४१ औँ साक्या गोङ्मा ट्रीछेन् रिन्पोछे नेपालमा, असोज २७ गते अभिषेक दिने

आउँदो असोज २७ गते अर्थात् १४ अक्टोबर, शनिबार महानगुरू ४१ औँ साक्या गोङ्मा ट्रीछेन् रिन्पोछलेले नेपालमा दुर्लभ महाभिषेक (वाङ्छेन) प्रदान गर्ने कार्यक्रम रहेको छ । ४१ औँ साक्या गोङ्मा ट्रीछेन् रिन्पोछे अभिषेकका लागि आइतवार भारतबाट नेपाल आइसक्नु भएको छ । उहाँले महाकरुणा आर्यअवलोकितेश्वरको महाभिषेक काठमाडौंको चुच्चेपाटी, बौद्धस्थित तारागाउँ म्युजियमको खुलाचौरमा प्रदान गर्दै हुनुहुन्छ । रिन्पोचेले प्रदान गर्ने अभिषेकको बारेमा जानकारी दिन सोमवार आयोजक व्योम कुसुमा बुद्धधर्मसंघले बौद्धस्थित उत्पला क्याफेमा पत्रकार सम्मेलन गरेको छ ।

आयोजकका अनुसार, यो भारतवर्षीय महासिद्ध श्रीमद्मैत्रियोगी (जगन्मित्रानन्द÷मित्रजोगी) परम्पराको असाधारण आर्यअवलोकितेश्वरको महाभिषेक विश्वशान्ति, सद्भाव, भाइचारा र मानवता’का लागि सकारात्मक उर्जा र सद्भाव प्रवाहका लागि गर्न लागिएको हो । यस महाअभिषेकमा नेपालका तराई, पहाड र हिमाल तीनै भेगमा अनुयायीहरुको ठूलो सहभागिता हुँदैछ ।

संसारभरका मानव जातिमा शान्ति, सद्भाव र मानवताको सन्देश प्रवाह गर्ने उद्देश्यले हुन गइरहेको यो महाअभिषेकमा जो कोहीले सहभागी भई पूण्य प्राप्त गर्न आयोजक संस्थाले आग्रह गरेको छ ।

Share

Related posts