दाङबाट श्रीलंका पुगि बौद्ध शिक्षाको अध्ययन गरिरहेका भिक्षु सोरत धम्म –आश कुमार चौधरी)को निधन भएको छ । भिक्षु सोरतको गत कात्तिक ४ गते शनिवार निधन भएको हो । भिक्षुको पार्थिव शरिर श्रीलंका र नेपालको सहयोगमा नेपाल ल्याउने प्रयास भइरहेको छ । भिक्षु सोरतको पार्थिव शरिर नेपाल ल्याउन करिब २० लाख रुपैयाँ लाग्ने भएको छ । सहयोग रकम जुटाउन चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्मले अपिल गर्नु भएको छ । उहाँले भिक्षु सोरतको पार्थिव शरिर ल्याउन सहयोग गर्न सम्पुर्ण बौद्ध उपासक, उपासिका सहितका धर्म अनुयायीहरुलाई आग्रह गर्नु भएको छ ।…
Read MoreCategory: समाचार
बौद्ध धर्म अभ्यास समूहको सहयोग
बेलायतको लण्डनमा रहेका बौद्ध धर्मावलम्वीको समूहले काठमाडौँका केही अनाथालयहरुमा सहयोग गरेका छन् । उनीहरुको समूहले काठमाडौँका विभिन्न स्थानहरुमा रहेको अनाथालयका बालबालिकाका लागि दालचामल लगायतका खाद्यान्न सहयोग गरेका हुन् । उनीहरुको समूहले सेर्साङ अनाथ गृह, स्नेह काख लगायतका ४ वटा अनाथालयमा सहयोग गरेका छन् । लण्डनमा रहेर बौद्ध धर्म अभ्यासलाई निरन्तरता दिइरहेका उनीहरुको समूहले नेपालमा केही सहयोग गरौ भन्ने उद्देश्यले सहयोग गरेको बताए । सहयोग कार्यक्रममा खेन्पो जितलाल तामाङ समेत सहभागि हुनुहुन्थ्यो । सहयोग हस्तान्तरण सकिएपछि खेन्पो जितलालले बौद्धमा दीप प्रज्ज्वलन गरी पूर्ण परिणामाना गर्नु भएको थियो ।
Read Moreमहाकरुणामय अवलोकितेश्वरको महाभिषेक आज
महाकरुणामय अवलोकितेश्वर महाभिषेक (वाङ्छेन) आज काठमाडौँमा हुँदैछ । महाभिषेक प्रदान गर्नका लागि यतिबेला ४१ औँ साक्या गोङ्मा ट्रीछेन् रिन्पोछे काठमाडौँमै हुनुहुन्छ । काठमाडौँको चावहिल, चुच्चेपाटीस्थित हायात चौरमा हुने महाभिषेकको सम्पुर्ण तयारी पुरा भइसकेको छ । आज दिउँसो १२ बजदेखि महाभिषेक हुँदैछ । महाभिषेकमा करिब ३० हजार सहभागि हुने आयोजक कुसुमा बुद्ध धर्म संघले अनुमान गरेको छ । कार्यक्रमस्थलमा भीड हुने भएकाले बस्ने स्थानको अभाव हुन सक्ने भएकाले कुसन लगायतका व्यवस्था आफै गर्न आयोजकले आग्रह गरेको छ । त्यस्तै पिउने पानीका लागि बोतल, हाते पंखा र छाता समेत लिएर आउन आग्रह…
Read More४१ औँ साक्या गोङ्मा ट्रीछेन् रिन्पोछे नेपालमा, असोज २७ गते अभिषेक दिने
आउँदो असोज २७ गते अर्थात् १४ अक्टोबर, शनिबार महानगुरू ४१ औँ साक्या गोङ्मा ट्रीछेन् रिन्पोछलेले नेपालमा दुर्लभ महाभिषेक (वाङ्छेन) प्रदान गर्ने कार्यक्रम रहेको छ । ४१ औँ साक्या गोङ्मा ट्रीछेन् रिन्पोछे अभिषेकका लागि आइतवार भारतबाट नेपाल आइसक्नु भएको छ । उहाँले महाकरुणा आर्यअवलोकितेश्वरको महाभिषेक काठमाडौंको चुच्चेपाटी, बौद्धस्थित तारागाउँ म्युजियमको खुलाचौरमा प्रदान गर्दै हुनुहुन्छ । रिन्पोचेले प्रदान गर्ने अभिषेकको बारेमा जानकारी दिन सोमवार आयोजक व्योम कुसुमा बुद्धधर्मसंघले बौद्धस्थित उत्पला क्याफेमा पत्रकार सम्मेलन गरेको छ । आयोजकका अनुसार, यो भारतवर्षीय महासिद्ध श्रीमद्मैत्रियोगी (जगन्मित्रानन्द÷मित्रजोगी) परम्पराको असाधारण आर्यअवलोकितेश्वरको महाभिषेक विश्वशान्ति, सद्भाव, भाइचारा र मानवता’का…
Read Moreबौद्ध शैक्षिक प्रतिष्ठानको शान्ति दीप यात्रा
विश्व शान्ति दिवसको अवसरमा हरेक वर्ष शान्ति दीप यात्रा गर्दै आएको बौद्ध शैक्षिक प्रतिष्ठानले यस वर्ष पनि स्वयम्भु महाचैत्यदेखि नमो बुद्धसम्म शान्ति दीप यात्रा गरेको छ । स्वयम्भूस्थित महाचैत्यको अमिताभ बुद्धमा २१ थरिको गेडागुडी दान सम्पन्न गरेपछि प्रतिष्ठानका सल्लाहकार रघुबरभक्त मानन्धर र बौद्ध संघ भक्तपुरका अध्यक्ष त्रिरत्न शाक्यबाट अमिताभ बुद्धको दर्शन पश्चात दीप यात्रा शुभारम्भ भएको थियो । बौद्ध शैक्षिक प्रतिष्ठानका अध्यक्ष मंगलकृष्ण मानन्धरले प्रत्येक वर्ष विश्व शान्ति विसका अवसरमा विश्व शान्तिको कामना गर्दै स्वयम्भू महाचैत्यदेखि नमोबुद्ध महाचैत्यसम्म दिपयात्रा गरिंदै आएको बताए ।
Read Moreअति दुर्लभ महारुणामय अवलोकितेश्वरको महाभिषेक काठमाडौंमा हुँदै
महाकरुणामय अवलोकितेश्वर महाभिषेक (वाङ्छेन) काठमाडौँको चावहिल, चुच्चेपाटीस्थित हायात ग्राउण्डमा हुने भएको छ । आउँदो असोज २७ गते दिउँसो १२ बजदेखि महाभिषेक हुँदैछ । महाभिषेक ४१ औँ साक्या गोङ्मा ट्रीछेन् रिन्पोछेले प्रदान गर्ने महाभिषेक प्रदान गर्दै हुनुहुन्छ । महासिद्ध मैत्रीयोगीको परम्पराको अति दुर्लभ र एक मनुष्यलाई जीवनमा चाहिने सम्पूर्ण उपदेशहरूले सम्पन्न भएको पञ्चदेवको मण्डलवाला महाकरुणामय आर्यावलोकितेश्वरको महाभिषेक (वाङ्छेन ) बौद्ध धर्ममा अत्यन्तै महत्वपूर्ण मानिन्छ । यो दुर्लभ अभिषेक प्राप्त गरी आफ्नो अमूल्य जीवनलाई सार्थक तुल्याउनु श्रद्धालु धर्मावलम्वीहरुलाई आयोजक व्योम कुसुमा बुद्ध धर्म संघले आह्वान गरेको छ । कुसुमा बुद्ध धर्म संघ…
Read More“नेपालका बौद्ध तीर्थस्थलहरू” भाग १ विमोचन
बौद्ध जागरण केन्द्रको आयोजनामा लेखक तथा सम्पादक गेशे थुब्तेन शेराबद्धारा लिखित “नेपालका बौद्ध तीर्थस्थलहरू” नामक पुस्तक विमोचन गरिएको छ । सोमबार काठमाडौंको हायत रिजेन्सीमा एक कार्यक्रम गर्दै पुस्तक विमोचन गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्री सुदन किराँतीज्यूले पुस्तक विमोचन गरेका हुन् । पुस्तकको पहिलो खण्डमा नेपालमा बुद्धसंग सम्बन्धित तीर्थस्थलहरू लुम्बिनी उद्यान, तिलौराकोट, क्रकुच्छन्द बुद्धको नगरी, अरौराकोट, जोडी स्तूप, कुदानको न्यग्रोध विहार र रामग्राम स्तूपको बारेमा चर्चा गरिएको छ । त्यसैगरी लेखक गेशे थुब्तेन काठमाडौँ, पाटन, र भक्तपुरमा रहेका बोधिसत्त्व सम्बन्धित तीर्थस्थलहरू, बज्रयान सम्बन्धित तीर्थस्थलहरूको बारेमा…
Read Moreनाम्चेमा ५२ फिट अग्लो गुरु रिन्पोचेको मूर्ति बनाइने
करिब १३ करोड लगानी र ५३ रोपनी क्षेत्रफलमा सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँ पालिका वडा नं ५ नाम्चे बजारस्थित (गाङल्हा) क्षेत्रमा ५२ फिट अग्लो पद्म सम्भव –गुरु रिन्पोचे)को मूर्ति बनाइने भएको छ । भदौ १३ गते नाम्चेमा निर्माण गरिने मूर्तिको शिलान्यास गरिएको छ । मूर्तिको शिलान्यास श्रद्धेय धर्मगुरु क्याब्जे देफुक रिम्पोचे ज्यूको बाहुलीबाट गरिएको हो । मूर्तिसँगै उक्त स्थानमा हिमालय पार्क समेत निर्माण गरिने बुद्ध पार्क निर्माण समितिका प्रवक्ताद्वय लामा काजी शेर्पा र छिमी काल्देन शेर्पाले जानकारी दिए । मूर्ति तथा पार्क बनाउनका लागि नाम्चेबासीबाट सहयोग अनुदान जुटाइने लामा…
Read More९१ वर्षको उमेरमा बौद्ध ग्रन्ध अनुवाद गर्दै गुह्येश्वरीराज मानन्धर
नेपाल तथागत गौतम बुद्ध जन्मेको देश । उहाँले ४५ वर्षसम्म दिनु भएको उपदेशहरुको संग्रह बौद्ध ग्रन्थ थेरवादमा पालि भाषा र महायानमा संस्कृतमा संग्रहित रहेको छ । नेपालमा पनि दुवै भाषामा बौद्ध ग्रन्थ संग्रहित थियो । बज्रयान र महायान रहेका संस्कृतका ग्रन्थपछि तिब्बतमा भोट भाषामा समेत अनुवाद गरेर सुरक्षित गरेका थियो । अहिले सोही भोट भाषा, नेपाल भाष र अग्रेजीबाट नेपालीमा ९ दशक काटिसकेका एक धर्मोपासक बौद्ध विद्धान दृढ संकल्पका साथ लागि पर्नुभएको छ । महायान र बज्रयान बौद्ध धर्म विश्वमा फैलिएको छ । यस यानमा बौद्ध ग्रन्थहरु प्राचिनकालमा प्रौढ संस्कृत…
Read Moreमायादेवी मन्दिर जीर्णोद्वार गर्न ल्हारक्याल लामाको ७ करोड सहयोग
लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष ल्हारक्याल लामाले लुम्बिनीमा रहेको मायादेवी मन्दिरको जीर्णोद्धार तथा विस्तारका लागि ७ करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गर्नु भएको छ । सरकारबाट हालैमात्र नियुक्त हुनु भएका उपाध्यक्ष लामाले सरकारको आर्थिक सहयोग बिना दाताहरूको सहयोगमा मायादेवी मन्दिरको जीर्णोद्धार तथा मन्दिरमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको हो । लुम्बिनी विकास कोषको शुक्रबार बसेको बैठकमा उपाध्यक्ष लामाले मन्दिरको जीर्णोद्धारको लागि स्थापना गरिने कोषमा व्यक्तिगत रूपमा ७ करोड रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता गर्नु भएको छ । मायादेवी मन्दिर जीर्ण भएकाले पानी चुहिने गरेको छ भने कुनै पनि बेला…
Read More