बौद्ध दर्शनका विशेषता र यसका आयाम

बुद्ध दर्शनमा आनन्द र अनुभूतिलाई आदरका साथ हेरिन्छ । शाल्पा तेन्जिन रिन्पोछेले प्रत्येक स्वासमा आनन्द शिर्षकमा किताब लेखेका छन् । यसैले बौद्ध दर्शनले आनन्द अनुभूतिलाई महत्व दिएको दिएको छ । शाल्पा एक ठाँउमा लेख्छन्– ‘जीवन साच्चै महत्वपूर्ण मौका हो । यदी हामी सम्पूर्णतामा बाँच्न चाहन्छौं भने हाम्रो चाहनाबारे स्पष्टत हुन जरुरी छ । हाम्रो उद्धेश्यको परिक्षण गरेर प्रत्येक क्रियाकलाप गर्नु सर्वोत्तम हो । शाल्पाले भने जस्तै हाम्रो उद्धेश्य निर्धारण हुन जरुरी छ । सहि उद्धेश्यले हाम्रो जीवनलाई सहज बनाउन सक्छ । खुशी कुनै निरपेक्ष विषय होइन । खुशीको लागि असल…

Read More

माघ १ गते स्वयम्भूमा एकदिने ध्यान शिविर हुँदै (भिडियो अन्तरवार्ता सहित)

बौद्ध धर्मगुरु आचार्य लामा कर्मा साङ्बोले नियमितरुपमा गर्दै आउनु भएको एक दिने ध्यान शिविरको अर्को कार्यक्रम माघ १ गते शनिवार हुँदैछ । ध्यान शिविर काठमाडौँको स्वयम्भू, हल्चोकस्थित ब्राका समाजसेवा समिति गुम्बामा हुने आचार्य लामा कर्मा साङ्बोले बताउनु भयो । ध्यान शिविरमा समथ र विपश्यना ध्यानको अभ्यास र यसको महत्वको बारेमा जानकारी दिइन्छ । विहान ८ बजेदेखि ४ बजेसम्म भएको ध्यान साधनामा विभिन्न पाठहरु समेत गरिने आचार्य लामा कर्मा साङ्बोले जानकारी दिनु भयो । Click For Interview धर्मगुरु आचार्य कर्मा साङ्बोले यसपटक देखि प्रत्येक नेपाली महिनाको पहिलो शनिवार ध्यान कार्यक्रम गर्ने…

Read More

तमु ल्होसार मनाउँदै गुरुङ समुदाय

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन्। ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो। यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा…

Read More

बौद्धमार्गीको हलेसी

बौद्ध धर्मगुरु पद्मसम्भवले ध्यान–तपस्या गरेको सम्मानित ठाउँ हो– हलेसी । त्यसैले बौद्ध धर्मावलम्बीले हलेसी गुफालाई मारातिका भनेर पुकार्ने गर्छन् । ‘मारातिका भनेको मृत्युबाट मुक्ति हो,’ मारातिका क्षिमेत ताग्तेन क्षोलिङ गुम्बा प्रमुख खेन्पो कर्म वाङ्चुक शेर्पा प्रस्ट्याउनु हुन्छ, ‘गुरु पद्मसम्भवले हलेसी गुफामा तपस्या गरी मृत्युबाट मुक्ति पाएकाले हलेसी गुफालाई मारातिका भनिएको हो । खासमा अमरातिका हो । बोलीचालीको भाषामा ‘अ’ लोप भएकाले मारातिका भन्न थालियो ।’ सातौँ शताब्दीको अन्त्यतिर पद्मसम्भव र मन्दरादेवी (पद्मसम्भवकी श्रीमती)ले हलेसीमा तीन महिना साधना गरेका थिए । तीन महिना साधना गर्दा उनीहरूले मृत्युबाट मुक्ति अर्थात् कहिल्यै जन्मनु…

Read More

लमजुङको करापु गाउँमा नयाँ गुम्बा शिलान्यास

गण्डकी प्रदेश, लम्जुङ जिल्ला मध्यनेपाल नगरपालिका ८ करापु गाँऊमा “करुणा धर्म चक्र बौद्ध गुम्बा“ निर्माणको शिलान्यास भएको छ । गुम्बा निर्माणको लागि लाल सुबा गुरुङको अध्यक्षतामा गुम्बा समिति गठन भएपछि जग्गा खोज्ने क्रममा करापु गाउँ निवासी गम्बुमान गुरुङ र क्या. कृष्ण बहादुर गुरुङले भूमि दान गर्नु भएको थियो । उहाँहरुले दान गर्नु भएको भूमिमा बृहत् साङ् (शुद्धिकरण) पुजा सहित भुमि शोधन तथा कलश थापना गरि गुम्बाको शिलान्यास कार्यक्रम सम्पन्न गरिएको हो । शिलान्यास कार्यक्रमको प्रमुख अथिति प्रदेश सभासद माननीय धनन्जय दवाडी र विशिष्ट अथिति राष्ट्रियसभा सदस्य दिपा गुरुङसहित उप–मेयर, वडाध्यक्ष…

Read More

नेपालबाट चोरी भएको १३ सय वर्ष पुरानो बुद्ध मूर्ति अक्सफोर्ड विश्वविद्यालयको संग्रहालयमा भेटियो

नेपालबाट चोरी भएको कम्तीमा १३ सय वर्ष पुरानो मूर्ति बेलायतको एक संग्रहालयमा फेला परेको छ। सातौँ–आठौँ शताब्दीको अवलोकितेश्वर/बोधिसत्व पद्मपानीको ढुंगाको मूर्ति काठमाडौँको लगन टोल तः बहामा रहेको बौद्धबिहारबाट चोरी भएको थियो। सन् १९८० को दशकमा चोरी भएको सो मूर्ति इंग्ल्याण्डस्थित अक्सफोर्ड विश्वविद्यालयको एश्मोलिएन म्युजियम अफ आर्ट एण्ड आर्किओलोजीको संग्रहमा फेला परेको नेपालबाट हराएका वा चोरी भएका पुरातात्विक महत्वका सम्पदाको पहिचानमा सक्रिय रहँदै आएको ‘लस्ट आर्टस् अफ नेपाल’ ले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ। लगन टोलको बौद्धबिहारबाट सो मूर्ति चोरी हुनुपूर्व खिचिएको तस्बिर र अहिले अक्सफोर्ड विश्वविद्यालयको संग्रहालयमा रहेको मूर्तिको…

Read More

मुगुका अग्नि पीडितको सहयोगका लागि बुद्धिस्ट फिल्म प्रदर्शन

मुगुका अग्नि पीडितको सहयोगका लागि काठमाडौँको बौद्धमा गरिएको च्यारिटी कार्यक्रममा २ लाख ६३ हजार १ सय रुपैयाँ संकलन भएको छ । उक्त संकलित रकमले अग्निी पीडित ८० जनालाई ज्याकेट किनेर प्रदान गरिने च्यारिटी सोको आयोजक शेल फिल्म्सले जनाएको छ । शेल फिल्म्सले च्यारिटी सोमा भिक्षु भिक्षु सेल्नाङ ग्याम्जो तामाङ निर्देशित दुई फिल्म सुपर मंक र छ्यालो प्रदर्शन गरेको थियो । उत्पला क्याफेमा भएको च्यारिटी सोमा उल्लेख्य दर्शक सहभागि भएका थिए । संकलित रकमबाट ज्याकेट बनाएर डिसेम्बर अन्तिमसम्ममा अग्नि पीडितसम्म लैजाने योजना आयोजकको रहेको छ । दुखमा परेकाहरुलाई सहयोग गर्न अरुले…

Read More

भत्किएको १८८ वर्षपछि ठडियो काँक्रेबिहार मन्दिर

सुर्खेतको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको काँक्रेबिहार मन्दिर पुरानै संरचनामा तयार भएको छ। शिखर शैलीको उक्त मन्दिरलाई पुरातत्व विभागले ठेक्का दिएर पुरानै संरचनामा तयार पारेको हो। यो मन्दिर विक्रम सम्बत् १८९० सालको भुइँचालोले भत्काएको थियो। काँक्रेबिहार मन्दिर भत्किएको १८८ वर्षपछि ठडिएको हो। अहिले यो मन्दिरलाई २१.५ मिटर उचाइको बनाइएको छ। झण्डै २ सय वर्षसम्म भग्नावशेषको रूपमा रहेको यो मन्दिरबारे काठमाडौंका प्रेमसिंह बस्न्यातले विद्यावारिधि शोधपत्र गरेका थिए। १८९० को भूकम्पले काँक्रेबिहार मन्दिर भत्किएको उल्लेख गरेका थिए। त्यतिमात्र होइन यो मन्दिर शिखर शैलीमा बनेको भन्ने पनि उनको शोधपत्रमा उल्लेख थियो। बस्न्यातले काँक्रेबिहार…

Read More

मुगुका अग्नी पीडितलाई सहयोग गर्न च्यारिटी सो गर्दै भिक्षु सेल्नाङ

मुगुमा आगलागीमा परेका २० घरका परिवारलाई चिसोबाट राहत दिने उद्देश्यले भिक्षु सेल्नाङ ग्याम्जो तामाङले काठमाडौँमा च्यारिटी सो गर्ने भएका छन् । २० घरका करिब ८० जनालाई ज्याकेट सहयोग गर्नका लागि भिक्षु सेल्नाङले यही डिसेम्बर १८ अर्थात् पुस ३ गते शनिवार बौद्धको उत्पला क्याफेमा आफ्ना दुई फिल्म प्रदर्शन गदैछन् । भिक्षु सेल्नाङ निर्देशित यी दुई फिल्म अन्तराष्ट्रिय फिल्म फेस्टिभलहरुमा समेत प्रदर्शन भइसकेका फिल्म हुन् । पालमुनि बसिरहेका उनीहरुलाई बढ्दै गरेको चिसोका कारण न्यानो कपडाको आवश्यकता देखेपछि उनले आफ्ना दुई फिल्मको च्यारिटी सो गर्दै ज्याकेट किन्ने रकम जुटाउन लागेका हुन् । भिक्षु…

Read More

गुरु रिन्पोछे जन्मदिन विशेषः १२ महिनाका दशमी तिथिका १२ लिला यस्ता छन्

चन्द्रमास पात्रो अनुसार हिमाली बौद्ध परम्पराका अनुयायीले आजको दिनलाई गुरु रिन्पोछेको जन्मदिनको रुपमा मनाएका छन् । धार्मिक मान्यता अनुसार गुरु रिन्पोछे सर्वसाधारण मानिसजस्तो गर्भबाट जन्मिएका थिएननन् । गुरु रिन्पोछे कमलको फूलबाट उत्पन्न भएका हुन् । गुरु रिन्पोछेको जीवन अनुसार प्राचीनकालमा सिन्दुरको महासागरको तलाउमा कमलको केशर अर्थात कमलको फूलबाट उनको उत्पत्ति भएको हो । गुरु रिन्पोछेका जीवनका १२ महिनाका १२ लिला प्रख्यात रहेका छन् । वज्रयान बौद्ध परम्पराका संस्थापकको रूपमा चिनिनु हुने आचार्य पद्मसम्भव अर्थात गुरु रिन्पोछे हालको भारतको ओडियानाको उत्तर पश्चिमी दिशा धनकोश तालको टापुमा बहु रङ्गीन कमलको फूलमा जन्मिनुभएको…

Read More