बौद्ध धर्म अभ्यास समूहको सहयोग

बेलायतको लण्डनमा रहेका बौद्ध धर्मावलम्वीको समूहले काठमाडौँका केही अनाथालयहरुमा सहयोग गरेका छन् । उनीहरुको समूहले काठमाडौँका विभिन्न स्थानहरुमा रहेको अनाथालयका बालबालिकाका लागि दालचामल लगायतका खाद्यान्न सहयोग गरेका हुन् । उनीहरुको समूहले सेर्साङ अनाथ गृह, स्नेह काख लगायतका ४ वटा अनाथालयमा सहयोग गरेका छन् ।

लण्डनमा रहेर बौद्ध धर्म अभ्यासलाई निरन्तरता दिइरहेका उनीहरुको समूहले नेपालमा केही सहयोग गरौ भन्ने उद्देश्यले सहयोग गरेको बताए । सहयोग कार्यक्रममा खेन्पो जितलाल तामाङ समेत सहभागि हुनुहुन्थ्यो । सहयोग हस्तान्तरण सकिएपछि खेन्पो जितलालले बौद्धमा दीप प्रज्ज्वलन गरी पूर्ण परिणामाना गर्नु भएको थियो ।

Share

Related posts

Leave a Comment