खेन्पो ल्हारक्यालद्वारा पदभार

नवनियुक्त लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ)ले विहिबार पदभार ग्रहण गर्नुभएको छ । नवनियुक्त उपाध्यक्ष लामालाइ कोषले बुद्ध जन्मस्थल लुम्बिनीस्थित कार्यालयमा स्वागत गरेको छ । लुम्बिनीस्थित कोषको प्रधान कार्यालयमा पदभार ग्रहण गर्दै लामाले बुद्ध जन्मस्थल लुम्बिनीबाट ७ किलोमिटर दक्षिण निपनियास्थित दानव नदी किनारमा बाढीको जोखिममा रहेको कुषाणकालीन इट्टाले बनेको इनारको उद्धार संरक्षण उत्खनन् गर्ने निर्णय सदर गर्नु भएको छ । पदभार ग्रहणअघि कोषका तर्फबाट आयोजित स्वागत कार्यक्रममा बोल्दै लामाले लुम्बिनी जस्तो पवित्र ठाउँको इज्जत जाने र बदनाम हुने कुनै काम नगर्ने बताउनु भयो । व्यक्तिगत लाभ…

Read More

वर्षाबासमा भिक्षुहरु

बौद्ध धर्मावलम्बीहरूका लागि महत्वपूर्ण रहेको वर्षावास सुरु भएको छ । यस वर्षको वर्षावास बुधवारदेखि सुरु भएको हो । वर्षावास सुरु भएसँगै देशभरका विहारहरुमा भिक्षुहरु वर्षावास बसेका छन् । लुम्बिनी, कपिलवस्तु, रामग्रामका विभिन्न विहारहरुमा २२ विदेशी सहित ३७ भिक्षु तथा श्रामणेर वर्षावासमा छन् । असार पूर्णिमादेखि सुरु हुने वर्षावास यस वर्ष मलमासले एक महिना ढिलो साउन पूर्णिमादेखि सुरु भएको हो । वर्षावास कात्तिक पूर्णिमासम्म तीन महिनासम्म हुनेछ । वर्षाको कारण चारैतिर पानी पर्ने, जमीन भित्रका जीवहरु र किराहरु जमीन बाहिर निस्कने हुँदा बाहिर हिँडडुल गर्न र भिक्षाटन गर्न समस्या हुने भएकाले…

Read More

लुम्बिनी विकास कोषमा उपाध्यक्ष पद खाली, कसको सम्भावना ?

रुपन्देही । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैतेय (अवधेशकुमार त्रिपाठी) को पदावधि साउन १० गतेबाट सकिएको छ। उनको यो दोस्रो कार्यकाल पूरा भएको हो । पहिलो कार्यकाल कांग्रेस सभापति शेरबहादुर देउवा तत्कालीन प्रधानमन्त्री हुँदा २०७४ साल मंसिर १४ गते र एमाले अध्यक्ष केपी शर्मा ओली तत्कालीन प्रधानमन्त्री हुँदा २०७५ साउन १० गते रवीन्द्र अधिकारी पर्यटन मन्त्रीको प्रस्तावमा दोस्रो कार्यकालका लागि उपाध्यक्षमा नियुक्ति भएका थिए। पहिलो पटक आधा समय र दोस्रो पटक पूरा समय कार्यकाल सकाएका त्रिपाठी स्थानीय, बौद्ध दर्शनको अनुभवी तथा अंग्रेजी भाषाको राम्रो ज्ञान भएकाले दातृ निकायको रोजाइमा छन्…

Read More

बौद्ध विहारलाई संग्राहलय बनाउन लागेको भन्दै विरोध प्रदर्शन

काठमाडौंको ऐतिहासिक भास्करदेव संस्कारित केशचन्द्र कृत परवर्त महाविहारमा संग्रहालय बनाउन लागेकोमा स्थानीय र संम्पदा प्रेमीले विरोध गरेका छन् । विहारलाई संग्रालय बनाउन लागेको भन्दै उनीहरुले शुक्रबार इन्द्रचोकमा विरोध प्रदर्शन गरे । इतुंबहाःमा अमेरिकाको रुबिन म्युजियम फर आर्ट्सले आजदेखि औपचारीक रुपमा संग्रहालय खोल्न लागेको छ । नेपाल मण्डलका बौद्ध विहारहरु आफैंमा एक जीवित संग्रहालय भएका कारण विदेशीलाई विहार भित्रै संग्रहालय खोल्न दिदा मौलिक सांस्कृतिक सम्पदामा गम्भिर असर पुग्ने उनीहरुको आरोप छ । रुबिन म्युजियमले २० हजार अमेरिकी डलर सहयोगमा इतुंबहाः महाविहारमा संग्रहालय खोल्न लागेको हो । अभियन्ताहरुले आव संग्रहालय उद्घाटन कार्यक्रम…

Read More

पशुपतिमा बौद्ध सम्पदाको दुर्दशा, बौद्ध महासंघले देखायो चासो

पशुपति क्षेत्रमा रहेका प्राचिन बौद्ध सम्पदाहरु संरक्षणको अभावमा अलपत्र र वेवारिसे बनेपछि नेपाल बौद्ध महासंघले चासो देखाएको छ । शुक्रवार महासंघले पशुपति क्षेत्र पुगेर स्थलगत निरीक्षण पनि गरेको छ । महासंघको निमन्त्रणमा बौद्ध विद्वान, धर्मगुरु लगायत पशुपति क्षेत्र पुगेका थिए । पशुपति क्षेत्रमा बौद्ध सम्पदाहरु फ्यालिएका र अलपत्र अवस्थामा भेटिएको बौद्ध विद्वान विवेक शर्माले बताउनु भयो । देशकै महत्वपूण बौद्ध धर्म र यससँग जोडिएका सम्पदा संरक्षणमा वेवास्ता गरिनु चिन्ताजनक भएको शर्माको भनाई छ यसैबीच पशुपती क्षेत्र विकास कोष, पुरातत्व विभाग लगायत सरोकारबाला निकायसँग त्यहाँ पुगेका बौद्ध संघ, संस्था, अभियन्ता र…

Read More

खेन्पो पेम छिरिको गीतमा सुशान्त खत्रीको अभिनय (भिडियो सहित)

पछिल्लो समय बौद्ध भिक्षुहरुले बुद्धका ज्ञान र शिक्षा प्रवाह गर्ने माध्यम चलचित्र र संगीतलाई पनि बनाउँदै आइहरनु भएको छ । यही क्रममा बौद्ध भिक्षु खेन्पो पेम छिरी शेर्पाले संगीतमार्फत् बौद्ध ज्ञानका केही अंश बाँढ्ने प्रयास गर्नु भएको छ । संगीतमा पनि रुची र दख्खल राख्ने खेन्पो पेम छिरिले आफ्नै स्वरमा रेकर्ड गरेको गीतमा मनलाई विभिन्न कोणबाट चर्चा गरिएको छ । गीतमार्फत खेन्पोले मानव जीवनमा सबै कुरा मनले नै निर्धारण गर्ने भन्दै ‘कस्तो हो मन’ भन्दै मनका विभिन्न भावहरुलाई गीतमा उतार्नु भएको छ । मनले नै सुख र दुखको अनुभुति गराउने…

Read More

लुम्बिनी बौद्ध विश्वविद्यालय र काठमाण्डौं विश्वविद्यालयबीच सहकार्य गर्ने सम्झौता

लुम्बिनी बौद्ध विश्वविद्यालय र काठमाण्डौं विश्वविद्यालयबीच प्राज्ञिक विकासमा सहकार्य र सहयोग सम्बन्धी सम्झौता भएको छ । बिहीबार दुई विश्वविद्यालयबीच सहकार्य र सहयोगका सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सहकार्य सम्झौता पत्रमा काठमाण्डौं विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. भोला थापा र लुम्बिनी बौद्ध विश्वविद्यालयकातर्फबाट निमित्त उपकुलपति डा. तिलकराम आचार्यले हस्ताक्षर गर्नुभएको छ । दुवै विश्वविद्यालय अनुसन्धान कार्यक्रमहरु सञ्चालन, संयुक्त उपाधि (ज्वाइन्ट डिग्री) सहितका प्राज्ञिक कार्यक्रम निर्माण, सञ्चालनमा सहमत भएका छन् । संस्थागत विकास तथा प्रवर्द्धन, प्राज्ञिक जनशक्ति आदान प्रदान, विद्यार्थीहरुको अन्तर विश्वविद्यालय प्राज्ञिक कार्यक्रम तथा अतिरिक्त क्रियाकलपाहरुमा पारस्परिक सहभागिता दुई विश्वविद्यालयबीच…

Read More

परम पुजनिय क्यब्जे योड्जीन खेन्छेन ठाङ्ग रिन्पोछेको निर्वाण

लोकनाथ काग्यु सम्प्रदायका शासनधर मूल गुरु परम पुजनिय क्यब्जे योड्जीन खेन्छेन ठाङ्ग रिन्पोछेज्यू ९१ वर्षको आयुमा परिनिर्वाण प्राप्त भएको छ । भोट पात्रो अनुसार चौथो महिनाको पूर्णिमा (वि.सं. २०८० जेठ २१ गते), भगवान् बुद्धले महापरिनिर्वाणमा प्रवेश गर्नुभएको विशेष दिनमा उहाँले पनि आफ्ना यो जुनीमा गर्नु पर्ने सबै कार्यहरू गरिसकेको बुझ्नु भई दिउँसो १ः३० बजेतिर आफ्नै निवासको शयनकक्षमा शाक्यमुनि बुद्धले महापरिनिर्वाणमा प्रवेश गर्नुहुँदा शरीरको स्थिति जस्तो थियो त्यसरी नै चित धर्मधातु अनास्त्रव प्रभास्वरको स्वभावमा रही शान्त अवस्था (निर्वाण) मा प्रवेश गर्नु भयो । सन् २०२३ जल– खरायो वर्ष तदानुसार भोट वर्षको…

Read More

नेपालमा बौद्ध धर्मावलम्वीको संख्या कति ?

राष्ट्रिय जनगणना २०७८ को धर्म सम्बन्धी तथ्यांक सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक भएको तथ्यांक अनुसार नेपालमा बौद्ध धर्म मान्नेहरुको जनसंख्या दोस्रो स्थानमा रहेको छ । नेपालमा पछिल्लो जनगणना अनुसार बौद्ध धर्मावलम्बीको संख्या २३ लाख ९३ हजार ५४९ रहेको छ । जुन कुल जनसंख्याको ८.२ प्रतिशत हुन्छ । वि.सं २०६८ मा बौद्ध धर्मावलम्बीको संख्या ९ प्रतिशत थियो । २०७८ को जनगणनामा ०.८ प्रतिशत बौद्ध धर्मावलम्वीको जनसंख्या घटेको छ । धर्म परिवर्तन र विदेश पलायन भएका कारण पनि बौद्ध धर्मावलम्वीको केही प्रतिशत घटेको हो । जनसंख्याका हिसावले पहिलो स्थानमा रहेका हिन्दु…

Read More

छोग्याल रिन्पोचेको अनलाइन कक्षा आज पनि

हिमालयन बौद्ध शिक्षा तथा सम्भोटा लिपि प्रशिक्षण केन्द्रको आयोजना भइरहेको धर्मदेशना कार्यक्रम आज पनि हुँदैछ । जेठ १२ र १३ गतेका लागि तय भएको कार्यक्रमको पहिलो दिन शुक्रवार छोग्याल रिन्पोचेले दुख चिन्नुको महत्व र दुखरहित अवस्थाको जीवन सम्बन्धि धर्मदेशना दिनुभएको छ । बेलुकी ८ः३० बजेदेखि सुरु हुने आजको कार्यक्रममा पनि छोग्याल रिन्पोचेले दुखलाई चिन्नुको महत्व र दुखरहित अवस्थाको जीवनलाई ब्याख्या सहित प्रवचन दिने हिमालयन बौद्ध शिक्षा तथा सम्भोटा लिपि प्रशिक्षण केन्द्रका प्रमुख कोशिस लोब्साङ वाइवाले बताउनु भयो । जुममार्फत् हुने अनलाइन कक्षामा सहभागि भई पूण्यलाभ प्राप्त गर्नु पनि वाइवाले आग्रह…

Read More