कोरोना भाइरसका कारण यो वर्ष बुद्धजयन्तीमा ललितपुरको रुद्रवर्ण महाविहारमा बुद्ध पूजा मात्र हुने

नेपालको लुम्बिनीमा सम्पूर्ण सत्व प्राणिहरुको कल्याणार्थ जन्मेका महाकारुणिक महामानव शाक्यमुनी सिद्धार्थ गौतम बुद्धको जन्म, सम्बोधिज्ञान लाभ र महापरिनिर्वाणको त्रि–संयोग भएको पवित्र दिन बैशाख पूर्णिमाको पावन अवसरमा ललितपुर महानगरमा ६८ वर्ष देखि निरन्तर रुपमा विभिन्न धार्मिक कार्यक्रमहरुको आयोजना गरी बुद्ध जयन्ती मनाउँदै आइरहेकोमा यो बर्ष सिमित रुपमा मात्र मनाइने प्रेस विज्ञप्तिमार्फत जानकारी दिइएको छ । २५६४ औं बुद्धजयन्ती मूल समारोह समिति ललितपुरले जारी गरेको विज्ञप्ति अनुसार, लिच्छवी राजा शिवदेव प्रथमद्वारा प्रतिस्थापित कलात्मक एवं पौराणिक, ऐतिहासिक ललितपुर महानगरको महत्वपूर्ण यस शिवदेव संस्कारित ओंकुलि श्री रुद्रवर्ण महाविहार, ओकुबाहाःमा २५६४औं बुद्ध जयन्ती समारोह आयोजना…

Read More

यो वर्ष बुद्धजयन्तीमा वृहत कार्यक्रम नगर्ने नेपाल बौद्ध महासंघको निर्णय

कोरोना भाइरसका कारण नेपाल सहित विश्व नै आक्रान्त बनेका कारण नेपाल बौद्ध महासंघले यो वर्ष बुद्ध जयन्तीमा वृहत कार्यक्रम नगर्ने भएको छ । महासंघले विज्ञप्ती जारी गर्दै आउँदै गरेको २५६४ औँ बुद्धजयन्ती वृहतरुपमा कार्यक्रम आयोजना नगर्ने निर्णय गरेको हो । कोरोना भाइरसको महामारीबाट जोगिन विश्वभर नै अधिकांस मुलुकमा लकडाउन गरिएको र नेपाल सरकारको निर्देशन अनुसार भिडभाड गरेर सभा-सम्मेलन गर्न रोक लगाइएका कारण र महामारी फैलिन नदिन महासंघले बुद्धजयन्तीमा विशेष कार्यक्रम नगर्ने भएको हो । महासंघका अध्यक्ष आचार्य नुर्बु शेर्पाद्वारा प्रेशित विज्ञप्तीमा विभिन्न गुम्बा, विहार, बौद्ध संघसंस्थाहरुलाई पनि सरकारको निर्देशन अनुसार…

Read More

गौतम बुद्धका ९ सन्देश, जुन आधुनिक युगका लागी अत्यन्तै उपयोगी छन्

आधुनिक युगसँगै हामीहरू आफूलाई पनि आधुनिक ठान्ने गर्छौँ, तर के हाम्रो सोँच, विचार अनि नैतिकताले हाम्रो आधुनिकता झल्काउँछ? छैठौँ शताब्दीमा जन्मेर पनि बुद्धले आधुनिकतालाई चिनेका थिए, मानिसको जीवनको अर्थ र मूल्यलाई बुझेका थिए। हो, उनी राजदरबारमा जन्मिए, उनले चाहेको भए आफ्नो सारा जीवन राजविलासको भोगमा बिताउन सक्थे। तर उनले त्यसो गरेनन्, सुखै सुखमा बाँच्न पाउने मौकालाई त्यागेर उनले दुःखको पहिचान गर्न दरबार छाडे। कति हण्डर खाए, कति पीडा सहे अनि बल्ल उनले संसारको रितीलाई बुझे, दुःख र दुखाईलाई नजिकैबाट नियाले अनि एउटै ठाउँमा पनि मानिसको विचार र शैलीको भिन्नतालाई महशुस…

Read More

बौद्ध धर्ममा स्तुपको अर्थ, महत्व र इतिहास

सांगे लेग्देन गुरुङ (भूपेन) त्रिकालको सम्पूर्ण बुद्ध बोधिसत्व र मेरो मूल गुरु श्रद्धेय खेन्पो साङ्गे राङज्युङ रिन्पोक्षे ज्युको चरणगमन । हामी सबै प्राणीमा बुद्धताको हेतु भएरै पनि राग, द्वेष, अविद्या, ईर्ष्या, अहंले ग्रसित भई सांसारीक प्राणी हुन बाध्य छौँ । यस्तो क्लेशबाट शीघ्र मुक्त हुँदै परमसत्य बोधार्थ सदैव गुरुप्रति सदमार्गको अपेक्षा र गुरुको सुस्वास्थ दीर्घायुको प्राथना कामना गर्दछु । स्तुपको इतिहास स्तुपको महत्त्व र सम्मान बौद्ध धर्ममा अति उच्च रहेको छ । स्तुपलाई सम्पुर्ण त्रिकालको बुद्ध तथा बोधिसत्वहरुको चित्तको प्रतीक पनि मानिन्छ । छ्योतेन स्तुपको शाब्दिक, अर्थ पुज्यस्थान, अथवा स्तुति…

Read More

बौद्ध धर्म र संस्कृतिसँग जोडिएका १० सामान्य ज्ञान

१) भगवान् बुद्धको मृत्युपश्चात् बुद्ध धर्मको बारेमा लेखिएको पहिलो ग्रन्थ कुन हो? मूल सर्वास्थित विनय २) बौद्ध भिक्षुले पालना गर्नुपर्ने नियम २२७ वटा छन् भने भिक्षुणीले पालना गर्नुपर्ने नियमहरु कति छन्? २३१ ३) नेपालको सबैभन्दा ठूलो स्तूप कुन हो? बौद्धनाथ ४) गौतम बुद्धले आफ्ना उपदेश कुन भाषामा दिएका थिए? पाली भाषा ५) मुक्तिनाथ देवतालाई कुन कुन धर्मावलम्बीहरुले पूजा गर्छन? हिन्दु र बौद्ध ६) स्वयम्भूका निर्मल शान्त दुई आँखाले के के जनाउँदछन्? करुणा र स्वज्ञान ७)बौद्ध धर्मका पाँच शीलहरु के के हुन् ? बौद्ध धर्मका पाँच शील वा पञ्चशील भन्नाले सत्य,…

Read More

बौद्ध धर्मका त्रिरत्न र यसको महत्व

बौद्ध धर्ममा त्रिरत्नको खास महत्वपुर्ण अंग हो । बौद्ध धर्म नै त्रिरत्नमा आधारित रहेको छ । त्रिरत्न भन्नाले बुद्ध, धम्म र संघलाई बुझिन्छ । गौतम बुद्धले बुद्धत्व प्राप्ति गरे यता नै आफुले प्राप्त गरेको ज्ञानको प्रवद्र्धन गर्ने क्रममा बुद्ध, धम्म(धर्म) र संघ पनि त्रिरत्नको रुपमा विकसित भएको हो । बुद्ध करिब २७ सय वर्ष अगाडि हालको नेपालको लुम्बिनीमा गौतम बुद्धको जन्म भएको हो । बुद्ध भन्नाले अनन्त ज्ञानी र आफ्नै प्रयासले बुद्धत्व प्राप्त गरी संसारको कल्याणमा समर्पित भन्ने बुझिन्छ । धम्म(धर्म) बौद्ध धर्मको शिक्षालाई धम्म अर्थात् धर्म भनिन्छ । बौद्ध…

Read More

बुढानिलकण्ठ नगरपालिकाको विपद व्यवस्थापन कोषमा बौद्ध महायान केन्द्रको ५० हजार सहयोग

नेपाल बौद्ध महायान केन्द्र गुम्बाले बुढानिलकण्ठ नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा ५० हजार रुपैयाँ सहयोग गरेको छ । कोरोना भाइरसको महामारीका कारण गरिएको लकडाउनले समस्यामा परेको सर्वसाधारणलाई सहयोग गर्न नगरपालिकाले स्थापना गरेको कोषमा गुम्बाले सहयोग गरेको हो । नेपाल बौद्ध महायान केन्द्र गुम्बा बुढानिलकण्ठ-११ का प्रतिनिधिले सहयोग रकम नगर प्रमुख उद्धव खरेललाई हस्तान्तरण गरेका थिए । विपत्तिको बेला सहयोग रकम प्रदान गरेर गुम्बाले ठूलो सहयोग गरेको भन्दै नगरप्रमुख खरेलले धन्यवाद ज्ञापन गरे ।

Read More

भिक्षुका लागि रेलमा सिट आरक्षण गरिएको देश श्रीलंका

यात्रा संस्मरण / नारायण खड्का श्रीलंकाको एक चर्चित बौद्ध गुम्बा क्याण्डी सहरमा छ । त्यहाँसम्म जान हामीले बिहान ९ बजेतिर राजधानी कोलोम्बोबाट रेलको यात्रा सुरू गरेका थियौं। साथमा नेपाली श्यानी चौधरी, श्रीलंकाका निर्मल र उनका छोरा अनुदा थिए। नेपाल र श्रीलंकाको परिवेश र वातावरण उस्तै(उस्तै लाग्ने खाले रहेछ। आइल्याण्ड भए पनि पहाड र जंगल थुप्रै। रेल मैले यसअघि भारतमा देखेको थिएँ। तर चढेको थिइनँ। पहिलो पटक रेल यात्रा मैले श्रीलंकामा गर्ने अवसर पाएँ। मन रमायो। द्रुत गतिमा रेल हुइँकदा आसपासका विरुवा उल्टो गतिमा दौडिरहेका जस्तै लाग्थे। पहाडको नागबेली बाटोमा रेल…

Read More

बुद्ध चेतना, पर्यावरण र मानव

प्रा.डा. गोपी उप्रेती जीवन बच्ने र मर्ने त्रासदीपूर्ण परिवेशमा हामी बाँचिरहेका छौं। बाँच्नका लागि हरसम्भव उपाय अपनाएर सुरक्षित हुने कोसिस गरिरहेका छौं। अहिले मानव समाजले सामना गर्नुपरेको अस्तित्वको संकट पनि प्रकृतिसँगको मानवको असन्तुलित सम्बन्धको कारणले नै भएको हो। मानवको पर्यावरण प्रणाली र अन्य जीव प्राणीसँगको सम्बन्धको प्रकृति, उसको खानपिन र सामाजिक संस्कृति इत्यादिले सिर्जना गरेको संकट हो। पशुपन्छी तथा अन्य जीवबाट मानवमा संक्रमण भएका रोग मानवले पर्यावरण प्रणालीमा ल्याएको विचलनका कारणले भएका तथ्य प्रकाशमा आएका छन्। हामी सबैलाई थाहा छ, हामीले एक दिन यस धर्तीबाट बिदा लिनुपर्छ। तर जब अप्रत्याशित…

Read More

बौद्ध धर्मावलम्वीका लागि महत्वपुर्ण मानिने खादामा के लेखिएको हुन्छ ?

सुरज खड्का हिमाली बौद्ध धर्मावलम्वी बीच खाताग अर्थात खादाको अत्यन्तै ठूलो महत्व रहेको छ । पवित्र धार्मिक कार्यहरुमा प्रयोग हुने खादाको प्रयोग जनजीवनमा पनि उत्तिकै हुन्छ । स्वागत, सम्मान तथा शुभकार्यहरुमा हिमाली बौद्धमार्गीका लागि खादा नभई हुँदैन । खादाको प्रयोग कसरी सुरुवात भयो भन्ने बारेमा थुप्रै थरी मान्यता र भनाईहरु प्रचलित रहँदै आएको छ । प्राचीनकालमा हिमाली क्षेत्रमा पुरुषलाई दाहिने कुममा र महिलालाई देब्रे कुममा सेतो पिठो छर्कने चलन थियो, जसलाई कर्कग भनिन्थ्यो । कालान्तारमा यही शव्द अपभ्रंश भई खाताग बन्न पुगेको विश्वास रहदै आएको छ । अर्को मान्यता अनुसार…

Read More