भक्तपुरमा वज्र किलाय पूजा सम्पन्न

शनिवार बौद्ध दर्शन केन्द्रको आयोजनामा एकदिने सामूहिक रत्नदिप फुर्वा अर्थात् बज्र किलाय, ग्रहशान्ति पूजा र अमृत प्रदान गर्ने पूजा सम्पन्न भएको छ । सुर्यविनायक, भक्तपुरस्थित बौद्ध दर्शन केन्द्रमा भएको पूजामा सयौको संख्यामा भक्तजन सहभागि भएका थिए ।

बौद्ध दर्शन केन्द्र भक्तपुरको आयोजनामा पहिलो पटक बज्र किलाया पुजा आयोजना भएको हो । बज्र किलाय पूजासँगै धार्मिक प्रवचन पनि गरिएको थियो । धार्मिक प्रवचनमा भक्तपुर माणीपा सघंले दिन भरिको लागि भोजन दान र नयाँ पढ्नु आउने आमाहरुले खिर दान गरेका थिए । साथै बौद्धको थोईसम गोङफेलिङका आमाहरु पनि पुजाका पाल्नु भई सहयोग गर्नु भई विशेष पुजाको लागि सुदिप कार्कि स–परिवारबाट गुरु दानको लागि सहयोग प्राप्त भएको थियो ।

बज्र किलाय पूजा गर्दा बाह्य दुःख कष्टहरु समाधान भई आन्तरिक पिर, चिन्ता, बेदनाहरु अन्त्य हुने र तथागत बुद्धको उपदेशहरुको पालना गर्नाले न्यूनिकरण हुने तथा यसलाई क्रमशः निरन्तरता जप, ध्यान, साधना गर्नु सकेमा सम्पूर्ण क्लेशबाट मुक्त हुने धार्मिक मान्यता रहेको छ ।

Share

Related posts

Leave a Comment