गत जेठ ३ गते निधन भएकी नेपालमै पहिलो विद्याविरिध गरेकी भिक्षुणी डा. अनोजा गुरुमाको शुक्रबार अन्तिम बिदाई गरिएको छ । क्यान्सरका रोगबाट पीडित अनोजाको ६९ वर्षको उमेरमा निधन भएको हो । गुरुमाको बौद्धमार्गी जगतमा मात्र नभई शिक्षा, स्वास्थ्य र साहित्यिक क्षेत्रमा पनि अतुलनीय योगदान छ । सुलक्षण किर्ति विहार चोभार, काडमाडौंका संस्थापक अध्यक्ष भिक्षुणी डा. अनोजाको मरणोपरान्त शरिर दान दिएका कारण पार्थिव शरिर धुलिखेल अस्पतालको जिम्मामा लगाइएको छ । गत जेठ ३ गते निधन भएकी अनोजा गुरुमाको पार्थिव शरिर श्रद्धाञ्जलीका लागि तीन दिन सुलक्षण किर्ति विहार चोभारमा राखिएको थियो ।…
Read MoreCategory: समाचार
भारतका बौद्ध धर्मगुरु ताइसितुपा रिन्पोछे नेपालमा
भारतका बौद्ध धर्मगुरु ताइसितुपा रिन्पोछे तीन दिने नेपाल भ्रमणमा आउनु भएको छ । उहाँ तीन दिने नेपाल भ्रमणमा आउनुभएको हो । उहाँ बौद्ध धर्म अन्तर्गत कग्यु समुदायका १२ औं अवतारी धर्मगुरु हुनुहुन्छ । उहाँ नेपालको बौद्धस्थित ठाङ्गु टासी छोलिङ्ग गुम्बाका प्रमुख धर्मगुरु ९० वर्षीय ठङ्गु रिम्पोछेको स्वास्थ्य अवस्था बुझ्न शुक्रवार नेपाल भ्रमणमा आउनुभएको हो । उहाँ भारतस्थित काँगडाको हिमाञ्चल प्रदेशबाट नेपाल आउनुभएको बौद्धनाथ क्षेत्र विकास समितिका पूर्व अध्यक्ष सम्पूर्णकुमार लामाले बताउनु भयो । उहाँका अनुसार रिन्पोछेले वि.सं. २०७२ को महाभूकम्पमा परी क्षति भएको बौद्ध स्तुपाको पुनः सिनर्माणमा सहयोग गर्नुभएको थियो…
Read Moreलुम्बिनीलाई अन्तराष्ट्रिय बौद्ध राजधानी बनाउन प्रस्ताव
विश्वमा बौद्ध धर्मको प्रभाव व्यापक बन्दै गइरहेका बेला आध्यामिक रुपमा मात्र होइन, धामिर्क पर्यटकहरुको लागि नेपालका बौद्ध सम्पदाहरुको प्रवद्र्धन जरुरी देखिएको छ । एकातिर विश्व शान्तिका लागि प्रयास भइरहँदा बुद्धजन्मस्थल लुम्बिनी र बुद्ध धर्मावलम्बीहरुको प्रख्यात तीर्थ स्वयम्भूलाई अन्तर्राष्ट्रि शान्तिस्थलका रुपमा विकास गर्नुपर्ने आवाज उठ्न थालेको छ । २६६७ वर्ष पहिले तथागत गौतम बुद्धको जन्म लुम्बिनीमा भएको थियो । ३५ वर्षको उमेरमा ज्ञान प्राप्ति सँगै बुद्धले जीवन पर्यन्त चार आर्यसत्य र आर्य अष्टांगिक मार्गको उपदेश विश्वलाई दिनुभएको थियो । बुद्धको महापरिनिवार्णसँगै उहाँको उपदेश, सिद्धान्त र दर्शन बौद्ध धर्मको रुपमा विश्वमा विकसित…
Read Moreबुद्ध जयन्तीमा नेपाल बौद्ध संघको विशेष कार्यक्रम
तश्विर : विजय तुलाधर २५६७ औँ बुद्ध जयन्तीको अवसरमा काठमाडौँको स्वयम्भूमा नेपाल बौद्ध संघले विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमा छोग्याल रिन्पोचे, खेन्पो ङवाङ होइसेर, सांगे रिन्छेन, लोपेन नाम्गेल, टीका शेर्पा र पूण्यप्रसाद पराजुली विशेष वक्ताका रुपमा सहभागि थिए । कार्यक्रममा सांगे रिन्छेनले बुद्ध जयन्तीको महत्प, पुण्यप्रसाद पराजुलीले बुद्ध जीवनी, लोपेन नाम्गेलले पञ्चशील, टीका शेर्पाले आर्य अष्टांिगक मार्ग र खेन्पो ङवाङ होइसेरले चार आर्य सत्यको बारेमा प्रवचन दिएका थिए । भगवान बुद्धको जन्म, बुद्धत्व र महापरिनिर्वाणमा केन्द्रीत कार्यक्रममा वक्ताहरुले विभिन्न कोणबाट बुद्ध र बुद्ध पूर्णिमाको महत्वको बारेमा टिप्पणी गरेका…
Read Moreलुम्बिनीमा बुद्ध जयन्ती र लुम्बिनी दिवसको तयारी पुरा
२५६७ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस २०८० को तयारी पुरा भएको छ । बैशाख २२ गते अर्थात बुद्ध पूर्णिमाका दिन आयोजना हुने मूल समारोहको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने कार्यक्रम तय भएको छ । निर्धारित कार्यक्रम अनुसार २१ गते साँझ मायादेबी मन्दिरमा दिपप्रज्वलन सहित महापरित्राण हुनेछ भने बैशाख २२ गते बिहान ६ बजे पूर्णिमा पाठ पुजा, ७ बजे ५ नम्बर गेटबाट अन्तर्राष्ट्रिय सभाहलसम्म शोभायात्रा र सम्मेलन केन्द्रमा मूल समारोह हुने छ । बैशाख २२ गते नै पण्डितपुरबाट रामग्रामसम्म बुद्धको अस्थिधातु यात्रा समेत हुने छ । २१ गतेको दिपप्रज्वलन…
Read Moreबुद्धका सन्देश किन महत्वपूर्ण ?
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विश्वमा बढ्दै गएको द्वन्द्वका कारण पनि गौतम बुद्धका सन्देशहरू महत्त्वपूर्ण हुँदै गएको बताएका छन् । कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुनसेनलाई सम्मानित गर्ने विशेष कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले विश्वमा बढ्दै गरेको द्वन्द्वको कारण पनि गौतम बुद्धका सन्देशहरू शान्ति स्थापनाका लागि अझ बढी सान्दर्भिक र महत्त्वपूर्ण भएको बताए । ‘गौतम बुद्धले देखाउनुभएको शान्ति र अहिंसाको बाटोका कारण बौद्ध धर्मका अनुयायीहरु विश्वभर बढ्दो छन्,’ उनले भने विश्वभर बढ्दै गरेको द्वन्द्वको कारण पनि गौतम बुद्धका सन्देशहरू अझ बढी सान्दर्भिक र महत्त्वपूर्ण भएका छन् ।’ नेपाल शान्ति…
Read Moreबुद्ध पूर्णिमामा मेरिल्याण्डमा विशेष कार्यक्रम, नेपालबाट खेन्पो पेम छिरी सहभागि
आउँदै गरेको बुद्ध पूर्णिमाको अवसरमा देशविदेशमा विविध कार्यक्रम आयोजना हुँदैछ । अमेरिकाको मेरिल्याण्डमा पनि नेपाल एजुकेसन एण्ड कल्चरल सेन्टरले वैशाख २२ गते बुद्ध पूर्णिमामा २५६७ औँ बुद्ध जयन्ती विशेष कार्यक्रम गर्दैछ । जर्मन टाउनस्थित पशुपति बुद्ध मन्दिरमा हुने कार्यक्रममा नेपालबाट खेन्पो पेम छिरि शेर्पाले प्रवचन दिदै हुनुहुन्छ । कार्यक्रममा सहभागि हुन खेन्पो पेम छिरि शुक्रवार अमेरिका पुगिसक्नु भएको छ । कार्यक्रममा साँझ ६ देखि ८ बजेसम्म प्रार्थना धर्म प्रवचनको तालिका राखिएको छ । त्यस्तै ८ बजेदेखि ८ः३० सम्म प्रसाद वितरणको तालिका रहेको छ ।
Read Moreबुद्ध पूर्णिमामा नेपाल बौद्ध संघको विशेष कार्यक्रम
वैशाख २२ गते बुद्ध पूर्णिमाको अवसरमा देशभरि नै विभिन्न कार्यक्रमरुको आयोजना हुँदैछ । २५६७ औँ बुद्ध पूर्णिमाको अवसरमा नेपाल बौद्ध संघले पनि विशेष कार्यक्रम आयोजना गर्दैछ । यसपटक बुद्ध पूर्णिमामा हुने कार्यक्रमलाई धार्मिकका साथै बौद्धिकरुपमा प्रस्तुत गरिने नेपाल बौद्ध संघका कार्यकारी निर्देशक सर्विन्द्र ठाकुरले बताए । काठमाडौँको स्वयम्भूस्थित किमडोलमा हुने कार्यक्रममा पञ्चशिल, चार आर्य सत्य, आर्य अष्टांगिक मार्गको बारेमा विभिन्न बौद्ध गुरुहरुले प्रवचन दिदै हुनुहुन्छ । कार्यक्रममा बुद्ध पूर्णिमाको महत्व र बुद्धको जीवनीमाथि विभिन्न कोणबाट विश्लेषण समेत हुँदैछ । कार्यक्रममा छोग्याल रिन्पोचे, पुण्य पराजुली, टीका शेर्पा, लोपेन नाम्गेल, आचार्य रिन्छेन…
Read Moreवैशाख १९ गते दोलखामा गुम्बा उद्घाटन हुँदै
दोलखा जिल्लाको जिरी नगरपालिका वडा नं. २ स्थित यलुङ गाउँमा गुम्बा निर्माण भइरहेको गुम्बा वैशाख १९ गते उद्घाटन गरिने भएको छ । ङाग्युर यिसे ख्युङजोङलिङ गुम्बा उद्घाटनका लागि दक्षिण भारत नाम्ड्रोलिङ गुम्बाका श्रद्धेय धर्मगुरु खेन्छेन नाम्ड्रोल रिन्पोछेज्यु सहभागि हुने कार्यक्रम रहेको छ । गुम्बा उद्घाटन कार्यक्रमसँगै आयु अभिषेक (छे वाङ) पनि प्रदान गरिदैछ । कार्यक्रममा सहभागि भई अभिषेक (वाङ) ग्रहण गरि पुण्यालाभ प्राप्त गर्न सम्पुर्ण भक्तजनमा आग्रह गरिएको छ ।
Read Moreनेपाल बौद्ध अम्बेडकर महासभाले ४० जना विद्यार्थी पढाउने
नेपाल बौद्ध अम्बेडकर महासभाले ४० जना विद्यार्थीलाई पढाउने भएको छ । महासभाले छनोट भएका ४० विद्यार्थीहरुलाई विभिन्न विहारमा राखेर पढाइनेछ । दया, माया, मैत्री, प्रेम, करुणाको पाठ प्रत्येक दिन सिकाइदै विभेदरहित बाताबरणमा अध्ययन गराइने महासभाले जनाएको छ । आफ्ना बालबच्चाहरुलाई उच्च शिक्षासम्म पठन पाठन गराउन चाहने अभिभावकहरुलाई सम्पर्क गर्न भनिएको छ । नेपाल बौद्व अम्बेडकर महासभाले बौद्ध बिहारमा राखेर पढाउने, शिक्षा दिने व्यवस्था मिलाएको छ । बालबच्चा बढाउन चाहनेहरुले वैशाख १५ गतेभित्र आवेदन फारम भरिसक्नु पर्नेछ । शिक्षा दिइने बौद्ध विहारहरु राजकीय बुद्व बिहार : लुम्बिनी मुनि बिहार : भक्तपुर…
Read More