तीन महिने आधारभुत बौद्ध धर्मदेशना हुँदै

थाङ्कर देचेन चोलिङ गुम्बाद्वारा प्रायोजनमा तीन महिने आधारभुत बौद्ध धर्म देशना हुने भएको छ । धर्मदेशनामा शिक्षक तथा प्रशिक्षकको रुपमा श्रद्धेय खंग्सेर रिन्पोछे, श्रद्धेय तेन्जिन छोपेन ल्हारम्पा –अमिन) र श्रद्धेय ल्हुन्दुप सोपा शेर्पा रहनु भएको छ । यही जेठ २ गते बुद्ध जयन्तीको अवसर पारेर हुने कार्यक्रम प्रत्येक महिनाको ४ दिन शनिवार हुनेछ । जम्मा १२ दिन हुने धर्मदेशनाको ९ दिन जुमबाट र बाँकी ३ दिन काठमाडौँको स्वयम्भूमा रहेको थाङ्कर देचेन चोलिङ्ग गुम्बामा कक्षा हुनेछ । बौद्ध धर्मदेशनामा बुद्ध धर्मको परिचय र इतिहास, चार आर्य सत्य, त्रिशरण गमन लगायतको शिक्षा…

Read More

पाँच सय वर्षसम्म कहाँ हरायो लुम्बिनी ? यस्ता छन् ५ आशंका

प्रदीप आचार्य ईशाको सातौं शताब्दी अर्थात आजभन्दा १४ सय वर्षअघि पनि बुद्ध जन्मस्थल लुम्बिनीमा थुप्रै तीर्थयात्रु आए । खासगरी चिनियाँ यात्रुले लुम्बिनी घुमेपछि लेखेका यात्रा वृतान्तहरु लुम्बिनीको पहिचान र प्रचारका लागि महत्वपूर्ण दस्तावेज नै बने । चौथो शताब्दीमा लुम्बिनी भ्रमण गर्ने सेङ साई, पाँचौं शताब्दीमा लुम्बिनी आउने फाहियान र सातौं शताब्दीमा हुनएन साङलगायत थुप्रै अन्तर्राष्ट्रिय बौद्ध तीर्थयात्रु लुम्बिनीलाई बौद्ध आस्थाको केन्द्र मानेर आएका हुन् । यसको अर्थ त्यतिबेला नै लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध तीर्थस्थलका रुपमा प्रचार भइसकेको थियो । पुरातत्त्व तथा इतिहासका विज्ञहरु ईशापूर्व २४९ मा भारतीय सम्राट अशोक आउनु अघिदेखि…

Read More

बौद्धमा तिमाल जात्राको रौनक

दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध चैत्य (स्तूप) परिसरमा शुक्रबार रातभर बत्ती बालेका बौद्ध धर्मावलम्बी तामाङ समुदाय आज बिहानैदेखि बालाजु २२ धारा लागेका छन् । चैत्र शुक्ल चतुर्दशीका दिन बौद्धमा आई पूजा गरेर दिवङ्गत पितृका नाममा बत्ती बाल्ने, पूर्णिमाका दिन बिहान बालाजु २२ धारामा गएर स्नान गरी नागार्जुनको जामाचो र स्वयम्भूमा दर्शन गर्न जाने विधि प्राचीनकालदेखि चल्दै आएको छ । काठमाडौँ उपत्यकामा पानीको दह भएका बेला डाँडाडाँडामा रहेका बस्तीमै यस दिन दिवङ्गत पितृलाई सम्झने विधि प्रचलनमा रहे पनि तेमालका अन्तिम तामाङ राजा रिन्छिन दोर्जेको कालदेखि यो पर्वलाई राष्ट्रिय मान्यता दिइ…

Read More

सिन्धुपाल्चोकको चौतारामा बुद्ध पार्क उद्घाटन

सिन्धुपाल्चोकको चौतारामा रहेको बुद्ध पार्कको सभामुख अग्नि प्रसाद सापकोटाले उद्घाटन गर्नुभएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको नगर गौरवको योजनाको रूपमा रहेका गौतम बुद्धको प्रतिमा सहितको बुद्ध पार्कको बिहिबार उद्घाटन गर्नुभएको हो । पर्यटन प्रवद्र्धनका साथै स्थानीयलाई गाउँमै आत्मनिर्भर बनाउने योजना अनुरुप चौतारा साँगाचोकगढी नगरपालिका–६ स्थित दारेगौडाको पानी ट्यांकी डाँडामा भगवान गौतमबुद्धको प्रतिमा सहितको बुद्धपार्क बनेकोे छ । सदरमुकाम चौतारा बजारबाट आकर्षक हजारौं सिँढी उक्लँदै पुग्न सकिने बुद्धपार्कको निमार्णकार्य सम्पन्नभएको हो । सिढींबाट आरामदायी यात्रासँग पुग्न सकिने उक्त बुद्ध मुर्ती ६७ फिट अग्लो रहेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको नगर गौरवको…

Read More

बुद्धको अमृतमय वचन तथा बौद्ध परम्परा सार्वजनिक With Video

काठमाडौँमा एक कार्यक्रमका बीच ‘बुद्धको अमृतमय वचन तथा बौद्ध परम्परा’ नामक पुस्तक सार्वजनिक गरिएको छ । दुङ्जिन लोपेन रिन्पोछे दावा साङ्बोद्वारा लिखित पुस्तकमा बौद्ध धर्म र दर्शनका विविध पक्षहरुलाई समेटिएको छ । पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै इतिहासविद् डा. रमेशकुमार ढुंगेल, अनुवादकद्वय पुण्य पराजुली र टीका शेर्पा लगायतले पुस्तक बौद्ध धर्म र दर्शनको बारेमा बुझ्न अत्यन्तै महत्वपूर्ण रहेको बताए । पुस्तकमा गौतम बुद्धको संक्षिप्त जीवन लिला, बौद्ध धर्म र दर्शनको महत्व र बौद्ध शिक्षा किन आवश्यक छ लयायतका विषयहरु समेटिएको छ । कोरोना महामारी सुरु भएपछि दैनिक बाह्य गतिविधि ठप्प भएपछि…

Read More

पोखरामा विश्व शान्ति काग्यूर (त्रिपिटक) वाचन सम्पन्न

गुरुङ (तमु) लामा बौद्ध धर्म समाज केन्द्र द्वारा “अहिंसा परम धर्म हाम्रो चाहना, विश्व सर्ब शान्तिको कामना“ मुल नारा सहित आयोजित विश्व शान्ति काग्यूर (त्रिपिटक) वाचन महापूजा अनुष्ठान सम्पन्न भएको छ । पूजा पोखरामा चैत १३ देखि १८ गतेसम्म आयोजना भएको थियो । काग्युर बाचनको निमित्त बिभिन्न गुम्बा र क्षेत्रहरुबाट लामाहरु सहभागि हुनु भएको थियो । महापुजा अनुष्ठानको लागि तमु धिं नेपालले पुजास्थल साथै आवश्यक सम्पूर्ण सामग्रीहरु उपलव्ध गराएको थियो । महापूजा अनुष्ठानमा चारै वटा बौद्ध परम्पराका श्रद्धेय गुरुहरुलाई सहभागि हुनु भएको थियो । अनुष्ठानको उद्घाटन समारोहमा गण्डकी प्रदेशका प्रदेश…

Read More

बुद्ध जन्मभूमि लुम्बिनी लयमा फर्किदैं

कोरोना महामारीले थला परेको बुद्ध जन्मभूमि लुम्बिनीमा क्रमशः लयमा फर्कँदै छ । आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र बनेको लुम्बिनीमा अहिले आन्तरिक पर्यटकसँगै भारत तथा तेस्रो मुलुकका पर्यटकहरु बिस्तारै बढ्न थालेका छन् । मायादेवी मन्दिर अवलोकनका पछिल्लो केही दिनयताको तथ्यांक हेर्दा पयर्टकको संख्या दिनहुँ बढिरहेको देखिन्छ । यहाँ आउने आन्तरिकपछि धेरै पर्यटक भारतीय छन् । लुम्बिनी विकास कोषका कर्मचारीका अनुसार बुद्ध पूर्णिमा नजिक आउन लागेकाले पनि पर्यटकको संख्या र लुम्बिनीमा चहलपहल बढेको हो ।

Read More

भक्तपुरमा वज्र किलाय पूजा सम्पन्न

शनिवार बौद्ध दर्शन केन्द्रको आयोजनामा एकदिने सामूहिक रत्नदिप फुर्वा अर्थात् बज्र किलाय, ग्रहशान्ति पूजा र अमृत प्रदान गर्ने पूजा सम्पन्न भएको छ । सुर्यविनायक, भक्तपुरस्थित बौद्ध दर्शन केन्द्रमा भएको पूजामा सयौको संख्यामा भक्तजन सहभागि भएका थिए । बौद्ध दर्शन केन्द्र भक्तपुरको आयोजनामा पहिलो पटक बज्र किलाया पुजा आयोजना भएको हो । बज्र किलाय पूजासँगै धार्मिक प्रवचन पनि गरिएको थियो । धार्मिक प्रवचनमा भक्तपुर माणीपा सघंले दिन भरिको लागि भोजन दान र नयाँ पढ्नु आउने आमाहरुले खिर दान गरेका थिए । साथै बौद्धको थोईसम गोङफेलिङका आमाहरु पनि पुजाका पाल्नु भई सहयोग…

Read More