गुम्बा बनाउने २ रोपनी जग्गा निःशूल्क प्रदान

खिजिदेम्बा गाउँपालिका वडा नं. ९ मा फाप्रे छेर्मादिङ खेच्यन छोकुर छोलिङ गुम्बा पुनः निर्माण गरिने भएको छ । वडा नं. ९ को माथिल्लो भेगमा रहेको यस गुम्बा स्थानीयलाई टाढा पर्ने भएकाले पायक पर्ने स्थानको मध्यनजर गर्दै पुतलेपानीमा पुनः निर्माण गर्न लागिएको हो । गुम्बा पुनः निर्माणका लागि स्थानीय जाङ्मु शेर्पाले २ रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको वडा अध्यक्ष ङावाङफुरी शेर्पाले जानकारी दिए । स्थानीयहरुले धर्मकर्मका कार्यहरु गुम्बामा गर्ने भएकाले, निर्माण भैसकेको गुम्बा धेरै टाढा पर्ने र पानीको समस्या भएकाले साविकको पातले गाविस वडा नं. ३ मा सबैको पायक पर्ने ठाउँमा पुःन निर्माण गर्न लागिएको वडाअध्यक्ष शेर्पाले बताए ।

स्थानीय विकास मन्त्रालयबाट २० लाख अनुदान सहित खिजिदेम्बा गाउँपालिकाको ६ लाख बजेबाट निर्माण हुन लागेको गुम्बा निर्माणकोे लागि डिपिआर समेत भैसकेको छ । प्राविधीक नियमनुसार निर्माण गरिने गुम्बाका लागि गाउँपालिका अध्यक्ष गम्बु शेर्पा, स्थानीय सरोकारवाला, बुद्धीजीवी, नागरीकहरुविचको छलफल गरिएको छ । चाडै काम सुरु गरि असार मसान्तसम्म काम सक्ने लक्ष्य रहेको वडा कार्यालयले जनाएको छ ।

Share

Related posts

Leave a Comment