भक्तपुरको सुडाल गाउँमाथि रहेको ल्हासापाको महामञ्जुश्री गुफा

बसन्त महर्जन बौद्धहरू बौद्ध स्थललाई अत्यन्तै गौरव र मान राखेर तीर्थस्थलका रूपमा विकास गरी तीर्थ यात्रा गर्दछन् । यस्ता तीर्थहरू गौतम बुद्धसँग मात्रै सम्बन्धित हुनुपर्दछ भन्ने छैन । विभिन्न बोधिसत्व एवं प्रमुखतम् बौद्ध भिक्षुहरूसँग सम्बन्धित ठाउँलाई पनि उत्तिकै महत्व दिने गर्दछन् । यसरी नै आफ्नो गुरु वा गुरु परम्परासँग सम्बन्धित ठाउँलाई पनि तीर्थ नै मानी भ्रमण गर्दछन् र त्यहाँ श्रद्धा गरी गुणानुस्मरण गर्दछन् । यस्ता अनेक ठाउँहरूमा एउटा ल्हासापाको महामज्जुश्री गुफा पनि हो । यो प्राचीन भक्तपुर सहरभन्दा उत्तर अवस्थित सुडाल गाउँको माथि डाँडामा पर्दछ । काठमाडौं उपत्यकाको बनावटका सम्बन्धमा…

Read More

बौद्ध केन्द्रका रुपमा नेपाल

बसन्त महर्जन बौद्ध जगतमा एउटा विशिष्ट शब्द छ, बौद्ध केन्द्र । बुद्ध जीवनीसँग सम्बन्धित ठाउँविशेष हुँदैमा त्यसलाई ‘बौद्ध केन्द्र’ भनिँदैन । गौतम बुद्धको जन्मस्थल लुम्बिनी तथा उनको गृहनगर कपिलवस्तु बौद्ध केन्द्रको रुपमा कहिल्यै विकास हुन सकेन । मगध, वैशाली, कौशाम्बी, श्रावस्ती, सारनाथ, नालन्दालगायतका केही ठाउँहरु कुनै बेला बौद्ध केन्द्रको रुपमा भएपनि सँधै रहेन । भारतमा रहेका तीमध्ये केही क्षेत्रलाई पुनः ब्युँताउने कोशिस भइरहेको पाइन्छ तर बौद्ध जगतले त्यसलाई बौद्ध केन्द्रका रुपमा नभएर बौद्ध स्थलका रुपमा मात्रै हेर्ने गरेको पाइन्छ । बुद्धको जीवनसँग सम्बन्ध नराख्ने भएपनि तिब्बतलगायत चीनका कतिपय ठाउँ, जापान,…

Read More

कोरोना संक्रमणपछि बन्द बौद्धनाथ स्तुप खुल्ला, बढ्यो चहलपहल (फोटो फिचर)

कोरोना भाइरसको महामारीका कारण गरिएको लकडाउन तथा निषेधाज्ञाका कारण लामो समय बन्द भएका धार्मिक स्थलहरु विस्तारै खुल्ला हुन थालेका छन् । काठमाडौँको बौद्धमा रहेको बौद्धनाथ स्तुप पनि एक हप्तादेखि सर्वसाधारणका लागी खुल्ला गरिएको छ । खुल्ला गरिएपछि अहिले त्यहाँ दर्शन तथा घुमफिरका लागी धर्मावलम्वीका साथै सर्वसाधारणको चहलपहल देखिन थालेको छ । बिहिवार बौद्धनाथ परिसरमा देखिएको चहलपहलका केही दृश्यहरु  स्तुप खु    

Read More

बौद्ध संस्कृतिका करुणामय र नाथपन्थीहरू

बसन्त महर्जन पाटनमा ‘रातो मत्स्येन्द्रनाथ’को रथजात्रा हुन नसकेको र गर्नैपर्छ भनी अगाडि सरेका स्थानिय जनसमुदायमाथि प्रहरी हस्तक्षेपका कारण भदौ महिनाको दोस्रो र तेस्रो हस्ता तनावपूर्ण रह्यो । रातो मत्स्येन्द्रनाथ भनिएपनि बौद्धहरू यसलाई रक्तावलोकितेश्वर मान्दछन् । अझ जनबोलीमा यो ‘करुणामय’को नामबाट बढी चिनिन्छन् । लोकेश्वरहरू सबैमा महाकारुणाको दृष्टि हुने भएकाले सर्बै ‘करुणामय’ नामबाट सम्बोधन गरिन्छन् भन्ने कुरा काठमाडौं उपत्यकामा नै भएका अन्य लोकेश्वरहरूलाई पनि करुणामय नै भन्ने गरेबाट बुझ्न सकिन्छ । काठमाडौंमा चार करुणामय भनेर बेग्लाबेग्लै लोकेश्वरहरू चिनिन्छन् । तर पाटनको लोकेश्वरलाई रातो मत्स्येन्द्रनाथ र काठमाडौं (जनबहाल) को लोकेश्वरलाई सेतो मत्स्येन्द्रनाथ…

Read More

धार्मिक तथा सांस्कृतिक स्थल खुलाउन माग

विश्व हिन्दू महासङ्घले छ महिनादेखि मुख्य मठ, मन्दिर, गुम्बा, चैत्य लगायत धार्मिक स्थल बन्द गरिएकामा आपत्ति जनाएको छ । महासङ्घले भौतिक दूरी कायम राखी सांस्कृतिक स्थल खुला गर्न माग गरेको छ । महाङ्घका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेशप्रसाद न्यौपानेले शुक्रबार विज्ञप्ति जारी गरी अन्य क्षेत्र भौतिक दूरी कायम गरी खुलाउने तर मठ, मन्दिर, गुम्बा, चैत्य जस्ता स्थल बन्द गरिरहने सरकारको नीतिप्रति आपत्ति जनाएको हो । बौद्धनाथ, स्वयम्भूनाथ, पशुपतिनाथलगायत मुख्य धार्मिक स्थलमा दर्शन एवं पूजा आराधना गर्न चैतदेखि निषेध गरिएको छ । पशुपति क्षेत्र विकास कोषले दूरी कायम गरी मन्दिर…

Read More

कोरोनाले उल्ट्याएको मानव जीवनको परिभाषा-भिक्षु आनन्द

भिक्षु आनन्द मानव जीवनको पारिभाषा २१ औँ शताव्दीसम्म पुग्दा अति-व्यस्त, अति-धावनकारी जीवनशैली अपनाउने आर्थिक मानव, भौतिक मानव, व्यापारिक मानव, यान्त्रिक मानव  हुँदै रोबोट मानवको रूपमा परिभाषित हुँदै गएको छ । मान्छेलाई मन र भावना भएको चेतनशील, संवेदनशील, पारिवारिक, सामाजिक, धार्मिक, संस्कृतिक, आध्यात्मिक प्राणीको रूपमा अर्थ्याउनुभन्दा भौतिक तथा  यान्त्रिक मानवको रूपमा अर्थ्याउँदै आएको देखिन्छ । यस्तो अवस्थामा  एउटै  परिवारका सदस्यहरूबीच लामो समय संगै बस्न, भेटघाट गर्न, खान, बस्न, दुःख–सुख बुझ्न समेत आज मानिस  बेफुर्सदिलो गरिदिएको छ किनभने विकासको मापदण्डमा मानसिक र अध्यात्मिक पक्षलाई  भन्दा बाह्य भौतिक विकासलाई बढी महत्त्व र प्राथमिकता…

Read More

बुद्ध समाधिमा किन बस्नुहुन्छ ?

भन्ते नागसेन ! तपाईंहरु भन्नुहुन्छ कि भगवानले जे कुराहरू गर्नु थियोे सबै बोधीवृक्षको मुनि नै समाप्त भइसकेको छ । वहाँले अब अरु केही गर्नु बाकी छैन, आफुले गरेकोमा अरु केही जोडन थप्न बाकी छैन । साथ साथै यस्तो पनि सुन्नमा आउँछ कि तीन महीनासम्म वहाँले समाधी लगाउनु भएको थियोे ? भन्ते नागसेन ! यदी भगवानले बोधी वृक्षको मुनि सबै कुराहरू समाप्त गरिसकेको भए तब यो कुरा झुठो ठहरिन्छ कि तीन महीनासम्म वहाँले समाधी लिनु भएको थियोे । यदी भगवानले यथार्थमा तीन महीनासम्म समाधी लिएको भए तब यो कुरा झुठो ठहरिन्छ…

Read More

गुरु खेन् रिन्पोछे साङ्गे रङज्युङ रिन्पोछेको अगुवाइ तथा श्रद्धेय खेन्पो ङावाङ थेक्छोग रिन्पोछेको अनुरोधमा दस करोड वज्रगुरु सम्पन्न भएको छ

सांगे लेग्देन गुरुङ (भूपेन) संसारमा अचानक देखा परेको कोरोना महामारीका कारण अहिले सबै घरभित्रै बन्दक बनेको अवस्था छ । यो बाहिरी अनेकौं बस्तुमा लठ्ठिने चन्चले मनलाई कोरोना भाइरस नियन्त्रण र रोकथामका लागी गरिएको लकडाउन वा निषेधाज्ञाकाले झन चंचल, उदासी र आक्रान्त नहोस, मानसिक तनाव तथा मन शान्त सत्कर्ममा ध्यानाकर्षण होउन् भन्ने उद्देश्यले गरिएको १० करोड वज्रगुरु जप सम्पन्न भएको छ । जस अनुसार ध्यान साधना अन्तरगतको जपतपमा रहेर सबैको कल्याणकारी बिचार सहित माला, मन्त्र बाचनमा व्यस्त रहनाले होहल्ला अपसब्द र व्यर्थको कुरा कटौती तथा जपध्यानमा रहदा सकारात्मक बिचार तथा हाम्रो…

Read More

पशुपति क्षेत्रमा बौद्ध धर्म

बसन्त महर्जन पशुपति क्षेत्रमा शैव मतसँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक कलावस्तु पाइनु स्वाभाविक हो । किनभने प्राचीनकालदेखि यो शैवमार्गीहरूका लागि ठुलो धार्मिक स्थलको रुपमा रहँदै आएको कुरामा शंका छैन । अलि गहिरिएर हेर्दा यो शैवमार्गीको धार्मिक स्थल मात्रै नभएर एउटा सिंगो सभ्यता र ऐतिहासिक निरन्तरता भएको कुरा छर्लङ्ग हुन्छ । धार्मिक क्षेत्रका रुपमा मात्रै रहेको भए सामाजिक तथा सांस्कृतिक बन्दोवस्त हुँदैनथ्यो । त्यो प्राचीन सामाजिक तथा साँस्कृतिक बन्दोवस्त आजपर्यन्त जीवित पाइनु नेपालको लागि मात्र नभएर विश्व इतिहासकै लागि पनि गौरवको कुरा हो । काठमाडौं उपत्यकाका अन्य वस्तीसमान यहाँ पनि एउटा…

Read More

चैत्यको महत्व र प्रकार

बौद्धहरूले बुद्ध र बौद्ध महासिद्ध गुरुहरूका अवशिष्ट चिन्ह राख्नका लागि बनाउने स्मारक अथवा ढुंङ्गा, माटो, इँट आदिले बनाएको स्तूपहरूलाई चैत्य भनिन्छ। काठमाडौं उपत्यकामा रहेको स्वयम्भूनाथ र बौद्धनाथ स्तूपहरू बौद्ध धर्मालम्बीहरूले बनाएको प्रख्यात चैत्यको उदाहरण हुन्। बुद्ध पूजा नै चैत्य पूजा हो, किनभने बुद्ध पूजा गर्नको लागी नै बौद्ध चैत्यहरुको सृजना भएको हो । बुद्ध पूजा गर्नु भनेको तथागतको गुणानुस्मरण गर्नु हो । बुद्धको गुणानुस्मरणले हाम्रो मनलाई स्वच्छ र पवित्र बनाउनुका साथै हामीलाई कुशल कार्य गर्न अभिप्रेरित पनि गर्छ । चैत्यलाई पाली भाषामा चेत्तिय, नेपालीमा चैत्य र नेपाल भाषामा चीभाः भनिन्छ । ४ प्रकारका चैत्य १)…

Read More