विजयादशमीको दिन बौद्ध धर्मावलम्बीहरुका लागि पनि महत्वपूर्ण र विशेष दिन हो । विजयादशमीलाई बौद्ध धर्मावलम्वीहरुले अहिंसा दिवसको रूपमा मान्दै आएका छन् । बौद्ध धर्मावलम्वीमध्ये पनि थेरवादहरुका लागि विजयादशमी अझ विशेष दिन हो । उनीहरु आ–आफ्नो विहारमा यसलाई भव्यताका साथ मान्दछन् । यस दिन हत्या, हिंसा र मारकाटबाट आफूलाई राजाबाट सम्राट बनाउन पुगेका मौर्य राजा अशोकले आफ्नो जीवनमा नयाँ परिवर्तन देखाएका थिए । कलिङको युद्ध उनको विजयी अभियानको अन्तिम युद्ध बन्न पुगेको थियो । यस युद्धमा देखिएको मृत्यु र शोकबाट सम्राट अशोक एकदमै विक्षिप्त बने । उनको यो बेचैनी बालक बौद्ध अनुयायी निग्रोधको बौद्ध स्वभाव देखेर शान्त र करुणामा परिवर्तन भयो । उनले आफ्नो यसअघिको व्यतित जीवन र आगामी दिनको तुलना गरे । विजयादशमीको दिनदेखि उनले आफ्नो पूर्ववत शस्त्र युद्धलाई त्यागे र बौद्ध धर्मको पालना गरी बौद्ध धर्मको प्रचार प्रसारमा लागे । त्यसैले यस दिनलाई बौद्धहरु शस्त्र युद्धमाथि धर्म युद्धको विजय भएको दिनका रूपमा मान्छन् ।
सम्राट अशोकको त्यो निर्णययता बौद्ध धर्मावलम्वीले विजयादशमीलाई शस्त्र परित्याग गरको स्मरणमा अशोक विजयादशमीका रुपमा मनाउदै आएका छन् । विजयादशमीमा पञ्जशील पालन गर्ने, दान दक्षिण गर्ने, प्राणी हत्या त्यागी प्राणी रक्षा गर्ने लगायतका पूण्य कार्यहरु बौद्ध धर्मावलम्वीले गर्दै आएका छन् ।
यसैगरि विजयदशमीका दिन गुरु पद्म संभव (गुरु रिन्पोछे) ले काठमाण्डौं स्थित फर्पिङको शेषनारायण गुफामा सम्यक समाधिमा बस्नुहुँदा बज्रकिलायको शक्तिद्धारा बिध्न–बाधा पु¥याउने अमनुष्य जातीहरुको दमन गरि महाविद्याधरको परम सिद्धि प्राप्त गर्नु भएको पावन तिथि मानिन्छ ।
यसकारण यतिका महत्व बोकेको यस महापुण्य तिथिमा धर्मको नाऊँमा गरिने अकुशल कर्महरुको फल बलवान ( दुगर्तिको हेतु ) हुने पनि सुत्र तन्त्रमा उल्लेख गरिएको पाईनछ