महाकरुणामय अवलोकितेश्वर महाभिषेक (वाङ्छेन) काठमाडौँको चावहिल, चुच्चेपाटीस्थित हायात ग्राउण्डमा हुने भएको छ । आउँदो असोज २७ गते दिउँसो १२ बजदेखि महाभिषेक हुँदैछ । महाभिषेक ४१ औँ साक्या गोङ्मा ट्रीछेन् रिन्पोछेले प्रदान गर्ने महाभिषेक प्रदान गर्दै हुनुहुन्छ ।
महासिद्ध मैत्रीयोगीको परम्पराको अति दुर्लभ र एक मनुष्यलाई जीवनमा चाहिने सम्पूर्ण उपदेशहरूले सम्पन्न भएको पञ्चदेवको मण्डलवाला महाकरुणामय आर्यावलोकितेश्वरको महाभिषेक (वाङ्छेन ) बौद्ध धर्ममा अत्यन्तै महत्वपूर्ण मानिन्छ । यो दुर्लभ अभिषेक प्राप्त गरी आफ्नो अमूल्य जीवनलाई सार्थक तुल्याउनु श्रद्धालु धर्मावलम्वीहरुलाई आयोजक व्योम कुसुमा बुद्ध धर्म संघले आह्वान गरेको छ । कुसुमा बुद्ध धर्म संघ काठमाडौंको विशालनगरमा रहेको छ ।
कार्यक्रमको तालिका
मितिः २७ असोज २०८०
स्थानः हायात होटल ग्राउन्ड चाबहिल चुच्चेपाटी चोक, काठमाडौं
समयः दिउसो १२ः०० बजेदेखि
थप जानकारीका लागि सम्पर्क नं : 9851229938