विश्व शान्ति दिवसको अवसरमा हरेक वर्ष शान्ति दीप यात्रा गर्दै आएको बौद्ध शैक्षिक प्रतिष्ठानले यस वर्ष पनि स्वयम्भु महाचैत्यदेखि नमो बुद्धसम्म शान्ति दीप यात्रा गरेको छ । स्वयम्भूस्थित महाचैत्यको अमिताभ बुद्धमा २१ थरिको गेडागुडी दान सम्पन्न गरेपछि प्रतिष्ठानका सल्लाहकार रघुबरभक्त मानन्धर र बौद्ध संघ भक्तपुरका अध्यक्ष त्रिरत्न शाक्यबाट अमिताभ बुद्धको दर्शन पश्चात दीप यात्रा शुभारम्भ भएको थियो ।
बौद्ध शैक्षिक प्रतिष्ठानका अध्यक्ष मंगलकृष्ण मानन्धरले प्रत्येक वर्ष विश्व शान्ति विसका अवसरमा विश्व शान्तिको कामना गर्दै स्वयम्भू महाचैत्यदेखि नमोबुद्ध महाचैत्यसम्म दिपयात्रा गरिंदै आएको बताए ।
Share