकालो चढ्न थालेपछि बाटोमा प्रशस्तै मनोरम दृष्यको अवलोकन गर्न सकिन्छ । बाटोमा भेटिने यो झरनालाई प्रायः यात्रुले श्रद्धापूर्वक पुजा तथा परिक्रमा पनि गर्दछन् । उनीहरु…

Read More

Shah Allah Ditta Buddhist Caves in Pakistan in Need of Preservation

Though overshadowed by other, more prominent Buddhist sites in Pakistan, the 2,500-year-old Buddhist caves of Shah Allah Ditta village attract hundreds of visitors each weekend. The caves themselves and the amenities surrounding them, however, appear to have been neglected by the authorities, and plans for the regulation, conservation, and development of the site have yet to be put into action. The caves, known locally as Sadhu ka Bagh, are located next to the to the shrine and tomb of Shah Allah Ditta, a Mughal-era dervish, in the Margalla Hills—part of…

Read More

सम्यक आजीविका नै एउटा धर्म हो

चित्र शाक्य हामी धर्म भनेको अलग्गै र हाम्रो कामकाजलाई अलग्गै मान्छौं। त्यसले हामीलाई धर्मबाट टाढा बनाएको छ। जीवनमा हामी अनेक काम गर्छौं। त्यसबाट अरूलाई पनि हित हुने वा आफ्नो चाहिं हित हुने तर अरूलाई अहित गर्ने वा नोक्सान पुर्‍याउने हुन्छ। आफ्नो हित हुने तर अरूको नोक्सान गर्ने काम पाप हो भने, आफ्नो पनि हित हुने र अरुलाई पनि फाईदा पुर्‍याउने काम धर्म हो। तर वास्तवमा हामी अघि पछि गर्ने कामलाई धर्म भन्दैनौं। बुद्धपूजा गर्ने, बसुन्धरा, अष्टमी आदिको व्रत बस्ने, सत्यनारायणको पूजा लाउने, एकादशीको, सन्तोषीमाँको साईव्रत उपवास बस्ने आदिलाई धर्म मान्छौ,…

Read More

थेरवाद बुद्धधर्ममा कथिन दानको महत्व

पदुम श्रामणेर बुद्धशासनसित सम्बन्धित कुनै पनि सानो गल्तीदेखि लिएर ठूलठूला गल्तीहरू लगायत सभ्य संस्कृति तथा अवस्था, परिस्थितिलाई जोड दिनुभई भगवान बुद्धले आफ्नो जीवनकालमा धेरै नै विनय नियमहरू प्रज्ञप्त गर्नुभयो । उहाँले कुनै घटनालाई अबलम्बन गर्नु भई नै नियमहरू प्रज्ञप्त गर्नुभएको बुद्धकालीन पुस्तकहरूमा जीवन्त छ । उहाँले प्रज्ञप्त गर्नुभएको विनय नियमहरूमा कथिन दान पनि एक हो । जसको आफ्नै मौलिक इतिहास अंकित छ । सर्वोत्तम बोधिज्ञान प्राप्त पश्चात “बहुजन हिताय बहुजन सुखाय” को लक्ष्य लिनुभई आफ्नो गन्तव्यमा लाग्नु भएका बुद्ध आफ्नो पहिले वर्षावास पश्चात उरुवेल जंगलको आसपासमा रहेको हरियालीपूर्ण जंगलमा ध्यान…

Read More