भक्तपुरको सुर्यविनायकस्थित बौद्ध दर्शन केन्द्रको आयोजनामा शुक्रवार वज्रकिलाय फुर्पा पूजा गरिएको छ । पूजा श्रद्धेय धर्मगुरू ग्याल्शे टुल्कु रिन्पोछेज्यूको नेतृत्वमा भएको हो । पूजामा विभिन्न जिल्लाबाट काठमाडौँ आई बसोबास गरिरहेकाहरु सहभागि भएका थिए । दुई दिने पूजामा आज आमितायु छेछ्योग पूजा हुँदैछ । आज धर्मगुरु ग्याल्शे रिन्पोछेले आयुअभिषेक समेत प्रदान गर्दै हुनुहुन्छ । पूजामा खेन्पो फुर्व तामाङ र दोर्जे लोपोन थुब्तेन छ्योईडक तामाङ सहित लामा गुरुहरु र लोपोनहरु सहभागि हुनुहुन्छ ।
Read MoreCategory: समाचार
गाईलाई भत्काउन लगाएको एउटा बुद्ध चैत्यको कथा
चैत्य वा स्तुपको विशेषता के हो भने यो ’पजल’ खेलजस्तै हुन्छ। जसरी पजललाई खोलखाल पारेर जोडजाड गर्न मिल्छ, यसलाई पनि मिल्छ। जोड्दा नियम भने यत्ति हो, यसका चारैतिरका फरक भगवानहरू कुन–कुन दिशामा राख्नुपर्ने हो, ठीकठीक ठाउँ राख्नुपर्छ। ३० वर्षअघि यसैगरी पाटन ओमबहालको एउटा चैत्य जीर्णोद्धार भएको थियो। अस्ट्रेलियाका कलाकार एवं वास्तुविद् रोबर्ट पावेलले जीर्णोद्धारका क्रममा उक्त चैत्यको स्केच बनाए। त्यसपछि यो चैत्यको चर्चा विश्वभर फैलियो। यसमा कुदिँएका बुट्टा र कला दक्षतालाई संसारले प्रशंसा गर्दै ’मास्टरपिस’ भन्यो। कतै चैत्यका उदाहरण दिनुपर्दा वा चैत्यका किताब लेखिँदा यो स्केचलाई नछुटाई समेट्न थालियो। संसारले…
Read Moreञिङ्मा झ्याङतेर सम्बन्धी महत्वपूर्ण पुस्तक सार्वजनिक
नेपाल बौद्ध ञिङ्मा झ्याङतेर संघको आयोजनामा मंगलवार ञिङ्मा झ्याङतेर सम्प्रदायको पूजापाठ र संस्कार सम्बन्धी विशेष पुस्तक सार्वजनिक गरिएको छ । भोट भाषामा रहेको उक्त पुस्तकलाई लेखक तथा अनुवादक खेन्पो ङवाङ वोशेरले नेपाली भाषामा अनुवाद गर्नु भएको हो । हिमाली परम्पराका बौद्ध सम्प्रदायमध्ये पुरानो ञिङ्मा परम्परा अन्तर्गतको झ्याङतेर सम्बन्धी नेपाली भाषामा खासै पुस्तकहरु नभइरहेको अवस्थामा खेन्पो ङवाङ वोशेरले अनुवाद गर्नु भएको पूर्व साधना सम्बन्धी यस पुस्तकले महत्वपूर्ण योगदान दिन कार्यक्रमका उपस्थित लामा गुरुहरुको भनाइ थियो । कार्यक्रममा शाकाहारी अभियन्ता आङफुरी शेर्पाले पुस्तकका माध्यमबाट बौद्ध ज्ञान र दर्शन अझ विस्तारित हुने बताउनु…
Read Moreसमथ एवम् विपश्यना ध्यान गर्ने अवसर, विहिवारसम्म नाम दर्ता गर्ने समय
प्रत्येक नेपाली महिनाको पहिलो शनिवार एक दिने समथ एवम् विपश्यना ध्यान अभ्यास गराउँदै आउनु भएका आचार्य लामा कर्मा साङ्बोले अर्को ध्यान शिविर माघ ७ गते शनिवार गर्दै हुनुहुन्छ । ध्यान शिविरमा निशुल्क सहभागि हुने व्यवस्था मिलाइएको छ । यही आयोजना हुने ध्यान शिविरमा सहभागि हुन चाहनेले माघ ५ गतेसम्म नाम दर्ता गरिसक्नु पर्नेछ । ध्यानमार्फत् बौद्ध दर्शन र ज्ञानको समिपमा पुग्न सकिने भएकाले समथ र विपश्यना गराउँदै आएको ध्यानगुरु आचार्य लामा कर्मा साङ्बोको भनाइ छ । ध्यान शिविर कपनमा रहेको होङ्गबान्जी बौद्ध समाजमा हुँदैछ । ध्यान कार्यक्रम विहान ८ बजेदेखि…
Read Moreबौद्ध धर्मावलम्बीले मनाए सम्यक दान पर्व
माघे संक्रान्तीको दिन भक्तपुरमा बौद्ध धर्मालम्बीले आज सम्यक महादान पर्व मनाएका छन् । लिच्छवीकालीन समयमा सुरूभएकाे सम्यक महादान पर्व बौद्ध धर्मावलम्बीले घ्यः चाकु सँल्हु अर्थात् माघे संक्रान्तिका दिन मनाउँछन् । विभिन्न स्वरुपका बुद्ध र विहारका गुरुपुरोहितलाई आआफ्नो मनोकांक्षा पूरा हुने अपेक्षासहित सर्वसाधारणले सम्यक महादान गरेका छन् । भक्तपुरमा सम्यक दानका लागि बिहान सबेरै क्वाठण्डौं प्रसन्नशील महाविहार, साकोथा चतुब्रह्म महाविहार, गोल्मढी मंगल धर्मदीप विहार, इटाछें जयकृति महाविहार (थथुवही) र भार्वाचो बौद्ध समकृत विहारका दीपंकर गरी पाँच दीपंकर बुद्ध एवं प्रसन्नशील महाविहारका क्वाचपाल देवता, सम्यक दान दाताका कूल देवता, थासंद्यो (सुवर्ण चैत्य),…
Read Moreबौद्ध दर्शन केन्द्रले वज्र किलाय फुर्पा र आमितायु छेछ्योग पूजा गर्ने
भक्तपुरको सुर्यविनायकस्थित बौद्ध दर्शन केन्द्रको आयोजनामा वज्रकिलाय फुर्पा र एक दिन आमितायु छेछ्योग पूजा आयोजना गरिने भएको छ । पूजा माघ ६ र ७ गते गरिदैछ । उक्त कार्यक्रममा श्रद्धेय धर्मगुरू ग्याल्शे टुल्कु रिन्पोछेज्यूद्वारा छेवाङ आयुअभिषेक समेत प्रदान गरिदैछ । पूजामा खेन्पो फुर्व तामाङ र दोर्जे लोपोन थुब्तेन छ्योईडक तामाङ सहित लामा गुरुहरु र लोपोनहरु सहभागि हुँदै हुनुहुन्छ । पूजामा सहभागि भई पूण्यलाभ लिन धर्मावलम्वीहरुलाई आयोजक बौद्ध दर्शन केन्द्रले आग्रह गरेको छ । माघ ६ र ७ गते दुई दिन हुने पूजा विहान ७ बजेदेखि सुरु भई अपरान्ह ४ः३० बजे…
Read Moreगुम्बा बनाउने २ रोपनी जग्गा निःशूल्क प्रदान
खिजिदेम्बा गाउँपालिका वडा नं. ९ मा फाप्रे छेर्मादिङ खेच्यन छोकुर छोलिङ गुम्बा पुनः निर्माण गरिने भएको छ । वडा नं. ९ को माथिल्लो भेगमा रहेको यस गुम्बा स्थानीयलाई टाढा पर्ने भएकाले पायक पर्ने स्थानको मध्यनजर गर्दै पुतलेपानीमा पुनः निर्माण गर्न लागिएको हो । गुम्बा पुनः निर्माणका लागि स्थानीय जाङ्मु शेर्पाले २ रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको वडा अध्यक्ष ङावाङफुरी शेर्पाले जानकारी दिए । स्थानीयहरुले धर्मकर्मका कार्यहरु गुम्बामा गर्ने भएकाले, निर्माण भैसकेको गुम्बा धेरै टाढा पर्ने र पानीको समस्या भएकाले साविकको पातले गाविस वडा नं. ३ मा सबैको पायक पर्ने ठाउँमा…
Read Moreताप्लेजुङमा चौथौ वज्रगुरु जप आयोजना हुँदै
फागुन १५, १६ र १७ गते ताप्लेजुङको सुकेटारमा चौथो वज्रगुरु जप कार्यक्रम आयोजना गरिने भएको छ । महायानी बौद्ध धर्मावलम्वीले विश्व शान्ति र सम्पुर्ण प्राणीको हितार्थ वज्र गुरु जप पूजा गर्ने परम्परा रहेको छ । वज्रगुरु जप कार्यक्रम मुल आयोजक समितिले कार्यक्रम सम्बन्धी छलफल र अन्तरक्रिया गर्न पुस ३० गते काठमाडौँको तीनचुलीमा कार्यक्रम राखेको छ । उक्त कार्यक्रममा ताप्लेजुङ जन्मथलो भई काठमाडौंमा बसोबास गरिरहेका उपस्थित हुन आयोजकले आग्रह गरेको छ । वज्रगुरु जप कार्यक्रमको सहजीकरण संस्था वुमकुलुङ शेर्पा किदुक फाउण्डेसन रहेको छ ।
Read Moreध्यान र योग विशेष रेपा कार्यक्रमका लागि आवेदन खुल्ला
श्रद्धेय छोग्याल रिन्पोचेद्वारा संचालन हुदै आएको रेपा कार्यक्रमको तेश्रो भागको लागी आवेदन फारम खुला गरिएको छ । रेपा छोग्याल रिन्पोचेले विकास गर्नु भएको तीन वर्षीय आन्तरिक रुपान्तरण सम्बन्धी विशेष कार्यक्रम हो । यस कार्यक्रम अन्तर्गत करुणा र आध्यात्मिकतामार्फत् आफैलाई चिन्ने लक्ष्य रहेको छ । यस कार्यक्रममार्फत् छोग्याल रिन्पोचेले जीवनशैली, योग अभ्यास, दया, करुणा लगायतका अभ्यास गराउनु हुन्छ । रेपा अभ्यास अनलाइनका साथै व्यक्तिगत र आवासीय शिविरमार्फत पनि गराइदै आएको छ । पहिलो रेपा कार्यक्रम सन् २०२१ मा आयोजना हुँदा ५५ जना सहभागि भएका थिए । त्यस्तै सन् २०२२ मा भएको…
Read More१० औँ ज्ञानमाला सम्मेलनमा भिक्षु तपस्सि धम्म सम्मानित
काभ्रेको बनेपामा भएको १० औं नेपाल राष्ट्रिय ज्ञानमाला सम्मेलनको अवसरमा काठमाडौँको चाबहिलस्थित चारुमती बुद्ध विहारका प्रमुख तथा चारुमती बुद्धिस्ट मिसन नेपालका संस्थापक अध्यक्ष श्रद्धेय भिक्षु तपस्सी धम्म महास्थविरलाई सम्मान गरिएको छ । भिक्षु धम्मलाई प्रबजित भएको ४० वर्ष पुरा भएको अवसरमा सम्मानित गरिएको हो । त्यस्तै भिक्षु धम्मले ९ औँ राष्ट्रिय ज्ञानमाला सम्मेलन सफलतापूर्वक सम्पन्न गराउन गर्नु भएको योगदानका कारण पनि सम्मानित गरिएको हो । सम्मानित भिक्षु धम्मले दोस्रो जन आन्दोलनका जीवित सहिद मुकेश कायस्थको निवासमा पुगि सुख शान्ति निरोगी जीवनको कामनार्थ परित्राण पाठ गरि आशिर्वाद प्रदान गर्नु भयो ।…
Read More